अमिलो यात्रा
त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।
संवादरहित नाटक ‘गुलाफ’
नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएको छ । मण्डला नाटकघर थापागाउँमा नाटकको वल्र्ड प्रिमियर गरिएको हो । यसपछि यसको युरोपका विभिन्न सहरमा मञ्चन हुने छ । विगत २० वर्षभन्दा बढी समयदेखि रङ्गकर्मीमा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यले कथा बोल्ने छ । यसको अङ्ग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ । नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’ को मञ्च नाटकघरको बिचमा तयार पारिएको छ । मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्ने छन् । ‘गुलाफ’ हेर्न एक सोमा ६४ जनाले मात्र प्रवेश पाउने छन् ।
‘मेघमानव’ सार्वजनिक
सर्जक अर्चितबाबु मर्सिफुलको दोस्रो कृति उपन्यास ‘मेघमानव’ सार्वजनिक भएको छ । नेपाली लेखक सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार डा. धु्रवचन्द्र गौतम, सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठलगायतका स्रष्टाले सो उपन्यासको लोकार्पण गर्नुभएको हो । साहित्यकार धु्रवचन्द्र गौतमले उपन्यास ‘मेघमानव’ मा समेटिएका विषयवस्तुको अध्ययनमा सर्जक अर्चितबाबु मर्सिफुलको कल्पनाशील क्षमताको राम्रो परिचय दिएको बताउँदै आगामी दिनमा पनि यस्तो कल्पना गर्ने सिपलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले साहित्य सिर्जनाका विविध विधामा पोख्त हुन आवश्यक क्षमतामध्ये उपन्यास विधाका लागि सर्जकको कल्पना गर्न सक्ने खुबीले कृतिको स्तर, भाव, सन्देशलाई निक्कै माथि पु¥याउने बताउनुभयो ।
मैनालीका तीन कृति सार्वजनिक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।
क्षणिकी : सङ्क्षिप्त परिचय
क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो । मेरो प्रथम निबन्ध सङ्ग्र
नेपाली आधुनिक गीत : देश, काल र चिन्तन
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
ललितकलामा ‘काठमाडौँ ट्रिएनाले’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । प्रतिष्ठानका तर्फबाट सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनका तर्फबाट निर्देशक सङ्गीता थापाले हस्ताक्षर गर्नुभयो ।
ललितकला र सिद्धार्थ फाउण्डेसनबिच सहकार्यको सहमति
नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ ।
गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला
कुमाउका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
'आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान' प्रा.डा. भण्डारीलाई
६१ वर्षीय प्रगतिवादी साहित्यकार प्रा.डा. जगदीश चन्द्र भण्डारी ‘आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान’ २०७९ द्वारा पुरस्कृत हुनुहुने भएको छ ।
राष्ट्रिय बालनाटक महोत्सव हुने
शैली थिएटरको संयोजकत्वमा काठमाडौँमा १५ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन हुने भएको छ । माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव आठ दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुने छ । महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्यसमूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ । आवेदन पुस ५ देखि २१ सम्म पठाइसक्न आग्रह गरिएको छ ।
विज्ञान र पुस्तान्तरण
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
म आशा रोप्तै छु
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई
रमेश विकल साहित्य प्रतिष्ठानले २०८० को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारीमा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।
भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन
भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।
ट्याक्सी ड्राइभर
ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? कानमा बडो कर्कश रूपमा परे
ओभरकोटको खल्तीमा जुन दिन
कथान्तरका नवजात चोटामा मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
आधुनिकतासँगै अध्यात्म
भौतिक सुविधाको चरमचुलीमा पुगे पनि मानिसमा खुसीको अनुभूति हुन सकेको छैन । धन, सम्पत्ति, मान, सम्मान सबै छ तर खुसी छैन । आज मानिस वास्तविक सुख र खुसीको खोजीमा भौँतारिइरहेको छ । भौतिकता एउटा चरणसम्मका लागि खुसी र सुखको स्रोत बन्यो । तर जीवनपर्यन्त वा लामो समयसम्म यसले मानिसलाई खुसी दिन सकेन । भौतिक सुख र सुविधाको उत्कर्षमा पुगेको आजको समाज यही सुविधाले छिन्नभिन्न भएर एउटै घरभित्रका मानिसमा आत्मीय र भावनात्मक सम्बन्ध स्थापित हुन सकेन । प्रविधिले मानिसलाई केही हदसम्म सुविधा दियो तर सबै खुसी खोसेर लगेको निष्कर्ष मानवशास्त्री तथा समाजशास्त्रीहरूको तर्क रहेको छ । खुसी के मा छ त– पूर्वीय संस्कार र संस्कृतिमा मानिस आफू
कम्युनिस्ट आन्दोलनको वृत्तान्त
केशवप्रसाद बडाल नेपालको कम्युनिस्ट आन्दोलनका पुराना पुस्ताका नेतामध्ये स्थापित हुनुहुन्छ भन्ने त थाहा भएकै कुरा हो तर आफू संलग्न आन्दोलन, पार्टी, कमिटी र बैठकका बारेमा उहाँ संवेदनशील हुनु हुँदोरहेछ भन्ने चाहिँ ‘सिंहावलोकन’ (नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि दसौँ महाधिवेशनसम्म) पुस्तक पढेपछि मात्र खुल्छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलोदेखि दसौँ महाधिवेशनसम्म केन्द्रित रहेर लेखिएको पुस्तकमा अविभाजित कालका तीन वटाबाहेक चौथो महाधिवेशन (२०४६) देखि प्रत्यक्ष संलग्न बडालले तिथिमिति, स्थान, पात्र र घटनाक्रमलाई सिलसिलेवार रूपमा पस्किनुभएको छ, जसबाट इच्छुक पाठक स्वयम्लाई त्यसमा सहभागी भए जस्तो अनुभूति हुन्छ ।
फुटपाथमा मान्द्रो ओढेको जाँतो !
