• २ माघ २०८१, बुधबार

आकृति (कविता)

blog

म तिम्रो आकृति

तस्बिर, कला, प्रतिमामा 

आए पनि सौन्दर्य

र सुवासमय आओस् भन्छु । 


त्यो तिम्रो ड्रागन सौन्दर्य

फूलको गोली जस्तै

मर्म मर्म ताक्छ । 


विविधा पनि आउँछ मानिस

वस्तु र सिर्जनाकृतिमा

गिट्टीको मेरो हस्तकला

झल्किएको पनि छ

त्यो तिम्रो लालित्यमा ।


तिम्रो परिचायक सौन्दर्याकृति

मात्र हुँदैन

हुन्छन् सभ्यता, संस्कृति, व्यवहारशैली

विशेष रेखाचिह्न र सुवासमय

वैचारिक दृष्टि

विभाको बिदा सौन्दर्य जस्तै ।


यी दुईको मिलन अलि दुर्लभै छ  

रोजाइ तिम्रै हो, भन्छु म 

सौन्दर्य कि सुवास ?