• १३ साउन २०८१, आइतबार

सुपा देउरालीदेखि कालेश्वरसम्म

blog

यसैपालिको वसन्त हो, पानी ट्याङ्की युवा समाज बौद्धको आह्वानमा अर्घाखाँचीतिर हान्निएको म, सन्धिखर्कको सुपा देउराली, प्युठानको स्वर्गद्वारी दर्शनकै व्रmममा । काठमाडौँ बर्दघाटको कठिनयात्रा सकेर भोलिपल्ट हाम्रो समूह गोरुसिङेतिर लागेको थियो । बैँसको प्रकृति कामुक थियो । जताततै नयाँ पालुवा, उही लालीगुराँस फाटफुट रूपमा देखिएका । गोरुसिङेबाट के उकाली लागेथ्यो गाडी एकतले टिनका छाना, भूकम्पपछिका साना साना घरहरू, कतै घना जङ्गल कतै धुले कतै कालोपत्रे जस्तो लाग्ने खाल्टाखुल्टी मेरा हजुरबाका साना धोती जत्रा सडकबाट निसास्सिँदै सुपा पुगेथ्यो हाम्रो गाडी ।

सुपादेवीको दर्शनपछि झमक्क साँझ ढल्दै थियो भालुवाङबाट रोल्पातिर हान्निँदा । राप्ती भालुवाङ भिङ्ग्री सडकमा त ‘मरे पनि गाडी चढ्दिन’ भन्थे कोही सहयात्री मित्र ।  पटक पटक गाडीले भुइँतिर सम्धीसम्धेलो गर्ने एक, दुई, तीन चोटि हो र वर्षमा दर्जनौँ पल्ट । कति यात्रु स्वर्गद्वारी जान्छु भनी हिँड्छन् फर्केर नआइपुग्दा रहेछन् । “बाटो पनि साह्रै साँघुरो छ है स्वर्गद्वारी जाने,” अर्का मित्रले ठेउल्याउँदै थिए ।

म पनि के कम थिएँ र थपिहाल्थेँ, “हिँडेरै पनि गएको हो पहिले” । सँगैका साथीले थपे, “उहिलेका कुरा खुइले क्या गाडी जान्छ हिजोआज” ।रातको ९ बजे ठ्यास्स गाडी रोकियो भिङ्ग्रीमा । साहुनीहरूको निम्तो “खालि छ हजुर टिकटक होटल, यतै बसौँ बास, भोलि बिहानै आँखा मिच्दै उक्लनु के माथि धाममा, जम्मा १५ किमि जति त छ बाटो ।” बस् थकाइले चुर हामी भिङ्ग्रीको टिकटक होटलमा बास बस्ने निधो ग-यौँ ।

एउटै कोठामा ६ जना, ऊमाथि ऊ, ऊमाथि ऊ जस्तो ओछ्यान त तीन वटा थिए तर के गर्नु बिहान तीन बजे नै गुन्टा कस्ने आदेश छ, बाघ कराएर हैरान, आँखाले घुम ओढ्नै पाएन । दिउँसोको खाजामा चना परेछ, बस् भित्री कोठालाई पनि रातभरिको रोजगारी मिलिहाल्यो त, जिउ लखतरान छ तैपनि नुहाएर तयारी साढे तीनतिरै । पाँच दस मिनेट ढिला भएको भए हाम्रो लामो गाडीलाई पुलिसका आँखा लाग्ने रहेछ, बाटो घुम्ती सानो गाडी लग्नुपर्ने प्रहरीको भनाइ आउँदो रहेछ । सानो गाडी कहाँ खोज्ने ? काठमाडौँबाटै रिजर्भ गएको गाडी आफ्नो छोडेर ।

कम्मर मर्काइ मर्काइ विद्यार्थीले ब्याक पेपर दिए जस्तै गरी सबै घुम्ती ब्याक पेपर दिएर गाडीमाथि पुग्यो पार्कमा । अब त ११ नम्बरको गाडी ठेल्ने हो, सके पनि नसके पनि, ‘सिँढीहरू पन्ध्र सयभन्दा बढी छन् हजुर’ स्थानीय एक व्यक्तिको भनाइ ।

