साहित्यकार गैरेको 'मोहोर' विमोचन
कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ ।
प्रा. सुवेदीको जन्मजयन्तीमा विशेष कार्यक्रम : श्रेष्ठ र थापालाई सम्मान
प्रा. राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गर्दै उहाँको सम्झना गरिएको छ।
रहस्य (कथा)
एउटा सानो कुरालाई लिएर पनि उनीहरू विभुको बहिष्कार गर्थे । सम्पूर्ण बहिष्कार । कक्षामा कसैलाई ऊसँग बोल्न दिँदैनथे । साथीहरूले उसको दुःख नबुझिदिएकोमा विभु झन् दुःखी हुन्थ्यो । घरबाट आमाले अर्ती दिएर पठाउँथिन्, “साथीहरूसँग मेल राख्नू । झगडा नगर्नू ।” साथीहरू थिए तर ऊसँग मेल राख्न नखोज्ने । उसलाई सताइरहने । सताउने उपाय उनीहरूको अत्यन्त अनौठो हुन्थ्यो । भन्थे, “विभु, जा आज तँ सजिलो काममा परिस् । भोलि तैँले हाम्रो होमवर्क गरेर ल्याउनू ।” यो पनि कुनै सजिलो काम थियो ? उसले साथीहरूलाई भन्थ्यो, “घरमा आमालाई सघाउनु पर्छ ।” उनीहरूले भने, “तेरी आमा हाम्रो घरमा काम गर्ने त हो । हामीले भनेका छौँ भनेपछि तेरी आमाले पनि गरिदे न त त्यति होमवर्क भन्ने त हो । अनकन नगर । नत्र तँ हामीभन्दा बाहिर हुन्छस् ।”
आकृति (कविता)
म तिम्रो आकृति तस्बिर, कला, प्रतिमामा आए पनि सौन्दर्य र सुवासमय आओस् भन्छु ।
प्रजातान्त्रिक समाजवादको व्याख्याता
नेपाली राजनीतिक आकाशमा निडर र निर्भीक भएर आजीवन सङ्घर्षमै जीवन बिताउने एक नेता हुन्, प्रदीप गिरि । मैले सानैमा सुनेको र पछि विभिन्न अन्तर्वार्तामा पनि प्रत्यक्ष अनुभूत गरेको बौद्धिक, उच्च राजनीतिक चेत भएका र हक्की व्यक्तित्वका रूपमा उहाँलाई पाएँ । उहाँको जस्तो बौद्धिक चिन्तनको मन्थन अन्य विरलै नेताहरूमा पाएको छु, आजपर्यन्त । ‘मैले चिने–जाने–बुझेका प्रदीप गिरि’ स्मृतिग्रन्थमा प्रधान सम्पादक भारती सिलवाल गिरिको प्रदीप गिरिप्रतिको गहिरो मायाप्रेम, निकट भाष्य र सम्बोधन जस्तै तँ, तिमी र ऊ जस्ताबाट भएको पाइन्छ । वास्तवमा करिब ४२ वर्षसम्मको उहाँहरूको दाम्पत्य जीवनलाई ठुलो उपलब्धि नै मान्न सकिन्छ । आफ्ना अन्तरमनका मतभेदहरूसँग जागरुकताका साथ लडिरहने प्रदीप गिरिको आफ्नो भित्री व्यक्तित्वचाहिँ विरोधाभासपूर्ण थियो भने देशविदेशका राजनीतिक पृष्ठभूमिको स्वाध्याय र शैक्षिक ज्ञानले उहाँलाई नेपाली राजनीतिक वृत्तमा
किताबमा भन्सार शुल्क नलिइने : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले किताबमा कर र १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णयलाई मन्त्रीपरिषद्ले फिर्ता लिने निर्णय भइसकेको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले किताब जात्राको छैँटौँ संस्करणको शुक्रबार राजधानीमा शुभारम्भ गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
रहेनन् सुरसाधक गुरुदेव
सुरसाधक गुरुदेव कामतको मिर्गौला रोगका कारण बिहीबार बिहान निधन भएको छ । ६९ वर्षीय सुरसाधक कामतले “काठमाडौँमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलासिस गराउँछु,” भन्दै सामाजिक सञ्जालमा असार २८ गते ‘स्टाटस’ राखेर सिराहा फर्कनुभएको थियो ।
‘पानीपतिया’ माथि बहस
काङमाङ नरेश राईको कृति ‘पानीपतिया’ का सन्दर्भमा राजधानीमा बिहीबार अन्तर्क्रिया गरिएको छ । पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर विषयक अन्तर्क्रियाका वक्ताले गोर्खा भर्ती र त्यसले नेपाली समाजमा विविधखाले सांस्कृतिक तथा सामाजिक प्रभाव पारेको चर्चा गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सो अवसरमा ‘खुवालुङ’ पत्रिका सार्वजनिक गर्नुभयो । राई जातिमा बोलिने भाषाको साझा पत्रिकाका रूपमा ‘खुवालुङ’ प्रकाशन गरिएको जनाइएको छ । राई जातिमा बोलिने २४/२५ भाषामध्ये लेख्य परम्परा रहेका राई भाषाका सामग्री खुवालुङमा प्रकाशन गरिने छ ।
लघुकथा समाजद्वारा पुरस्कार तथा सम्मान घोषणा
लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ।
गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय
नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलिसिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।
रहनुभएन चर्चित सङ्गीतकार गुरुदेव कामत
लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै विवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त हुनु भएको थियो ।
वाम्बुलेले मनाए बाँसुरी दिवस
किराँत राई वाम्बु समुदायले बाँसुरी दिवस मनाएका छन् । वाम्बु राई समुदायले साउन १५ मा बाँसुरी दिवसका रूपमा मनाउने गर्छन् । वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६, हिलेपानी र काठमाडौँको ललितपुरमा वाम्बुले राईले दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरी बाँसुरी दिवस मनाएका छन् ।
साहित्य सन्ध्या पुरस्कार घोषणा
सुनसरीका शिवनारायण पण्डित ‘सिङ्गल’ लाई २०८० सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिने भएको छ । ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ का लागि गठित ‘स्रष्टा चयन समिति’ को साउन १४ गते सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सो समितिद्वारा जारी विज्ञप्ति अनुसार २०८० सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ सोइना दाहाललाई दिइने भएको छ । मासिक रूपमा सञ्चालित साहित्य सन्ध्यामा सहभागी हुनेमध्येका स्रष्टालाई सो पुरस्कार प्रदान गरिँदै आएको जनाइएको छ ।
हामीले आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।
पद्मश्रीमा पाँच कृति छनोट
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच साहित्यिक कृतिको छनोट गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले २०६३ सालदेखि एक आर्थिक वर्षमा प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार चयन समितिको सिफारिस अनुसार प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सो सूचीमध्येबाट उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि एक कृतिको चयन गर्ने छ ।
बाइस पत्रकारको ‘महिला आन्दोलनको सहखोजी’
बाइस महिला पत्रकारले महिलाका विविध पक्ष समेटेर तयार पारेको कृति ‘महिला आन्दोलनको सहखोजी’ मङ्गलबार सार्वजनिक गरिएको छ । दी स्टोरी किचेनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सो पुस्तकमा देशभरका भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, विविध जाति, परम्परा, स्थितिमा रहेका महिलाबारे लेखेर नेपाली महिलाको अवस्थालाई छर्लङ्ङ पारेको बताउनुभयो ।
स्रष्टासँगको भेटघाटमा प्रधानमन्त्री ओली
कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खिर खाने दिनका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घण्टा स्रष्टा-कलाकारलाई समय दिनुभएको छ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ।
साहित्यिक पत्रिकालाई आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छः सांसद पन्त
सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ ।
तीन ग्यालरीमा कला प्रदर्शनी जारी
काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् ।
पुरस्कारका लागि १० कृति छानिए
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छानिएका छन् ।
साहित्यिक प्रकाशन कसले किन बचाउने ?
एउटा बसह थालौँ र निष्कर्ष निकालौँ । नेपालमा साहित्यिक पत्रिका प्रकाशनको इतिहास सङ्ख्याका हिसाबले समृद्ध छ तर ती सबै पत्रिका किन जीवित भएनन् ? यस्ता पत्रिका प्रकाशन गर्ने कसले म यसको प्रकाशन बिचै
सुपा देउरालीदेखि कालेश्वरसम्म
यसैपालिको वसन्त हो, पानी ट्याङ्की युवा समाज बौद्धको आह्वानमा अर्घाखाँचीतिर हान्निएको म, सन्धिखर्कको सुपा देउराली, प्युठानको स्वर्गद्वारी दर्शनकै व्रmममा । काठमाडौँ बर्दघाटको कठिनयात्रा सकेर भोलिप