• ३० असोज २०८१, बुधबार

नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

blog

सम्मान कार्यक्रम। तस्बिरः अमिर मैया रञ्जित

भक्तपुर, असोज २९ गते। ‘जातियात क्वतेलाः राष्ट्रया उत्थान जुइमखु’ (जातिलाई दमन गरेर राष्ट्रको उत्थान हुन सक्दैन) भन्ने नाराकासाथ ६३ वर्षदेखि आजसम्म निरन्तर संचालन गर्दै आएको विराट नेपाल भाषा साहित्य सम्मेलन गःपली, भक्तपुरमा सोमवाः सम्पन्न भएको छ। 

महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा सुलोचना सैंजु जोशी संचालन गर्नुभएको कार्यक्रममा नेपाल भाषा विषय लिएर एसईईमा उत्कृष्ट अंक प्राप्त गर्न सफल जगत सुन्दर ब्वनेकुथिया रबिना श्रेष्ठलाई ‘नेपाल भाषा पदक’ र नेपाल भाषा केन्द्रीय विभागबाट स्नातकोत्तरमा उत्कृष्ट अंक प्राप्त गर्न सफल रामेश्वर श्रेष्ठलाई ‘विराट सुरत्न सिरपाः’ प्रमुख अतिथि वरिष्ठ साहित्यकार नर्मदेश्वर प्रधानले सम्मान पत्र र नगद प्रदान गर्नुभयो। 

नेपाल भाषा, नेपाल भाषा साहित्य र नेवाः अधिकारका निम्ति विभिन्न अवरोधको सामना गर्दै ६३ वर्षदेखि निरन्तर अघि बढ्न सफल भएकोमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिलाई भक्तपुरमा सोमवाः आगामी दिनहरुमा पनि यस्तै निरन्तर रुपमा कार्यक्रम संचालन गर्दै जान सकोस भन्ने शुभकामना पत्र ‘सफू गुथि येँ’ काठमाडौँको तर्फबाट छत्रराज वज्राचार्यले विराट गुथिका अध्यक्ष कर्माचार्यलाई ‘‘भिंतुना पौै’ प्रदान गरेको छ।

यसैगरी साहित्य सम्मेलनमा कथा/लघुकथा विधामा विमलप्रभा वज्राचार्य प्रथम, नरेश अमात्य द्वितिय र रिता महर्जन तथा दिव्या वज्राचार्य तृतीय हुनुभयो। कविता विधामा सविना महर्जन प्रथम, सजना वज्राचार्य द्वितीय र दिलकुमार डङ्गोल तथा जेसिका राई तृतीय स्थानमा रहनुभयो। सो प्रतियोगितामा दुई दर्जन कविले कविता वाचन गरेका थिए।