जुम्लामा नाट्य कार्यशाला
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जुम्लामा ध्वनि, प्रकाश र निर्देशन र अभिनयसम्बन्धी १५ दिने कार्यशाला सम्पन्न भएको छ । जुम्लाको कसंम नाटकघरमा वैशाख २१ देखि जेठ ४ गतेसम्म आयोजित प्रशिक्षण कार्यशालामा विभिन्न जिल्लाका २२ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गर्नुभयो ।
सुनकोशीको डुङ्गामा सिक्का
दोलालघाटमा पुल बनेपछि सुनकोशी वारपार गर्ने परम्परागत डुङ्गा किनारमा त्यसै फालियो । जुन डुङ्गाले हजारौँ मान्छेका सपना सुनकोशीमा तारेको थियो । कलाकार रवीन्द्र श्रेष्ठले फालिएको डुङ्गा देखेपछि ट्रकमा राखेर काठमाडौँ ल्याउनुभयो । दोलालघाटदेखि राजधानीसम्म डुङ्गा ल्याउँदाको सङ्घर्ष कथा लामै छ । वस्तुको महत्व र तत्कालीन समयको झझल्को दिने गरी डुङ्गामा ८० किलो सिक्का राखिएको छ । कलाकार श्रेष्ठले भन्नुभयो, “नदी तर्न परम्परागत साधन डुङ्गालाई हाल मानिसले बिर्संदै गएका छन् । पछिल्लो पुस्ताले परम्परागत वस्तुको संरक्षण, संवर्धन गर्नु पर्छ भन्ने सन्देश दिन डुङ्गा र पुराना सिक्काको प्रदर्शनी गरेको हुँ ।”
अङ्ग्रेजीमा ‘जनताको छोरो’
पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङको ‘जनताको छोरो’ पुस्तकको अङ्ग्रेजी संस्करण ‘सन अफ द पिपुल’ सार्वजनिक भएको छ । ‘जनताको छोरो’ मा पूर्वप्रधान सेनापतिको आत्मकथा, अनुभव र अनुभूति पढ्न पाइन्छ । पूर्वप्रधान सेनापति गुरुङ, नेपाली सेनाका पूर्वउपरथी ओमबहादुर पुन र व्यवसायी मीनबहादुर गुरुङले संयुक्त रूपमा सो संस्करण सार्वजनिक गर्नुभएको हो । व्यवसायी मीनबहादुर गुरुङले पुस्तकले स्वदेशमै थुप्रै सम्भावना भएको र केही गर्न सकिने सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले जीवनका अनुभूति, अनुभव र आत्मकथालाई पाठकसम्म ल्याएकामा लेखक गुरुङलाई बधाई दिनुभयो ।
दुई कृतिमाथि विमर्श
साहित्यकार वनमाली निराकारका दुई कृतिमाथि धवल पुस्तकालय पाल्पा तानसेनमा छलफल गरिएको छ । साहित्यकार निराकारले लेख्नुभएको लघुकथा सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ र कविता सङ्ग्रह ‘मान्छेका रङहरू’ माथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले वनमाली निराकार कथाकारका रूपमा सुपरिचित नाम भएको बताउनुभयो ।
विवादपछि प्रदर्शनीबाट हटाइयो कलाकृति
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा राखिएको यादवचन्द्र भुर्तेलको ‘पोट्रेट’ कलाकृति विवादमा परेको छ । प्रदर्शनीमा राखिएको चित्रकलामा विवाद आएपछि प्रदर्शनीबाट सो कृति हटाइएको छ । कलाकार भुर्तेलको तामाङ पोसाक र गहना लगाएको महिलाको ‘पोट्रेट’ पेन्टिङ आफ्नो तस्बिरको हुबहु प्रतिलिपि उतारिएको भन्दै फोटोपत्रकार नवीनबाबु गुरुङले दाबी गर्नुभएको छ । फोटोपत्रकार गुरुङले सो सम्बन्धमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलाई पत्र लेखेर सो सम्बन्धमा जानकारीसमेत गराइसक्नुभएको छ ।
कलाशालामा कुरुस
बाह्र जना कलाकारले कुरुसले बुनेर तयार पारिएका हस्तकला सिर्जनाको प्रदर्शनी ‘कुरुस’ सानेपास्थित कलाशालामा भइरहेको छ । क्लासिक ग्यालरीसँगको सहकार्यमा कलाशालाले आयोजना गरेको प्रदर्शनीमा उन, हेम्पलगायतका कच्चा पदार्थबाट बनेका रङ्गीविरङ्गी धागोको प्रयोग गरी कुरुसले बुनेर तयार गरिएका कलात्मक कृति राखिएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ ।
जिगु धरतीः जिगु सर्गको लोकार्पण
कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।
सङ्कटमा ‘पानी रङ’ को मौलिकता
खरले छाएका गाउँले घर, आँगनमा परालको टौवा, झ्यालबाट होस् कि ढोकाबाट उत्तरतिर चिहाउनेबित्तिकै देखिने सफा हिमाल । ३० को दशकबाट पोखरा उपत्यकाको यस्तो भौगोलिक अवस्थिति देश, विदेशमा पुग्यो । त्यस्तो सौन्दर्य फिजाउने माध्यम बनेको थियो पानी रङ । पछि पोखरा नै पानी रङको सहरका रूपमा चिनियो । पोखराको सौन्दर्य र जनजीवनलाई पानी रङले क्यानभासमा उतार्ने सुरुवात कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले गर्नुभएको थियो ।
साकेलामा कम्मर मर्काइ नाँचे सांसद र मेयर
किरात राई समुदायको महान चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपले सम्पन्न भएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को अबसरमा किरात पितृपूजासहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो ।
‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक
लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पुर्याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्तरुपमा उतारिएको छ ।
‘चरिमाई’ कृतिमाथि विमर्श
लेखक अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा वालिङ –६ मिर्दीमा ‘चरिमाईको विमर्श गरिएको हो ।
