• ६ चैत २०८२, शुक्रबार

लाछिलाई सुदर्शन कपिला पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ६ गते । संस्कृतिविद् तथा नेपाल भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनमा सक्रिय गणेशराम लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’ प्रदान गरिएको छ ।  नेपाल भाषा तथा सांस्कृतिक सङ्घ झी पुचः विराटनगरद्वारा विराटनगरमा आयोजित कार्यक्रममा लाछिलाई दुई लाख रुपियाँसहित उक्त सम्मान प्रदान गरिएको हो । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उहाँकी पत्नी कपिला श्रेष्ठको नाममा स्थापित ‘सुदर्शन–कपिला ट्रस्ट’ मार्फत नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पुरस्कार प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गर्नुभयो । सङ्घका अध्यक्ष शरद श्रेष्ठले नेपाल भाषा, नेवार कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा लाछिको दीर्घकालदेखि योगदानको प्रशंसा गर्नुभयो । यो सम्मान हरेक दुई वर्षमा प्रदान गरिन्छ । यसअघि उक्त सम्मान सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा नेवा खल कास्कीलाई प्रदान गरिएको थियो ।