कथाकार चालिसेको ५७ औं कृति सार्वजनिक
वरिष्ठ कथाकार विजय चालिसेको ५७ औं कृति अभिसप्त रात कथा संग्रह प्रकाशित भएको छ । जापानी कथालाई नेपालीमा अनुवाद गरी उहाँले सो कृति प्रकाशनमा ल्याउनुभएको हो ।
झामरे नाच संरक्षणको पहल
मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका-६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।
त्रिमूर्तिमा १४० औं लेखनाथ जयन्ती सम्पन्न
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभएको छ ।
पुसे पन्ध्र र देउडा सुदूरपश्चिमको पहिचान
सुदूरपश्चिममा मनाइने पर्व पुसे पन्ध्रको अवसरमा आइतबार राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पुसे पन्ध्र पर्व र देउडा गीत सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका सांस्कृतिक पर्वका बारेमा युवा पुस्तालाई जानकारी दिनुपर्ने र प्रवर्धनको आवश्यकता रहेको बताउनुभयो ।
‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न
काठमाडौंको डल्लु आवासमा ‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न भएको छ।
बेइमान समय (कविता)
समय चङ्गा बनेर झुन्डिएको छ हावाले कहिले यता हल्लाउँछ कहिले उता हल्लाउँछ
मान्छे (कविता)
एक दिन मान्छेबारे सोच्दा सोच्दै स्मृतिपटलमा आयो एउटा आदिम मान्छे !
नेपाली संस्कृतिमा घण्टा
नेपालमा घण्टीको धार्मिक महत्व ठुलो छ । हरेक मठ मन्दिरमा घण्टा वा घण्टी देख्न पाइन्छ । साना आकारका घण्टी र ठुलालाई घण्टा भन्ने गरिएको पाइन्छ । मन्दिरमा देवताको पूजा आराधना गर्न जाने भक्तजन त्यहाँ रहेका घण्टीहरु बजाउँछन् । भक्तजनद्वारा नै देवमन्दिरहरुमा घण्टा वा घण्टीहरु स्थापना गरिएका हुन्छन् । घण्टी नबजाई पूजाआजा पूरा हुँदैन भन्ने विश्वास छ । घरका पूजा कोठामा साना घण्टी राखिएका हुन्छन् । साँझ–बिहान पूजा गरेपछि वा साँझबत्ति बालेपछि घण्टी बजाइ
मन्दोदरी र मार्क्सको नदेखिएको पाटो
विसं १९९९ असोज ५ गते महोत्तरी जिल्लाको बिजलपुरामा जन्मनुभएका पोखरेल रामजीप्रसाद उपाध्याय (राप्रउ) को लेखकीय यात्रा ‘कथा’ (पर्वत सामयिक सङ्कलन–२०२५)बाट प्रारम्भ भएको देखिन्छ । त्यसपछि उहाँका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा मात्र सीमित रहन्छन् । एक सिद्धहस्त लेखक, चिन्तक, अनुसन्धाता, प्रखर विद्वान्, समाज, संस्कृति र साहित्यका अध्येता पोखरेल फुटकर रूपमा प्रकाशन भइरहे पनि ठोस कृतिमा आउन निकै समय लागेको देखिन्छ ।