हिले समाचारदाता
हिले, पुस २ गते । धनकुटाको हिलेमा उच्च क्षमताको शीतभण्डार निर्माण भएको सात वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । कृषिजन्य उत्पादन भण्डारण गरी बेमौसममा बिव्रmी गर्ने उद्देश्यसहित निर्माण गरिएको थियो । निर्माण भएर पनि सञ्चालनमा नआउँदा कृषक र उपभोक्ता दुवै निराश छन् । शीतभण्डार सञ्चालनमा नआउँदा दाताको लगानी बालुवामा पानी जस्तै भएको छ ।
यो शीतभण्डार करिब तीन करोड २९ लाख रुपियाँमा २०७५ सालमै बनेको हो । यस परियोजनामा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यव्रmम र उद्योग वाणिज्य सङ्घ धनकुटा तथा नेपाल अलैँची व्यवसायी महासङ्घ धनकुटाको संयुक्त लगानी रहेको छ ।
अलैँची भण्डारण पहिलो प्राथमिकता रहेको शीतभण्डारण मासुबाहेकका अधिकांश कृषिजन्य वस्तु उचित तापव्रmममा भण्डारण गर्न सकिने उद्योग वाणिञ्य सङ्घ धनकुटाले जनाएको छ । यसको सञ्चालनका सेयरमार्फत गरिने बताइए पनि अहिलेसम्म कुनै प्रव्रिmया अगाडि बढ्न सकेको छैन ।
शीतभण्डारमा राजनीति हाबी भएका कारण यो सञ्चालन हुन नसकेको उद्योग वाणिञ्य सङ्घ धनकुटाका सचिव श्रीराम रायमाझी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कहिले मुद्दा पर्ने, मुद्दाको समयमै टुङ्गो नलाग्ने, सरोकारवाल निकायले चासो नदिने भएकाले करोडौँको लगानीमा बनेको संरचना उपयोगविहीन भएर रहेको छ ।”
जिल्ला प्रशासन कार्यालयले सबै कागजपत्र मगाएपछि उपलब्ध गराएको भए पनि अहिलेसम्म केही निर्णय नदिएको उहाँको भनाइ छ ।
शीतभण्डारमा जेनेरेटर, ह्युमिनिटी फायर, डी ह्युमिनिटी फायरलगायतका अत्याधुनिक प्रविधि जडान गरिए पनि प्रयोग नहुँदा काम नलाग्ने अवस्थामा पुग्न लागेका छन् । उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई शीतभण्डार सञ्चालनका लागि आफूहरूले प्रयत्न गरिरहेको बताउनुहुन्छ । उद्योग वाणिज्य सङ्घ निवर्तमान अध्यक्ष उमेश घिमिरे भने आफूले निर्माण गरिसकेकोले नयाँ कार्यसमितिले यसको सञ्चालनका लागि पहल गर्नुपर्ने बताउदै आउनुभएको छ ।
कुल १५ रोपनी क्षेत्रफलमा फैलिएको शीतभण्डार रहेका पाँच वटा चेम्बरमा दुई लाख केजी वस्तु भण्डारण गर्ने क्षमता रहेको छ । बनेर तयार भएको भण्डार प्रयोगमा नआउँदा कृषिजन्य वस्तु भण्डारण गरी बेमौसममा बिव्रmी गर्छु भन्न नपाएको स्थानीय कृषक मानबहादुर तामाङको गुनासो छ ।