• ११ असोज २०८१, शुक्रबार

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रदान

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ३ गते । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई एक लाख रुपियाँ राशिको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार शम्भु श्रेष्ठ सो पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा कलाकार गेहेन्द्रमान अमात्य र नेपाल पोस्टका स्तम्भकार रघुनाथ घिमिरेलाई समेत सम्मान गरिएको हो । सम्मान रकम जनही ५० हजार रुपियाँ रहेको छ । 

कार्यक्रममा पत्रकार शम्भु श्रेष्ठले प्राप्त पुरस्कार रकम मिर्गौला रोगपीडित इटहरीका पत्रकार पिबी दियालीलाई दिने घोषणा गर्नुभयो । सो रकममा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट किरण गौतमले थप ५० हजार सहयोग गर्ने जानकारी दिनुभयो । पत्रकार पिबी दियालीको उपचार वीर अस्पतालमा भइरहेको छ । पत्रकार शम्भु श्रेष्ठले अहिलेको राजनीति व्यवस्था ल्याउनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले देवेन्द्र गौतम निर्भीक पत्रकार भएको स्मरण गर्दै सबै पत्रकारले उहाँले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो ।