कविता सङ्ग्रह “लोकमञ्जरी’, लोकनाथ पोखरेल (विसं १९३३–१९४, उदयपुर), प्रकाशक र सम्पादन समूह पोखरेल बन्धु । सङ्ग्रह र रचयिताका भूमिकामा डा. दामोदर पोखरेल, बालकृष्ण पोखरेलप्रभृति आठमहानुभावहरूका समीक्षात्मक टिप्पणी छन् । तेस्रो प्रकाशनको यसमा ३४ फुटकर कविता छन् र यो कविको १२७ औँ जन्मजयन्ती संस्मरण हो ।
यस सङ्ग्रहमा नेपाल भूभागसहित मध्यकालीन पद्यसाहित्यको विकासव्रmम प्रतिविम्बित छ । नेपाल एकीकरणमा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को श्रेय निर्विवाद छ । यसबाट व्रmमिक ढङ्गले नेपाल र नेपालित्वको पहिचान जाग्रत हुँदै गयो । यसमा जनजिब्रा र भाषा पनि एकात्म्य बन्दै गए, दुई चार दिन परका पैदल थलासम्म पैmलिए अर्थात् भाषाको सहज पहिचान भयो । त्यसो त भेक भेक, गौँडा गौँडा, गाउँबस्तीका जनजिब्रामा अन्तर नभएको होइन । लोकनाथ आदिकवि भानुभक्त (विसं १८७१–१९२५) पछिका तर कवि शिरोमणि लेखनाथ पौड्याल (विसं १९४२–२०२३) अघिका रहेछन् । आदिकवि आफ्नो जन्मथलोदेखि काठमाडौँ र चारभन्ज्याङपरि पूर्वी नेपाल पहाडकन्दरातर्पm पैmलिइसकेका थिए । यिनका सरल छन्द र भाकामा लेखिएको रामायण जिब्राले सहज मानी सकेका थिए । एकतरहले छन्दको अभिप्राय लोकभाका र सस्वर गायन हो, एक्लै भट्याइयोस् वा समूहगत । कारण यो मुखाग्रे हुन, पार्न सजिलो र आकर्षक हुन्छ । अतः मध्यकालीन साहित्य विकासमा यसले सहज सघाउ पु¥याएको ठहर्छ । छन्दात्मक रचना (पद्य) कालजयी र दीर्घजीवी हुने यो एक प्रमुख कारण हो ।
गद्य र पद्यमध्ये छन्दमय पद्य विशष्ट हुन्छ । यसमा लय स्वचालित गतिमान हुन्छ । यसलाई मस्तिष्क र जिब्राले चाँडो टिप्छ । अतः यसले प्रसिद्धि र लोकप्रियताहेतु लामो प्रतीक्षा गरी रहँदैन । आदिकवि भानुभक्त आचार्यका रामायण र फुटकर रचना यसैमा पर्छन् । साउँअक्षर चिनेकाले समेत उनलाई सहजै टिपे र रैथाने संस्कृतिमा मिसिए । यसमा लहडीहरू थपिँदै गए । बिहेबटुला वा जग्गेमा बेउली खलकमाझ, मच्ची–मच्ची यिनै सिलोकमार्पmत जुहारी चले । जग्गे झन् रमाइलो र रौसिलो बन्यो र अनिदो रात काट्न सहज तुलियो । त्यसो त बालन, मारुनी नाच पनि अभैmसम्म घरगाउँका संस्कृति हुन् । मारुनी नाचका फड्काले गाउँछन्– “अभैm झिकौँ झिकौँ लाग्छ मारुनीको फन्को... !” पहाड कुनाकाप्चा, डाँडाकाँडा, वनजङ्गलमा घाँसदाउरा गर्न, गाईबाख्रा चराउन, रुखमुनि थरक मार्न वा ढुङ्गामा हँसिया, खुकुरी उद्याउन वा साँध लाउन यस्तै यस्तै श्लोक अभैm गुञ्जिन्छन्, सुसेलिन्छन् । उता गृहिणी नारीविलापमा एकथरी अर्को सिलोक उत्तिकै लोकप्रिय छ । यिनीहरूमा धेरै पछिसम्म बिहे गरेर पराई घर भनेको पुर्पुरोको लेखान्त भन्ने थियो र पश्चात्तापमा मन बुझाउन “छोरीलाई अर्ती’ का सिलोक हालिन्थे– “हरे, के गरौँ छोरीको जन्म पाएँ, अघि नै उठी कर्ममा हारी आएँ...’ आदि । तथापि नारीका रौसिला क्षण र अवसर पनि थिए । यसमा तिज एक हो । अर्कोमा, बेउला अन्भाएको घर हो । यो घरमा नातागोता, छरछिमेक गृहिणी किशोरीपर्यन्त झुरुम्म भेला हुन्छन् र रत्यौली खेल्छन् । यसनिम्ति यी नानाथरी पहिरनमा सिँगारिन्छन् । यिनले बेउलाकै घरमा फेला परेका पुरुषवस्त्रमा आपूmलाई सजाउँछन् र रत्यौली खेल्छन् । रत्यौली मनोरञ्जनको त्यो पाटो हो जसमा मात्र नारीपात्रले भाग लिन्छन् । कथम् कोही पुरुष त्यहाँ पुगिहाले उसलाई “चिबे नकटो’ भनिन्छ र नारीमाझ त्यहाँ टिक्नै दिइन्न । रत्यौलीमा पनि माथि भनेसरह भाखा हाली नाच्ने गाउने गरिन्छ । अझ बेउलाबेउली बनेर जिस्काजिस्की चल्छन् । त्यसैले त्यो कालखण्डमा कोरिएका, लेखिएका भाषाले अर्को भेक वा खण्डमा समेत भाका हाल्न, वाचन गर्न, पढ्न बुझ्न र नाटकीयतामा सहज हुँदै गएको देखिन्छ ।
काशीवास र गङ्गास्नान उतिबेलाको एउटा अर्को परम्परा हो– पहाड, मधेशखण्डबाट पुुग्ने । धार्मिक, सांस्कृतिक ग्रन्थ किन्न, पाउन काशीवास– लेखन, छपाई र प्रकाशनमा काशीवास– शिक्षामा काशीवास– पवित्रगङ्गामा डुबुल्की लाउन काशीवास– अझ तत्कालीन राणाशासकले डाँडा कटाइएका वा यिनबाट उम्किन काशीवास । यसरी काशीवास वा दर्शन सामान्यतया अपरिहार्य थियो । गङ्गामा डुबुल्की लाउनुको फेरि बेग्लै महात्म्य । देवीभागवत् पुराण अनुसार गङ्गानदीलाई भगवान् विष्णुकी तीनमध्ये एक पत्नी मानिन्छ । अतः गङ्गा समागमले पाप पखालिन्छ र पुण्य प्राप्ति हुन्छ भन्ने आख्यान छ–
“परस्त्री दर्शनं पुण्यं स्पर्शं पापनाशनं
चुम्बनं सर्वतीर्थेभ्यो मैथुनं मोक्षदायकः ।’’
(चुम्बनंले गङ्गाजल अचाउनु वा मुखमा पार्नु र मैथुनंले गङ्गानदीमा चोबलिनुु वा डुबुल्की लाउनु भन्ने गूढ अभिप्राय छ ।) तथापि कवि लोकनाथलाई काशीवास जुरेन छ । यसबारे यिनका चौथो पुस्ता (पनाति) आनन्दराजको कथन यस्तो छ– कविका पिताजीमा राणाशासनका भय र आतङ्क थिए, अझ यिनका घरखेतै सर्वस्वमा परेछन् । यसअघि पिताजीका सत्प्रयासले कविले घरैमा धर्मशास्त्र, नीतिशास्त्र, ज्योतिष र संस्कृतविद्या जस्ताबारे ज्ञान पाए ।
लोकनाथका समग्र रचनामा अध्यात्म (प्रेतकल्प), समवेदना (भानुभक्तको सम्झनामा), आध्यात्मिक चिन्तन (प्रेतकल्प), ज्योतिष, पौराणिक सन्देश (मानबहादुरलाई अर्ती), बाल्यकाल आदि लिन सकिन्छ । अर्काथरीमा राणाकालीन उदयपुुर गौँडामा हाकिमहरूको अदलीबदली, छरछिमेक र कुुनै परिचित व्यक्ति विशेषबारे निकै चाखलाग्दा विवरण छन् । आध्यात्मिकतातिर लेखनाथले तरुण–तपसीमा (म खाऊँ मै लाऊँ) भने भैmँ यिनको प्रेतकल्प (३४सौँ पद्य) मा झल्किन्छ ः
“यी मेरा हुन् आफ्ना भनिकन भुलेका जति ।
मरेका बेलामा न त ती सङ्ग जान्छन् अलिकति । ...’
भानुभक्तले सांस्कृतिक, पौराणिक महìवका रचनामार्पmत लोकख्याति पाए । लेखनाथले समसामयिक र स्थानीय परिवेशलाई आफ्ना रचनामा दर्साए भैmँ लोकनाथले पनि उसै गरी झल्काएका छन् । आशुकवि भावमा यी कैले शम्भुप्रसाद ढुङ्गेल र कैले आदिकवि भानु भैmँ देखिन्छन् । भानुभक्तका यस्ता पद्यांश छन्, जस्तै– “लोहा बेची मोल क्या लिनु होला, योग्यै जानी यो उसै दिनु होला...” वा “असल मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलो, कि ता सेता मुला कि त बरु हवस् साग उसको... ।”
“आलुको मगनी’ (२२सौँ पद्य) मा कवि पनि उसै गरी अतिथि छन्, न्यानो सत्कार र आतिथ्य पाउँछन् । अर्कातिर यिनका उन्मुक्त बैँस छन् जब यी साह्रै झिल्के, उत्ताउला र मनभाँडा थिए । उनको बाल्यजीवनले यो झल्काउँछ ः
“कैले यी दुई हात लगी युुवतीको छुन्थ्यौँ दुधैका मुना,
खुसी भै युुवती पनि उसबखत् दिन्थे फुकाई तुना...”
यसपछिका हरफमा त यी झन् उत्ताउला र छाडा भएर नग्नचित्रण दिन्छन् । शास्त्रीय शृङ्गाररसमा यो ‘चौर्यरति’ हो । यस्तै चित्रणमा एक अर्का रसिक कवि (?) पनि लिन सकिन्छ जसले श्री ३ महाराज (जुद्ध शमशेर) लाई यसरी मनोरञ्जन दिएका थिए रे,
“स्वाँ स्वाँ गरी पलङमा छलले निदाई
सुत्नुु भएछ म त चाल् पनि केई नपाई
निर्धक्क चुुम्बन गरेँ, पछि हाँसनु भो
लाजले भुतुक्क म भएँ, अनि कोनि के भो !’
यस्तो सुनेर कामोत्तेजित श्री ३ ले ती ब्राह्मण कवि महाशयलाई सोधे छन्– “अनि के भो त, काठा ?” कवि लोकनाथ त त्योभन्दा बढी झन् नग्नशृङ्गार रसमा डुबुल्की लाउँछन् र बाँकी अनुद्धरित हरफमा चीरहरण दर्साउँछन् अर्थात् छ्याङ्ङ निर्वस्त्र छन् । यति मात्र हैन, यी ठड्यौरे, मापाका र मनमौजीसमेत थिए । यी पद्यमै हाजिरीजबाफी स्वभावका पनि थिए । यस्तै यस्तै उनी कवित्वशक्तिले विशेष पात्र, अमुक व्यक्ति वा आफन्तलाई समेत झम्टन्छन् र शब्दवाण प्रहार गर्छन् ।
हुन त सङ्ग्रहको मौलिक प्रकाशन आगलागीमा परेछ । त्यो कस्तो थियो, ऐले अड्कलसम्म गर्न सकिन्छ । हालको यो सङ्ग्रह र कविको तसबिरसमेत एक जोडजाम संस्मरण हो । यसका प्रकाशनवीरमा पोखरेलप्रभृति दाहाल समूहसमेत छन् । ‘नलीकाण्ड’ मा शब्दवाण ठोसेर पनि दाहालसमेत साहित्य र संस्कृतिको संरक्षणमा अग्रसर भएका छन् । यो नै भाषा, साहित्य र संस्कृतिप्रति एक उच्च सम्मान, महìव, मूूल्याङ्कन र सराहनीय पक्ष हो । यसमा रचयिताले आपूm मात्र होइन, गौरीप्रसाद दाहाललाई समेत अजम्मरी तुल्याएका छन् । हुन त यस कविताले मात्र एकोहोरो निन्दा वा उपहास गरेको छैन, माथि उल्लेख गरे भैmँ तत्कालीन चालचलन, परम्परा, रीतिथिति, संस्कृति, वधूशिक्षा र संस्कार, गार्हथ्य धर्मपालनमा गृह, गृहपरिवेश, गोठाला, खेताला, बहलमान र नोकरचाकर, लैना गाईवस्तु इत्यादि समग्रको व्यवस्थापन र रेखदेखमा एक आदर्श परिकल्पनासमेत गर्दछ । यसै गरी नौलो घरबाट भिœयाइएकी नववधूमा अर्ती उपदेश छ । यसले संयुुक्त परिवारमा सासू–ससुरा, जेठाजू–जेठानी, देवर–नन्दहरूप्रतिको आदर्श व्यवहार र सांस्कारिकता देखाउँछ, जुन उतिबेलाको परिवेश थियो । ‘नलीकाण्ड’ का प्रत्युत्तरमा ‘गंजलालको चिट्ठी’ ले कविलाई घमण्डी र अव्यावहारिक चित्रण गरेको छ तर पनि कवि ‘लोकनाथको जवाफ’ मार्पmत सिँगौरी खेल्न छाड्दैनन् ।
यसरी हेर्दा लोकनाथ एक साहित्यिक आभूषण हुुन् । यिनमा धेरै कविको झलक छ– शम्भुप्रसाद ढुङ्गेल (आशुकवि), धर्मराज थापा (जनकवि), लक्ष्मीप्रसाद देवकोटा (मुनामदन, एक लोकलहरी) । साँचो भन्नै पर्दा एक्लो ‘नलीकाण्ड’ ले उस्तै अमरत्व पाएको छ जस्तो गन्धर्व (गायक) को गीतले, ‘बाबैले सोध्लान् नि खोेइ छोरा भन्लान्...?’
