उपाध्यायलाई षडानन्द राष्ट्रिय पुरस्कार
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । आबाल ब्रह्मचारी षडानन्दको १८९ औँ जयन्ती एवं १६ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित पुरस्कार प्रदान समारोहमा संस्कृतिविद् डा. जगमान गुरुङले एक लाख रुपियाँ राशिको उक्त पुरस्कार उपाध्याय भट्टलाई प्रदान गर्नुभयो । उहाँ पूर्वीय दर्शनका विशिष्ट विद्वान्, तन्त्र र योगशास्त्रका चिन्तक, व्याख्याता तथा साधक हुनुहुन्छ । उपाध्याय भट्टले त्रिभुवन विश्वविद्यालय र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय सेवामा रही चार दशकभन्दा बढी समय पूर्वीय दर्शन, तन्त्रशास्त्र र योगशास्त्रको अध्ययन–अध्यापन तथा साधनामा र
तस्बिरमा बोधिसत्त्वको मञ्चन
गुरुको गलत विवेकले जन्माएको एक हिंस्रक प्राणीको कथा हो नाटक ‘बोधिसत्त्व’। टेकुको कौसी थिएटरमा मञ्चन भइरहेको नाटकले समाजमा भएका राम्रा स्वभाव भएका मानिस पनि परिबन्ध र वचनको सिकारमा कसरी हिंसाको बाटो अवलम्बन गर्न बाध्य हुन्छन् भन्ने कुरा चित्रण गरिएको छ।
सेलो महोत्सवमा कलाकारहरू सम्मानित
तामाङ कलाकार सङ्घद्वारा आयोजित मौलिक सेलो महोत्सवमा कलाकारहरू सम्मानित भएका छन् । राजधानीमा आयोजित दुईदिने मौलिक सेलो महोत्सवमा तामाङ समुदायको मौलिक गीत-सङ्गीतको प्रवर्द्धनमा सक्रिय पत्रकार तथा कलाकार बुद्ध योन्जनलगायतका कलाकारहरू सम्मानित हुनुभएको हो ।
आनन्द निवासमा आत्महत्याको प्रयास ‘काल’
मृत्यु र समय चक्रको विषयमा केन्द्रित नाटक ‘काल’ ले आर्थिक मन्दीको विषय छुँदै मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्न खोजेको छ । काल अर्थात् मृत्यु र समय चक्र । नाटकले यी दुवै पक्षलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीँ न कहीँ आफूलाई पाउँछौँ । आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई केही गर्न नसक्ने ठानेर आत्महत्याको बाटो रोज्छन् तर आत्महत्याको प्रयास कतै सफल हुँदैन ।
‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ कृति लोकार्पित
लेखक तथा साहित्यकार यज्ञराज उपाध्यायद्वारा लिखित ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ नामक कृतिको यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सो कृतिको वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ आज लोकार्पण गर्नुभएको हो ।
साहित्यकार श्रेष्ठ र पत्रकार झा पुरस्कृत
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानबाट शनिबार विराटनगरमा दुई जना स्रष्टा पुरस्कृत हुनुभएको छ ।
जगदीश्वर पोखरेलको १५ कृति एकैसाथ लोकार्पण
कवि एवम् गीतकार जगदीश्वर पोखरेलको १५ वटा कृतिको एकैसाथ लोकार्पण भएको छ । पोखरेलले वर्षौँ साधना गरेर तयार गर्नुभएको विभिन्न १५ कृतिको शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रमबिच लोकार्पण गरिएको हो ।
प्राज्ञ-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो ।
अर्को सेल्टरमा नसरेको भए...
नेपालमा कुनैबेला यस्तो समय पनि थियो, जतिबेला नन्दबहादुर पुनको मृत टाउको लिएर आउनेलाई तत्कालीन सरकारले ३५ लाख रुपियाँ पुरस्कार दिने औपचारिक घोषणा गरेको थियो । टेलिभिजन, रेडियो, पत्रपत्रिका र सार्वजनिक ठाउँमा उहाँको टाउकोको मूल्य किटान गरिएको थियो । त्यसको डेढ दशक नबित्दै नेपालको दोस्रो सर्वोच्च मर्यादा क्रममा रहने उपराष्ट्रपति पदमा उहाँ बहाल हुनुभयो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पुनद्वारा लिखित ‘यात्रा जिन्दगी : जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ यही उथलपुथलकारी यात्राको सजीव र सनसनीपूर्ण साबिती बयान हो ।