• ३० असोज २०८१, बुधबार

कहिले ठडिएला ढलेको सालिक

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज २३ गते । 

साँघुरी बारी नि हौ, यो धारा पानी

गड्तिर्काे हौ हजुर बालुवा

खरो है सुर्ती लेनि बाडुल्की लाग्यो

खानुहोस् हौ हजुर मलुवा

तारादेवीको स्वरमा २०३० को दशकमा निकै चर्चित गीतका रचनाकार हुनुहुन्छ, पुण्यप्रसाद सुवेदी । स्वर्गीय गीतकार सुवेदीको सालिक बेलबारी–३ को खानेपानी टोलको त्रिवेणीमा राखिएको थियो । तथापि त्यो ढालिएको सालिकको अत्तोपत्तो छैन । त्यो सालिक कसले किन ढलाए ? बेलबारीका कोहीसँग जवाफ छैन ।

बेलबारी प्रज्ञा–प्रतिष्ठानले पनि सालिक उठाउने विषयमा चासो देखाएको छैन । प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी भन्नहुन्छ, “सालिक अर्को बनिसकेको छ तर कहाँ थन्किएको छ,” जानकारी छैन । बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीका अनुसार नयाँ सालिक बनिसकेको छ । राख्ने उपयुक्त जग्गा खोजी भइरहेको छ । जग्गा प्राप्त हुनासाथ सालिक ठड्याइन्छ । 

सुवेदीका एक दर्जनभन्दा बढी गीत २०४० को दशकसम्म खुबै चलेका थिए । घुमाईमा घुमाई घुम बन्ने दाइ, शीतलु माथि शीतलु भयो लगायतका लोकगीत आजसम्म पनि कर्णप्रिय गीतमा गनिएका छन् । सुवेदीका धुवाँका चक्काहरू कथासङ्ग्रह, पुण्यप्रसाद सुवेदीका कवितालगायतका कृति नेपाली साहित्यकासमा चर्चित छन् । १९९० मा तेह्रथुमको सावलामा जन्मिनुभएका सुवेदी काठमाडौँको महेन्द्र रत्न कलेजका संस्थापकमध्येका एक हुनुहुन्छ । उहाँको २०४२ साल असोज ६ गते मृत्यु भएको थियो ।