• २ कात्तिक २०८१, शुक्रबार

मुस्ताङमा कला महोत्सव हुँदै

blog

काठमाडौँ, कात्तिक १ गते । मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव गर्न लागेको आयोजक समितिका ट्रिपल पी गुरुङले जानकारी दिनुभयो । 

मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोमलगायतका स्थानमा यी कार्यव्रmम गरिने छ । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यक्रम गरिने जनाइएको छ ।

यस्तै काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा ‘ट्राभलिङ किम्फ’ गरिने छ । जसमा विभिन्न चलचित्र प्रदर्शन हुन्छ । 

महोत्सवमा थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा व्रmुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गोर ताइवानबाट छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय चित्रकारले सहभागिता जनाउने छन् ।

नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङको सहभागिता हुने छ ।