• २ कात्तिक २०८१, शुक्रबार

विराट् नेपाल भाषा साहित्य सम्मेलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते  । विराट् नेपाल भाषा साहित्य सम्मेलनको ६३ औँ संस्करण सोमबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल भाषा स्नातकोत्तरमा प्रथम हुने नेपाल भाषा केन्द्रीय विभागका विद्यार्थी रामेश्वर श्रेष्ठलाई ‘विराट सुरत्न अवार्ड’ र नेपाल भाषा विषय लिएर एसइईमा सर्वाधिक अङ्क ल्याउने जगतसुन्दर ब्वनेकुथिकी रविना श्रेष्ठलाई नेपाल भाषा पदक प्रदान गरिएको थियो । वरिष्ठ साहित्यकार नर्मदेश्वर प्रधानले श्रेष्ठद्वयलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो । सोही अवसरमा वरिष्ठ साहित्यकार सौरभ शाक्यको ‘आ जि फ्री जुल’ र ‘ह्याउँबाला ३३’ अङ्क विमोचन पनि गरिएको थियो । कार्यव्रmममा साहित्यकार सौरभलाई सम्मान पनि गरियो ।

यसै गरी साहित्य सम्मेलनमा कथा/लघुकथा विधामा विमलप्रभा वज्राचार्य पहिलो, नरेश अमात्य दोस्रो र रिता महर्जन तथा दिव्या वज्राचार्य तेस्रो हुनुभयो । कविता विधामा सविना महर्जन प्रथम, सजना वज्राचार्य द्वितीय र दिलकुमार डङ्गोल तथा जेसिका राई तृतीय स्थानमा रहनुभयो । सो प्रतियोगितामा अमिरमैया रञ्जित, रेणु श्रेष्ठ, तेजकृष्ण श्रेष्ठलगायत ३० साहित्यकारले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।