• ११ पुस २०८१, बिहिबार

‘दिलमायाको चिया दोकान’

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असोज २२ गते । गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ गीत आइतबार सार्वजनिक गरिएको छ । गीत तथा भिडियो साना व्यवसायीको सम्मान तथा ताप्लेजुङका पर्यटकीय स्थलको प्रवर्धन केन्द्रित रहेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भिडियो सार्वजनिक गर्नुभएको हो । 

पाथीभरा क्रिएसन हाउसमार्फत बजारमा ल्याइएको गीतको भिडियो छायाङ्कन थालिएको जनाइएको छ । पाथीभरा क्रिएसन हाउसका प्रोप्राइटर हर्कराज गुरुङका अनुसार गीतमा राजनराज शिवाकाटीको सङ्गीत, मिलन नेवार र वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ । गीतकार भट्टराईले ताप्लेजुङमा कार्यरत रहँदा ताप्लेजुङको शिरैमा सेतो जुहार बोलको गीत लेख्नुभएको थियो । सो गीतको म्युजिक भिडियोसमेत बनाइएको छ । उहाँले ताप्लेजुङको पर्यटकीय स्थल ओलाङ्चुङ्गोलाको सेरोफेरोलाई समेटेर अर्को गीत पनि लेख्नुभएको छ ।