• ११ असोज २०८१, शुक्रबार

क्यानभासमा मनसुन सौन्दर्य

blog

लेखनाथ समाचारदाता

लेखनाथ, असोज ४ गते । पोखरा आसपासको प्राकृतिक सौन्दर्य चर्चा कला र साहित्यमा प्रशस्तै भएका छन् । त्यसमाथि मनसुनको पोखरा । खेतमा झुलेका धान । त्यहीँबाट देखिने हिमाल । चारैतिर हरियाली । यिनै सौन्दर्य नजिकबाट नियालेका कलाकारका चित्रको प्रदर्शनी बिहीबारदेखि पोखरामा सुरु भएको छ ।

सिर्जनशील कलाकार समूहद्वारा आयोजित मनसुन : चौथो सामूहिक कला प्रदर्शनीको शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले गर्नुभयो । असोज ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ४७ कलाकारका चित्रकला राखिएका छन् । सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङले कलाकारले मनसुनभरि सँगालेका स्मृति र भावनालाई चित्रमा उतारेको बताउनुभयो ।