कविका साहित्यमा लोकसिद्धि, विधाविशेषको सहमति र सर्वसम्मति छ । आधुनिकतासँग दाँजिँदा भन्नै पर्छ ऐले कविता गद्यात्मक शैलीमा ढल्केका छन् । यिनको वाचन पनि उसै प्रकारले गरिन्छ । लोकभाकाका कवितामा भने सम्झना गाढिन्छ, रसानुभूतिमा जिब्रो चड्कारिन्छ र यो स्वतः कालजयी बन्छ । भानुभक्त आचार्य वा लेखनाथ पौड्याल यस कारण पनि अजरअमर छन् । लेखनाथका कवितामा ‘सत्य सन्देश’ र यस्ता फुटकर रचना आजसम्म उत्तिकै जीवन्त छन् । यहाँ म २०१८ सालको संस्मरण लिँदै छु जब म त्रिभुवन विश्वविद्यालयको आई ए परीक्षार्थी थिएँ । सौभाग्यवश, मित्रमण्डलीसँग लेखनाथ पौड्यालको साक्षात्कारमा उहाँको निवास पुगेको थिएँ । हाम्रा जिज्ञासामा उहाँका केही उत्तर यसरी आएका थिए, ‘मेरा रचना वेदान्तमा टम्म मिलेका हुन्छन्..., मेरो रुचि अध्यात्ममा छ..., उच्छृङ्खलता मलाई मन पर्दैन... आदि ।’ हाम्रो अर्को प्रश्न थियो, “गुरु, देवकोटा र सममध्ये कसका रचनालाई बढी उत्कृष्ट देख्नु हुन्छ ?” यसमा उहाँको अत्यन्त सहज तथापि मार्मिक प्रतिप्रश्न थियो, “बाबुहरू आपैmँ भन्नोस् त मह गुलियो कि मिस्री ?” फेरि अर्कोमा उहाँको भनाइ थियो, “मेरा कवितामा हलन्ताक्षर विरलै भेटिन्छन् ।” यता ‘लोकमञ्जरी’मा छन्दहेतु अद्र्धाक्षर वा हलन्ताक्षर पर्याप्त उपयोगमा छन् ।
लोकनाथ भावुक कवि थिए भनेर साहित्य र भाषाविद् (स्व) बालकृष्ण पोखरेलको ठहर छ । उनका भनाइमा कवि लोकनाथ शब्दसंयोजक भन्दा अलि पृथक् देखिन्छन् । बालकृष्ण भन्छन्– यी कवि छन्दका पछि कुद्ने र छन्द कँुद्नेतिर लागेनन्, बरु छन्द यिनका पछिपछि कुदे । अर्को पनि गम्भीर चित्रणमा बालकृष्ण भन्छन्, “लोकनाथ प्रगतिवाददेखि अन्य वादमा उत्तिकै साझे छन् । यिनमा हिन्दुस्थानी, युरोपेलीका छनक भेटिन्छ ।” मेरा कलेज सहपाठी (पूूर्वसचिव) स्व. शारदाप्रसाद दाहाल पनि भन्छन्– कुनै विषयवस्तुलाई ग्रहण गरी तत्कालै सरल एवं रोचक ढङ्गमा रूपान्तरित गर्न सक्नु कवि पोखरेलको विशिष्टिता हो । समीक्षामा वेदप्रसाद पोखरेल दाबी गर्छन्– उदयपुरका (मध्यकालीन) साहित्यिक प्रतिभाहरूमध्ये लोकनाथ प्रथमकवि र ‘लोकमञ्जरी’ सर्वप्रथम प्रकाशित कृति हो । मधुपर्क
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                