• ११ असोज २०८१, शुक्रबार

प्रभासको साँझमा सेल्फी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । कवि हेम प्रभासको कवितासङ्ग्रह साँझमा सेल्फीको शुक्रबार सार्वजनिक गरिएको छ । कवि डा. नवराज लम्साल, श्रवण मुकारुङ र कलाकार सरोज खनाललगायतले कृति सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा कवि ठाकुर बेलबासे, सोझो गाउँले, रिमा केसी, शङ्कर तिवारीले कविता वाचन र सङ्गीतकार सन्तोष श्रेष्ठले कविता गायन गर्नुभएको थियो । कलाकार सरोज खनालले कविताको नाट्य प्रस्तुति दिनुभएको थियो । कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरिएको बताउनुभयो । 

कवि डा. नवराज लम्सालले हेमलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको बताउनुभयो । कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कविता साधनामा रहेको त्यसकै प्रतिफलका रूपमा साँझमा सेल्फी पाठकबिच ल्याउन सकिएको बताउनुभयो ।