अन्तर्राष्ट्रिय बालकला मेला सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र जिपी कोइराला फाउन्डेसन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय बालकला मेला सुरु भएको छ । प्रदर्शनीको कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गर्नुभयो ।
पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य पुस्तक विमोचन
इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित नेपाली अनुवाद ‘पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ।
ढाकाका कपडाले पाएनन् बजार
म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालन पोषण गरिरहनु भएको छ । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानि रहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको सम्मान तथा पुरस्कार कार्यक्रम शनिबार
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट हरेक वर्ष समर्पण गरिने सम्मान तथा पुरस्कार २०८० सालमा सम्मानित हुने साहित्यकार र संस्थाहरूको नाम घोषणा गरिएको छ । दैवज्ञ विशिष्ट स्रष्टा सम्मान १०३ वर्षीय काव्यसाधक गोपाल वैद्य ‘किञ्जल्क’ पोखरा, दैवज्ञ साहित्य पुरस्कार वरिष्ठ कवि गोविन्दराज ‘विनोदी’ गैँडाकोट, दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ कवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी, हंसपुर–४, कास्की र दैवज्ञ समाज सेवा पुरस्कार अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
वार्षिक १२ अर्बको हस्तकला निर्यात
नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।
दस कलाकारको चित्रकला
हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड विद्यालयले चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । देशका दस अग्रणी भिजुअल कलाकारले विद्यालय परिसरभित्र हिलिङ जाजरकोट विषयमा केन्द्रित रहेर चित्रकला बनाउनुभएको हो ।
परम्परागत वाद्यवादनमा आकर्षण बढ्दै
युवाको सक्रियता बढेसँगै कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रूपमा बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ। यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खीलगायतका बाजागाजामा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरूलाई भ्याइनभ्याइ हुने बताउनुभयो। कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा पछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीको जन्म भइरहेको छ।
हृदयमा छ तिर्सना कतै
छ दिलकी मुना लजाउँदै प्रणय ऐसमा रजाउँदै कुसुम कुञ्जमा हराउँदै
भेरिएन्ट !
परापूर्व कालदेखि नै वेद, उपनिषद्, जातक र पुराणहरूमा समेत अपूर्व तालले गन्यमान्य महर्षिमा मानिएका सिद्ध पुरुष उनै अगस्ति ऋषि जति खाए पिए पनि नअघाउने हन्तकाली बाजेका रूपमा पनि प्रसिद्ध थिए ।