• १६ भदौ २०८१, आइतबार

तीन कृतिलाई फेडोल सम्मान

blog

भक्तपुर, भदौ १६ गते । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन कृतिका लेखकलाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । 

भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरिएको हो ।

प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्नुभएको हो । उहाँले नेपाली साहित्यले समाजको प्रतिविम्बका रूपमा समाजलाई नै अघि बढ्न सहयोग गर्ने बताउनुभयो । सो अवसरमा उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले चर्चा गर्नुभएको थियो । सम्मानित व्यक्तित्वका तर्फबाट अभय श्रेष्ठले नेपाली साहित्यिक कृतिको मूल्याङ्कन र सम्मान गर्ने परिपाटीले साहित्यको विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । सोही अवसरमा साहित्यिक पत्रिका जनमतको भक्तपुर विशेष अङ्क सार्वजनिक गरिएको थियो ।