सुस्केरा हाल्दै कठिनतापूर्वक पुगियो स्वर्गद्वारी, दायाँबायाँ डेढ हजारभन्दा बढी सिँढी उक्लँदै, न्वारनदेखिको बल प्रयोग गर्दै बारहरूको आड लिएर । अघि पाण्डवहरू त्यही बाटो भएर स्वर्ग गएका रे । महाभारत पर्वत शृङ्खला प्युठानको अग्लो चुचुरो जहाँबाट हामीले वसन्तको सूर्याेदय हेरिरह्यौँ, हेरिरह्यौँ, थरीथरीका लालीगुराँसले पच्छ्याइरहे हामीलाई ।

यो क्षेत्र मलाई नौलो थिएन तर थप अध्ययन त आवश्यक छ नै । यज्ञस्थलको दर्शनपछि म भने यहाँका विषयमा  खोजबिनतिर लागेँ । महाभारतको पर्वत शृङ्खलामा पर्छ यो । रोल्पा रुम्टी गाउँमा श्रावण शुक्ल एकदशीमा जन्मिएका अनिरुद्ध गौतम जसलाई स्वर्गद्वारी महाप्रभु भनियो उनी यहाँका संस्थापक हुन् । तीन सयभन्दा बढी गाई हाल पनि रहेको यो क्षेत्र निकै मनमोहक छ र हामीले लालीगुराँसको सुगन्ध लिँदै उकाली चढेका थियौँैँ । विसं १९१६ मा जन्मिएका गौतम पछि महाप्रभु भए । जन्मकै बेलामा रातमा आकाशबाट पुष्पवृष्टि भएथ्यो रे उनी जन्मँदै गर्दा । भिक्षुकहरू आई दर्शन गरे रे, चार वर्षकै उमेरदेखि उनी एकान्त बास बसे रे ढुङ्गाका मूर्ति बनाई तपस्वीहरूको प्रार्थनामा लागे रे । १३ वर्षदेखि २५ वर्षसम्मकै उमेरमा जनसम्पर्कबाहिर रहे रे । सप्तऋषिलगायत सनातनी धर्मका अनुयायीहरूले तपोभूमि बनाएको यो डाँडामा उनले आफ्नो आश्रम रचेछन् । पौराणिक कालदेखि अष्टचिरञ्जीवीसमेतले यज्ञ क्षेत्र बनाएको यो स्थानलाई उनले आश्रमस्थल बनाएछन् । साँच्चै यहाँ पुग्दा सूर्य होचिएको डाँडाकाँडा अग्लिएका देखिन्छन्, हाम्रो समूह पनि आश्रमको दर्शन, चरु हवनपछि सामूहिक फोटोतिर लाग्यो, पङ्क्तिकारले यहाँको महìवमाथि प्रकाश पार्दै मित्रहरू अब तल झर्नु पर्छ, स्वर्गमा आउने प्रयास गर्ने हो घरै बनाएर बस्न मिल्दैन भन्दै साथीहरूलाई बस पार्कतिर झार्न अग्रसर भयो । 

गाडी ब्याक गर्दै झर्न धेरै बेर लाग्यो, भिङ्ग्रीमा हाम्रो खाना तयार भइसकेको र खानापछि हामी भालुवाङ हुँदै बर्दघाट बास बस्ने गरी यात्रा तय गरिहाल्यौँ । बर्दघाट पुग्दा रात परिसकेको थियो । साथीहरूको सल्लाह भयो जसोतसो यो सातो लिने बाटो छिचोल्दै गैँडाकोट पुगेर मौलाकालीको दर्शन गर्ने तर केबुलकारको टिकटको व्यवस्था आफैँले गर्ने भनेर । 

राति नै हामीले बर्दघाट डेरा छोड्यौँ उही पहिलेका रुमहरू र बाटो ततायौँ, निकै सकसका साथ गैँडाकोट पुगी केवलकार परिसरतिर हामी अडियौँ । खुला चउरमा गाडी रोकियो र जग्गाधनी भने भाडा माग्न तम्सिए, “वार्षिक ५ लाखमा यो जग्गा भाडामा लिएको हो, तपाईंहरू नआए त हाम्रो व्यवस्था नै राम्रो हुन्न नि,” अब कुरो स्पष्टै भयो, धर्म गर्न पनि खल्ती बलियो हुनै पर्छ ।

परासीको मौलाकालीसमेतको दर्शनपछि लगत्तै अर्को यात्रा तय भयो ललितपुरको दुर्गम क्षेत्र गोटीखेलको वैतरणी र कालेश्वरतिर । लतिपुरको चापागाउँ हुँदै अघि रोडा गिट्टीको राजधानी भनिएको टीकाभैरवस्थललाई पच्छ्याउँदै हामीले ६४ ज्योतिर्लिङ्गका एक शिवस्थल रामेश्वरको दर्शन गर्न भ्याइहाल्यौँँ । प्रभावती नदी र सरस्वती नदीको सङ्गम भैरवको दर्शन अनि सामूहिक फोटो खिचेर हामी लेलेको तिलेश्वर पुग्यौँ र त्यहाँको पूजाआजा सकेर भारदेउतिर लाग्याँै ।

