• २० असार २०८१, बिहिबार

शिलान्यास भएको तीन वर्ष बित्दा पनि अस्पताल निर्माण सुरु भएन

blog

सुनवल स्वास्थ्य चौकीको स्तराेन्नति गरी १५ शैयाको अस्पताल निर्माण हुने भनिएको स्थान सुनवल ८ मा रहेको सुनवल स्वास्थ्य चौकी । तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, चैत ५ गते । पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दासमेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।  

२०७६ भदौ ११ गते सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सुनवल स्वास्थ्य चौकीको स्तर उन्नति गरी १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । सुनवल स्वास्थ्य चौकीको स्तराेन्नति गरी १५ शैयाको अस्पताल निर्माणको विषयमा सुनवल नगरपालिकाका तत्कालीन नगरप्रमुखले स्थानीय राजनैतिक विचारका आधारमा अस्पताल निर्माणमा अवरोध गरेको भन्दै सुनवल नगरपालिका वार्ड नम्बर ७ र ८ का स्थानीयवासीले नगरपालिका घेराउ गरेका थिए । 

पहिलो कार्यकालका जनप्रतिनिधिको कार्यकाल सकिएर नयाँ जनप्रतिनिधिको समय आए पनि नगरपालिकाले अस्पताल निर्माणको कामलाई ध्यान नदिँदा सुनवल ८ सिरान टोलमा निर्माणका लागि शिलान्यास गरेको अस्पताल ३ वर्षसम्म पनि निर्माणको काम अलपत्र परेको सुनवल स्वास्थ्य चौकीका अध्यक्षसमेत रहनुभएका नीलकण्ठ गैरे वडा नम्बर ८ का पूर्व अध्यक्ष हुनुहुन्छ ।

स्वास्थ्य चौकीको स्तराेन्नति गरी १५ शैयाको अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट पहिलो चरणको रकम नगरपालिकामा आएको भए पनि नगरपालिकाको कार्यालयले आवश्यक प्रक्रिया अगि नबढाई दिँदा अस्पताल निर्माण अलपत्र परेको हो । 

मुख्य रूपमा सुनवल नगरपालिकाको वार्ड नम्बर ७ र ८ का स्थानीयवासीले सेवा पाउने गरी निर्माण हुन लागेको अस्पतालबाट रुपन्देहीको देवदह, नवलपरासीको रामग्राम नगरपालिकाक बासिन्दालाई पनि अस्पतालले सेवा पुर्‍याउनेछ । 

१५ शैयाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारले निर्माण गरी नगरपालिकाको खातामा ३ करोड २३ लाख रुपियाँ रकम पठाइसकेको अवस्थामा नगरपालिकाले आवश्यक प्रक्रिया अघि नबढाइदिँदा अस्पताल निर्माणकार्य अलपत्र परेको हो ।