आनन्द निवासमा आत्महत्याको प्रयास ‘काल’
मृत्यु र समय चक्रको विषयमा केन्द्रित नाटक ‘काल’ ले आर्थिक मन्दीको विषय छुँदै मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्न खोजेको छ । काल अर्थात् मृत्यु र समय चक्र । नाटकले यी दुवै पक्षलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीँ न कहीँ आफूलाई पाउँछौँ । आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई केही गर्न नसक्ने ठानेर आत्महत्याको बाटो रोज्छन् तर आत्महत्याको प्रयास कतै सफल हुँदैन ।
‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ कृति लोकार्पित
लेखक तथा साहित्यकार यज्ञराज उपाध्यायद्वारा लिखित ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ नामक कृतिको यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सो कृतिको वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ आज लोकार्पण गर्नुभएको हो ।
साहित्यकार श्रेष्ठ र पत्रकार झा पुरस्कृत
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानबाट शनिबार विराटनगरमा दुई जना स्रष्टा पुरस्कृत हुनुभएको छ ।
जगदीश्वर पोखरेलको १५ कृति एकैसाथ लोकार्पण
कवि एवम् गीतकार जगदीश्वर पोखरेलको १५ वटा कृतिको एकैसाथ लोकार्पण भएको छ । पोखरेलले वर्षौँ साधना गरेर तयार गर्नुभएको विभिन्न १५ कृतिको शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रमबिच लोकार्पण गरिएको हो ।
प्राज्ञ-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो ।
अर्को सेल्टरमा नसरेको भए...
नेपालमा कुनैबेला यस्तो समय पनि थियो, जतिबेला नन्दबहादुर पुनको मृत टाउको लिएर आउनेलाई तत्कालीन सरकारले ३५ लाख रुपियाँ पुरस्कार दिने औपचारिक घोषणा गरेको थियो । टेलिभिजन, रेडियो, पत्रपत्रिका र सार्वजनिक ठाउँमा उहाँको टाउकोको मूल्य किटान गरिएको थियो । त्यसको डेढ दशक नबित्दै नेपालको दोस्रो सर्वोच्च मर्यादा क्रममा रहने उपराष्ट्रपति पदमा उहाँ बहाल हुनुभयो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पुनद्वारा लिखित ‘यात्रा जिन्दगी : जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ यही उथलपुथलकारी यात्राको सजीव र सनसनीपूर्ण साबिती बयान हो ।
नेपाली संस्कृतिको प्रचार गर्न आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक अभ्यासमा जीवित रहेको नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोगका लागि आह्वान गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले परापूर्वकालदेखि नै हस्तकलाको संस्कृतिसहित समाजवादमा आधारित जीवन्त अभ्यास भइरहेको नेपाली समाज, परिवेशलाई अब पर्यटन र रोजगारीसँग जोड्नेतर्फ सोच्नुपर्ने बताउनुभएको हो ।
‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा
आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।
सडक नाटकको बढ्दो आकर्षण
रङ्गमञ्चबाहिरको खुला ठाउँमा पनि नाटक गर्न सकिन्छ भन्ने अभ्यास हो, ‘सडक नाटक’ । अहिले उपत्यका मात्र होइन, काठमाडौँबाहिरका विभिन्न प्रदेशमा पनि सडक नाटकको आकर्षण बढ्दो छ । सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन सडक नाटक प्रभावकारी बन्दै गइरहेको छ । अहिले आमनागरिकलाई सडक नाटकले जागृत गराउने काम गरेको छ ।