अमिलो यात्रा
त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।
संवादरहित नाटक ‘गुलाफ’
नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएको छ । मण्डला नाटकघर थापागाउँमा नाटकको वल्र्ड प्रिमियर गरिएको हो । यसपछि यसको युरोपका विभिन्न सहरमा मञ्चन हुने छ । विगत २० वर्षभन्दा बढी समयदेखि रङ्गकर्मीमा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यले कथा बोल्ने छ । यसको अङ्ग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ । नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’ को मञ्च नाटकघरको बिचमा तयार पारिएको छ । मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्ने छन् । ‘गुलाफ’ हेर्न एक सोमा ६४ जनाले मात्र प्रवेश पाउने छन् ।
‘मेघमानव’ सार्वजनिक
सर्जक अर्चितबाबु मर्सिफुलको दोस्रो कृति उपन्यास ‘मेघमानव’ सार्वजनिक भएको छ । नेपाली लेखक सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार डा. धु्रवचन्द्र गौतम, सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठलगायतका स्रष्टाले सो उपन्यासको लोकार्पण गर्नुभएको हो । साहित्यकार धु्रवचन्द्र गौतमले उपन्यास ‘मेघमानव’ मा समेटिएका विषयवस्तुको अध्ययनमा सर्जक अर्चितबाबु मर्सिफुलको कल्पनाशील क्षमताको राम्रो परिचय दिएको बताउँदै आगामी दिनमा पनि यस्तो कल्पना गर्ने सिपलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले साहित्य सिर्जनाका विविध विधामा पोख्त हुन आवश्यक क्षमतामध्ये उपन्यास विधाका लागि सर्जकको कल्पना गर्न सक्ने खुबीले कृतिको स्तर, भाव, सन्देशलाई निक्कै माथि पु¥याउने बताउनुभयो ।
मैनालीका तीन कृति सार्वजनिक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।
क्षणिकी : सङ्क्षिप्त परिचय
क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो । मेरो प्रथम निबन्ध सङ्ग्र
नेपाली आधुनिक गीत : देश, काल र चिन्तन
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
ललितकलामा ‘काठमाडौँ ट्रिएनाले’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । प्रतिष्ठानका तर्फबाट सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनका तर्फबाट निर्देशक सङ्गीता थापाले हस्ताक्षर गर्नुभयो ।
ललितकला र सिद्धार्थ फाउण्डेसनबिच सहकार्यको सहमति
नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ ।
गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला
कुमाउका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।