शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २ गते । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु. ७०० सय र त्यति नै परिमाणको चाँदी रु. १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।
मङ्गलबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ८८५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस