बेमिसाल नैनीताल
नैनीताल, नैनीताल भनेर धेरै समय अघिदेखि सुनेको हो । लाग्थ्यो, शब्द सुन्दै यति आत्मीय र प्रिय छ भने त्यसलाई नजिकबाट प्रत्यक्ष रूपमा छोएर, छामेर आँखाभरि अजमाउन पाए झन् कस्तो होला ? देशभित्रको माटो हो कि मुलुक बाहिर हो ? घाम झुल्के पारा कसरी पुगिएला ? मनमनै कुरा फत्काएर मगजभरि बगे्रल्ती जिज्ञासा उब्जिएको थियो ।
नाटकमय सहर
अचेल काठमाडौँका नाटकघर भरिभराउ देखिन थालेका छन् । राजधानी सहर भित्रभित्रै नाटकमय बन्दै छ । नाटकघरमा नाटक मात्रै मञ्चन भएका छैनन्, दर्शकको उपस्थिति पनि उत्साहजनक देखिन थालेको छ । थिएटरमा दर्शकको उपस्थितिले नेपाली नाट्यकर्ममा बहार आएको नाट्यकर्मीको अनुभव छ । सबै थिएटरमा नाटक मञ्चन भइरहँदा नाट्यकर्मी उत्साहित छन् ।
किबोर्डले मिलाएको सम्बन्ध
लघुचलचित्र ‘किबोर्ड’ र बालकथासङ्ग्रह ‘स्वर्गमा मोबाइल’ विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच ‘किबोर्ड’ र ‘स्वर्गमा मोबाइल’ विमोचन गरिएको हो । श्रीमान् श्रीमतीबिच हुने मनमुटावले बालबालिकामा आउने समस्याको कथा ‘किबोर्ड’ मा समेटिएको छ; जुन एउटा प्रतीकात्मक कथाका रूपमा सुरु भएको छ । सुरुदेखि अन्त्यसम्म ‘किबोर्ड’ भित्रै कथा रुमलिएको छ । घरपरिवारमा आमाबुवाबिचको असमझदारी र द्वन्द्वले बालबालिकामा कस्तो असर पार्छ भन्ने कुरा पनि लघुचलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा कृष्णभक्त महर्जन, रश्मि भट्ट र बालकलाकार आलोक चौरेलीको मुख्य भूमिका छ । आचार्य गोपालले निर्देशन गर्नुभएको चलचित्र सन्देश आचार्यले निर्माण गर्नुभएको हो । विजयराज आचार्यको कथा रहेको चलचित्रमा टेकेन्द्र नेपालीले सङ्गीत दिनुभएको छ ।
पाश्र्ववर्ती पात्र
समय, घडी–पल या काल यो अनौठो छ । समय व्यतित हुँदै यसका बहुरङ्गी डोबहरू हाम्रो स्मृतिपटमा रङ्गिँदै जान्छन् । त्यो कसरी आयो ? कसरी भयो ? कसरी गयो ? यी यक्षप्रश्नहरू सदा अनुत्तरित छन् । तर एउटा कुरो भने पक्कै हो कि यो रुखो वर्तमानमा विगतमय स्मृतिक्षण सारै मिठा हुन्छन् ।
तीन कलाकारको प्रदर्शनी
आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीले अग्रज कलाकारहरू दुर्गा बराल ‘वात्स्यायन’, यादवचन्द्र भुर्तेल र बुद्धि गुरुङको संयुक्त कला प्रदर्शनी गरेको छ । प्रदर्शनीमा वात्स्यायनका आठ, भुर्तेलका नौ र गुरुङका १३ कला राखिएका छन् ।
समयको द्वन्द्व
‘अब यो दिन पनि आयो !’ उसको मनमा सोचाइ पनि झ्वाट्ट आइपुग्छ, जब विमानस्थलमा आफ्नो हितैषीलाई बिदाइको हात अन्तिम पल्ट हल्लाउँछ । –“म अरू जस्तो होइन, यहीँका लागि जन्मिएको हुँ । जो जहाँ जान चाहे जाऊन्, म यहीँ गर्छु, जे गर्नु छ ।” भन्ने पनि जाँदै छ अब त अन्त्यमा ।
विभेदविरुद्धको आवाज ‘मासिन्या’
थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि मञ्चन हुने नाटक ‘मासिन्या’ तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको नाटकका लेखक राजु स्याङ्तानले बताउनुभएको छ । मण्डलामा मङ्गलबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा लेखक स्याङ्तानसहित अर्का लेखक लक्ष्मी रुम्बा, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, ताम्सालिङ सङ्घर्ष समितिका अध्यक्ष गणेश योञ्जनलगायतको सहभागितामा भएको कार्यक्रममा नाटक समूहले नाटकको रचनादेखि मञ्चन यात्राबारे प्रकाश पारेको थियो । स्याङ्तानका अनुसार झन्डै डेढ दुई वर्षअघि नाटक तयार गरिएको हो ।
कला प्रतियोगिता आयोजना
पौराणिक, धार्मिक कथा बयान गर्ने चित्रकला/मूर्तिकला हेर्ने अवसर बोधिसत्व ग्यालरीले जुराएको छ । ललितपुरस्थित ग्यालरीमा दुई चित्रकलासहित २९ जना कलाकारका २९ वटै चित्र र धातुका मूर्तिमार्फत परम्परागत र धार्मिक महत्वलाई दर्शाएका छन् ।
नपल्टाएका पन्नाहरू
टेलिभिजन रियालिटी सो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता सङ्ग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ । कृति सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताउनुभयो । भारतको सिक्किम राज्यका कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधैँ प्रेरणा प्रदान गरेको बताउनुभयो ।
प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ ।
जाडो बिदामा भायलिन सङ्गीत
युवापुस्तादेखि बालबालिकासम्म भायलिन वादनको लोकप्रियता बढ्दो छ । १६ औँ शताब्दीमा इटालीमा बनेको भायलिन नेपालमा पनि लोकप्रिय वाद्यवादनका रूपमा लिन थालिएको छ । पश्चिममा सङ्गीत पूर्वीय समाजमा भित्रिएपछि त्यसलाई आफ्नै ढङ्गले प्रस्तुत गरिन थालिएको भायलिन नेपाल–भारतमा ‘क्लासिकल’ धुन भरेर बजाउन थालिएको मानिन्छ ।
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरूले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो
चिनियाँ तस्बिर प्रदर्शनी
नेपाल र चीनबिच सांस्कृतिक आदान-प्रदान एवम् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।
तस्बिरमा नृत्य मेला
नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य विधा प्रस्तुत गरेका थिए ।
‘आर्यमञ्जुश्री नामसङ्गीति गाथा’ विमोचन
नामसङ्गीति वाचन गुरु चित्रवीर वज्राचार्यको ज्याःजंकु अर्थात् भीमरथारोहणको अवसरमा ‘आर्यमञ्जुश्री नासंसङ्गीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्रीमित्रको कथा’ पुस्तक विमोचन गरिएको छ । गुरु वज्राचार्यका पाँच सयभन्दा बढी शिष्यसाथ नामसङ्गीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको छ । पुस्तकमा पण्डित बद्रीरत्न वज्राचार्यको स्वयम्भू पुराणको षष्टम् अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसङ्गीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु वज्राचार्यको सङ्क्षिप्त जीवनी समावेश गरिएको छ ।
लोकदोहोरीको तरङ्ग
कुनै बेला ‘खोला पारि निरमाया’, ‘पानको पात’ जस्ता लोकदोहोरीले नेपाली साङ्गीतिक फाँटमा हलचल नै ल्याएको थियो । त्यतिखेर बमबहादुर कार्की र उहाँका सहयोगीले गाउँले दोहोरीलाई सहर भित्र्याउने काम गर्नुभएको थियो । त्यसलगत्तै आएको प्रेमराजा महतको ‘सिमसिमे पानीमा’ ले लोकदोहोरीमा अर्को तरङ्ग ल्यायो । गाउँबस्तीमा सीमित लोक तथा लोकदोहोरीका भाका, लयलाई सहर बजारमार्फत देशभर फैलाउने काममा त्यसअघिका कुमार बस्नेत, पाण्डव सुनुवार, राम थापा, लोकबहादुर क्षेत्री, सावित्री शाह, आदिको उल्लेख्य भूमिका थियो । त्यसैले अहिले पनि सङ्गीतले मान्छेको जीवनशैली परिवर्तन गर्न सक्छ भन्ने चलन हटेको छैन ।
नेपाली कविता/काव्यमा ‘हिमाल’
नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता
‘म को हुँ’ पोखिएको पीडा
रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको ‘म को हुँ’ सार्वजनिक भएको छ । गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । गीतको भिडियोमा कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एकअर्काको हुन नसकेको पीडा गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । रामकुमार केसीको छायाङ्कन, विजेश पौडेलको सम्पादन रहेको छ । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।
रानाथारू भाषा लोप हुने खतरा
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी दुई जिल्लामा बसोबास गर्ने रानाथारू जातिलाई २०७६ मा छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको थियो । छुट्टै जनजातिका रूपमा सूचीकरणपछि जनसङ्ख्याको हिसाबले अल्पसङ्ख्यामा देखिएको राना समुदायको भाषा पनि साँघुरिँदै जान थालेको छ ।
मसानघाटमा मायाप्रेमको चर्चा
मञ्चमा आत्महत्या गरेकी युवती (मलिका महत) को अन्त्येष्टिमा चार पुरुष भेला भएको देखिएका छन् । केटीको शरीर चितामा जलिरहेको छ, यता चार पुरुष कार्ड र पेय पदार्थमा लिप्त छन्, ती पुरुषले केटीको मृत्यु कसरी भयो भन्ने रहस्य पत्ता लगाउने प्रयास गर्छन् । यसरी नै अघि बढ्छ नाटक ‘पगला घोडा’ को कथा । मैदानको उदास वातावरणको बिचमा चार जना पुरुषले बिस्तारै आफ्नै प्रेमकथाको जटिलता प्रकट गर्ने विचार गर्न लाग्छन् । कसरी उनीहरूले सधैँका लागि आफ्नो प्रेम गुमाए भनेर पीडादायी कथा सम्झन्छन् ।
डम्फूको आत्मलापमाथि परिचर्चा
आख्यानकार भक्त स्याङ्तानको आख्यानकृति डम्फूको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।
सम्झनामा गायक वैद्य
‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी वि.सं.२०४२ मा रेकर्ड भएको थियो ।
हिसाब
शनिबार । उसकी श्रीमती र केटाकेटी बजार जान भनेर हिँडे । फर्किन कम्तीमा तीन चार घण्टा लाग्छ । ट्राफिक जामले गर्दा उसको घरदेखि बजार पुग्नै एक घण्टा लाग्छ । फर्किन अर्को एक घण्टा । बजारमा
इतिहास र आख्यानको समन्वय : पुरुष–परीक्षा
पन्धौँ शताब्दीको प्रारम्भमै लेखिएको मैथिली कविकोकिल महाकवि विद्यापतिकृत पुरुष–परीक्षा संस्कृत भाषाको कथासङ्ग्रह मात्र नभई इतिहासको सङ्गालोसमेत हो । उक्त कथासङ्ग्रहको नेपाली संस्करण हालै पाठकसामु आएको छ ।