• २ पुस २०८२, बुधबार

काव्य साँझमा गुन्जिए डा. लम्साल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २ गते । डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफ सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गर्नुभएको थियो । लम्सालले केही काव्यका र केही निजी सन्दर्भ सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो ।  बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलो पटक प्रस्तुत हुनुभएको हो । डा. लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनको याद गरे । ललितपुरको झम्सीखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवासँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।