• १९ असोज २०८१, शनिबार

दर्नालको‘माया पनि बिटुलो’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । दलित समुदायले भोग्दै आएको भेदभाव तथा छुवाछुतको समस्याबारे लेखिएको ‘माया पनि बिटुलो’ कृति शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । लेखक एवं पत्रकार सुशील दर्नालको सो कृतिको सभामुख देवराज घिमिरेले सार्वजनिक गर्नुभएको हो ।

दलित समुदायको आर्थिक राजनीतिक अवस्था, समस्या, दलित र गैरदलितबिच हुने अन्तरजातीय विवाहमा निम्तिने समस्याबारे लेखक दर्नालले पुस्तकमा चर्चा गर्नुभएको छ । दलित समुदायभित्र पनि गन्धर्व समुदायको अवस्था, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को कार्यान्वयनको अवस्था, दलित समुदायले पाउँदै आएको आरक्षण, अन्तरजातीय प्रेम सम्बन्ध र जातीयताकै कारण सफल हुन नसकेको पे्रम कथाका बारेमा लेखिएका छन् । 

लेखक सुशील दर्नालले सो पुस्तकमा इतिहास रच्ने दलित नेपाली महिला, संसद्मा दलित प्रतिनिधित्वको अवस्था, निजामती सेवामा दलित महिलाको अवस्था, दलितका लागि समावेशीकरण, अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन, दलित समुदायको अधिकारका लागि युवा सम्मेलन र त्यसले पारेको प्रभाव र दलित समुदायका सांसदसँगको अन्तर्वार्तालाई समावेश गरिएको जानकारी दिनुभयो । पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ दोस्रो पुस्तक हो ।