मुस्किलले हामी गोटीखेलको वैतरणी पुग्यौँ र त्यहाँको स्नानपछि हामी महाभारतको पर्वत शृङ्खला देउराली भन्ज्याङतिर उकाली लाग्यौँ कसान्द पर्वत भनिने यसको शिखरसम्म गाडी नजाने भयो, उकाली सकेर हाम्रो गाडी रोकियो देउरालीमा । अब त ‘हिँड्नु पर्छ नि’ साथीहरूको भनाइ आयो । बाटो त एक मान्छे बढीमा कतै दुई मान्छे मात्रै पास हुने खुट्किला साना साना भिरालो कतै सिँढीहरू भ¥याङ जस्ता कतै । तर मनमोहक लालीगुराँसको मज्जा छुट्टै छ यहाँ । सबै जसो साथी लालीगुराँसतिरै झुम्मिए म भने गुराँसको अध्ययनतिर लागेँ । एक्लै गुन्गुनाइरहेँ, मित्रहरू फोटो हान्दै थिए ।

कालेश्वरको डाँडाभरि लालीगुराँसमा भुल्नेहरू धेरै देखिन्थे । पर्वत शिखरबाट उत्तर हिमाली दृश्य र दक्षिण मकवानपुर तराई क्षेत्र बडो मजाले दृश्यावलोकन गर्दागर्दै कुहिरोले ढाकेकाले दृश्यावलोकन अधुरै रह्यो हाम्रो । गर्मी महसुस गरिरहेका हामीले क्षणभरमै जाडो महसुस गर्नुपरेको थियो, यति सहज मौसम छ हाम्रो । अरू देशको जस्तो निरस बालुवा ५५ डिग्रीसेन्टिग्रडको तापव्रmम त्यसमै हाम्रा सङ्गीसाथीहरू भेडा चराउँदै छन् खाडीमा, कमसे कम यो देशमा यति कठोरता कतै छैन । बुझ्नेलाई यो देश श्रीखण्ड नै हो तर सङ्घीयता र लोभतन्त्र रूपी गलगाँडले देशलाई हरिबिजोक गराएको छ, अभैm सपना बाँड्न छोडिएको छैन । पहाड आपैmँ संसारको अग्लो भ्युटावरभन्दा कम छैन, कमिसनको लोभमा कङ्व्रिmटका भ्युटावरहरूले देशलाई हरिबिजोक गराएको छ, व्यापार घाटा र आन्तरिक अनि बाह्य ऋणमा डुबाएको छ । 

कालेश्वर शिवक्षेत्रको रुद्राभिषेक र पूजापछि हामी देउराली झर्न थाल्यौँ । तल फेदीमा वैतरणी, माथि शिखरमा स्वयं यमराज अर्थात् कलस्वरूप यमले शिवजीलाई गुहारेको स्थान कालेश्वरको दर्शनले मानिसमा दुर्घटनाको डर नहुने चर्चा छ पुराणहरूमा । स्कन्द पुराण अनुसार अघि ने मुनिले कलिरूप विरूपाक्षलाई पवित्र पार्दै ६४ ज्योतिर्लिङ्गको दर्शन गराएको प्रसङ्गले नेपालका हाल १० जिल्लाहरूमा ती ज्योतिर्लिङ्गहरू रहेका छन् । पहिलो स्वरूप सिन्धुलीको कुशेश्वर अनि पशुपतिको रुद्रगारेश्वर हुन् ।

वैतरणीघाटमा खाना खाएर हामी अघिकै बाटो पच्छ्याउँदै चापागाउँ अनि काठमाडौँ आइपुग्दा हाम्रा कपडा चिन्न नसक्ने भइसकेका थिए धुलोले अनि झन्डै सास रोकिएको अवस्था थियो । लेलेका केही भाग मात्रै र चापागाउँका केही भाग राम्रो बाटो बाँकी बाटाघाटाहरू दुरुह थिए । धन्न यो देशको लोकतन्त्र, सङ्घीयता र गणतन्त्र त्यता गुडेर नगएकाले देखेको रहेनछ यसले ।  मधुपर्क