दुई बिराला (कथा)
मलाइ बिरालो प्रिय लाग्दैनथ्यो । मेरो बाल्यावस्थामा मेरो अग्रज लगायत गाउँलेले समेत बिरालोलाई बोक्सीको सूचना वाहकको रुपमा चित्रित गर्ने गर्थे । बिरालो अपशकुन हुने कुरा उनीहरु बताउँथे । यसकारणले पनि होला बिरालो मेरो मनमा एउटा त्रासदीपूर्ण राक्षसको रुपमा अङ्कित भएको थियो र म्याउ शब्दले द्वेष र घृणा सिर्जना गथ्र्यो र हरेक चोटि म्याउ सुन्ना साथ म झसङ्ग हुन्थें । एक दिन मेरो घरपरिसरमा दुईटा साना बिराला देखियो । ती बिरालाहरु घाइते जस्ता देखिन्थे । रगतको टाटाहरु स्पष्ट देखिन्थ्यो । मलाइ याचनाको भावमा एकटकसँग दुवै बिरालाले हेरेको जस्तो लाग्यो । तिनी
अनुभूतिको सजलतामा उनिएका कविता
विसं २०८० को मध्यतिर कलम प्रकाशन प्रालि काठमाडौँले सार्वजनिक गरेको नवीन शैली र प्रयोगात्मक प्रस्तुतिको काव्य व्यञ्जना हो, ‘त्यसरी त कहिल्यै सोचिएन’ । एक दशकको काव्य यात्रामा कविवर निर्भीकजङ्ग रायमाझीका ५० वटा फुटकर कविताको सङ्ग्रहका रूपमा आएको यो पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड अन्तर्गत मनको ‘आँखीझ्यालमा’ १० वटा बेग्लाबेग्लै लेखाजोखा भएका जीवन चेतनाका आलापहरू छन् । कुनै ती परस्पर खण्डित छन्, कुनै ती सिलसिलेवार गतिले निसृत पनि । अनुभूतिको सजलतामा उनिएका कला गाथा हुन् यी ।
नियात्राको यात्रा
नियात्रा–ना.(सं).१. यात्रानिबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप । २. यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध । (नेपाली बृहत् शब्दकोश, पृष्ठ ६९१, दसौं संस्करण/२०७५ कदाचिन्नारदो योगी परानुग्रहवाञ्छया ।
मैनालीको ‘म’ सार्वजनिक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आत्मवृत्तान्त ‘म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शक्रबार आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र पूर्वकुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएको हो ।
किम्फमा डोरबहादुर
नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन् । उनी मानवशास्त्री र साहित्यकारका रूपमा समेत चर्चित छन् । २१ औँ किम्फमा नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक उनै डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिएको छ ।
मध्यपुरमा लोकेश्वरको खट यात्रा
उपत्यकाका पाटन, काठमाडौँ, नाला र चोभारका मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वर जस्तै मध्यपुर थिमिमा पनि लोकेश्वरको खट यात्रा शताब्दीदेखि हुँदै आएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा लोकेश्वर राखिएको छ । यहाँका लोकेश्वरलाई पद्मपाणि लोकेश्वर भनिन्छ ।
किम्फमा ‘डान्सिङ इन फायर’
नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शन गरिएको छ ।
शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन
ताप्लेजुङका वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। शाक्यको ९२ औँ जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको हो।
नेपाल–भारतबिच प्राज्ञिक सहकार्य
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले विश्वविद्यालयमा अनुसन्धान संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल–भारतका विश्वविद्यालय र त्यहाँका अध्येताबिचको सहकार्य र प्राज्ञिक गतिविधि प्रशंसनीय रहेको चर्चा गर्नुभयो । काठमाडौँमा बुधबार आयोजित ‘शैक्षिक विषयमा सोधको अवधारणा राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ’ सम्बन्धी गोष्ठीमा सहभागीले संवादका माध्यमबाट दुवै देशको प्राज्ञिक उन्नयन गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय कला प्रदर्शनी सुरु, गोरखापत्रका पत्रकार पुरस्कृत
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मङ्लबारबाट सुरु भएको छ । प्रज्ञा–प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका चित्रकला, मूर्ति, हस्तकलालगायत ५२२ कलाकृति राखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रदर्शनी उद्घाटन गर्नुभएको हो । मन्त्री तामाङले यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख ५० हजार रुपियाँ रहेको छ । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
बालबालिकाले देखाए नाटक
रातदिनको पिताको कचकचले घर छोडेर हिँडेकी छोरी केही वर्षपछि घर फर्किन्छिन् । घर फर्कंदा पिताको देहान्त भइसकेको हुन्छ । तिमी किन आयौ फेरि ? हामीलाई छोडेर गएकी थियौ नि होइन ? भन्दै आमाले प्रश्न गर्दा छोरीले पिताको व्यवहारले बस्न नसकी घर छोडेको जवाफ छोरीले दिन्छिन् । अन्त्यमा आमाले भन्छिन्, “त्यस्तो अत्याचारलाई अब छोरीले सहने होइन, विद्रोह गर्न पनि सक्नु पर्छ ।” त्यसपछि नाटक ‘विगतको छाया’ को पर्दा बन्द हुन्छ ।