“मेरो निबन्धको विषय वस्तु म आफैँ हुँ” भन्ने मोन्तेनको महावाक्य सुनेपछि मनमा लामै समयदेखि छड्किरहेको भावना, सल्याङबल्याङ गरिरहेको उकुसमुकुस र पन्पी रहेको मनका तरङ्गले केही आकार लिन खोजिरहेको भान हुन्थ्यो । सहर चलायमान बनेको एकातिर थियो भने दिउँसमास हेटौँडा बजारको मूलचोकको फुटपाथमै तमासे बनेको हाम्रो बसाइँ हिँडेको झिटी अर्थात् काठको गह्रुङ्गो र भारी लाग्ने सन्दुक, मानी हल्लिने र हातो फुस्किएको घट्टे ढुङ्गाले चिनेको जाँतो, बुनोट खुकुलिएको मान्द्रो र चलनचल्तीको गलैँचाभन्दा ठुलो पराले सुकुलले बनाइरहेको नोस्टाल्जियामा यो उक्ति यसरी खेल्न थाल्यो कि ४०/४५ वर्षअघिको बसाइँ हिँडेको थातथलोको सबै कुरा मस्तिष्कभरि फनफनी रिङ्न थाल्यो ।
भाषा र ध्वनिको पर्याय चित्रकला
कला अभिव्यक्तिको एक सशक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना र विचारको, कलाले दृश्यद्वारा विचार र भावनालाई सौन्दर्यपूर्ण ढङ्गबाट सहज रूपमा समाजसामु प्रस्तुत गर्छ । कला भावना तथा अभिव्यक्तिको एक सशक्त माध्यम हो । विश्वकला परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, वौद्धिकस्तर र गहन रूपमा रूपाकृति भएको भावमा बुझिन्छ । चित्रकला विश्व भाषा हो । यसलाई बुझ्न र बुझाउन भाषाको आव
यस्तो पनि गुरुदक्षिणा !
‘बोधिसत्व’ कसैको नराम्रो नसोची, सबैको चित्त बुझाई, राम्रो बोधिज्ञान प्राप्त भई बोधिसìव मार्गमा पुग्न सकिन्छ भन्ने कथामा आधारित नाटक हो । मानिसले आफ्नो भोगविलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने कुरा नाटकमा उजागर गर्न खोजिएको छ ।
‘वाणीका बान्की’ प्रकाशित
अङ्ग्रेजी भाषामा रहेका महत्वपूर्ण सूक्तिहरूको पद्यानुवाद गरिएको कवि प्रह्लाद पोख्रेलको कविताकृति ‘वाणीका बान्की’ प्रकाशित भएको छ । छन्दोबद्ध कविताको परिमार्जन र उन्नयनका लागि २०५३ सालदेखि सक्रिय ‘कोकगोष्ठी’ नामक संस्थाले कृति प्रकाशन गरेको हो ।
नाकको सहाराले लेखिएको कविता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज शर्माले अपाङ्गता भएका व्यक्तिमा रहेको प्रतिभा प्रस्फुटन हुने अवसरले समाजको हेर्ने दृष्टिकोण नै बदल्न सक्ने क्षमता राख्ने बताउनुभएको छ। कवि दर्शन केसी ‘साङ्कु’ को कवितासङ्ग्रह ‘दर्शन पोयम कलेक्सन’ लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो।