कलामा प्रतीक वा विम्बहरू हजारांँ वर्षदेखि राजसी ढङ्गले ठाँटबाँटका साथ बसिरहेका देखिन्छन् । समुदायबिच कहिले कला आफैँ विम्बका रूपमा देखा पर्दछ । (चैत्य, स्तूप, प्रतिमा स्वयं बौद्ध धर्मको प्रतीकात्मक विम्ब हो) । चैत्य र स्तूपलाई (वास्तुकला) आज कसैले केही भन्न पर्दैन । बौद्ध धर्मको प्रतीकात्मक विम्बको रूपमा जसकसैले पनि चिन्ने र भन्ने गर्दछन् । विशेष गरेर स्तूपको अगलबगलमा धर्मचव्रmका विभिन्न रूपहरूलाई स्थापित गरिएका हुन्छन् । मूल गेट अनि स्तूपको मुनि फेदको भागमा दुई मृगको बिचमा राखिने धर्मचव्रmको त अझ एक अलग अर्थ र मतलव छ । धर्म–चव्रm बौद्ध धर्मको यस्तो एउटै मात्रै प्रतीकात्मक विम्ब हो जसले बुद्धिस्ट ल को प्रतिनिधित्व गर्दछ । भगवान् बुद्धले पहिलो पटक सारनाथको जङ्गलमा उपदेश दिँदा यो प्रतीकात्मक विम्बलाई बुद्धिस्ट ल को रूपमा स्थापित गरेका थिए । गोलाकारको यो विम्बलाई लाइट अफ नलेजको प्रतीकात्मक विम्बका रूपमा सोलार सिम्बोलका रूपमा पनि बनाउने प्रचलन विश्वभर छ । पूर्वी एसियामा चव्रmको विम्बलाई मूर्ति र शिलालेखका लागि शृङ्गार गर्ने महìवपूर्ण विम्बका रूपमा प्रयोग हुने गरेको पाइएको छ । पहिलो पटक सिन्धु घाँटीको सभ्यता उत्खनन भएपछि चव्रmको महìव र अर्थलाई आधिकारिक रूपमा भन्न थालिएको हो । यसपछिका दिनहरूमा यी प्रतीकात्मक विम्बको चर्चा विश्वभर फैलिएको हो ।
कहिले चाहिँ कलाभित्रै पनि समुदायका लागि अलग्गै थप विम्बहरू सिर्जना हुने गर्दछ । विम्बभित्र अर्को विम्ब, यसभित्र पनि अर्को विम्ब जन्मदै जानु पनि विम्ब र प्रतीकहरूको निजी स्वभाव हो । कमलको फूलमाथि नै देवी लक्ष्मीलाई उभ्याउनु पर्ने कमलको फूल चाहिँ अर्को प्रकारको प्रतीकात्मक विम्ब हो । रौद्ररूपमा बन्ने गरेको भैरवले बोक्ने गरेकोे धारिलो खड्गले (आयुध) अर्कै प्रकारको विम्बलाई प्रतिनिधित्व गरिरहेको हुन्छ । यसलाई मान्छे वा जनावरलाई काट्ने भनेर होइन रिस, राग, द्वेष आदिलाई काट्नलाई कल्पना गरिएको प्रतीकात्मक विम्ब हो भनी वर्णण गर्ने गरिन्छ । नेपाली परम्परागत थाङ्का र पौभा चित्रहरूमा यस्ता यस्तै पचासौँ आयुधहरूको कल्पना गरिएका छन् । यसैमा किसिम किसिमका आसन अनि हस्तमुद्रालाई समेत जोड्दा त यस्ता अनिगन्ती विम्ब प्रयोग भएको देख्न सकिन्छ । यस्ता विम्ब कैयौँ डेकोरेटिभ फर्ममा अनि कुनै चाहिँ गहिरो अर्थ, आसयका साथ बनेका देखिन्छन् ।
हिजोआज
गहन अर्थ बोकेर आएका यी दुई, तीन वटा अलग अलग विम्ब अनि यसका प्रव्रिmया चाहिँ समुदायकै अगलबगलमा देखिनु यसको निजी स्वभाव नै हो । अलि पछिल्लो कालमा आएर चाहिँ कलामा निश्चित विम्ब र प्रतीक फरक ढङ्गबाट परिभाषित भइआएको देखिन्छ । प्यारोडी र व्यङ्ग्य अनि कतै सवाल र मुद्दाहरूका प्रतीकका रूपमा पनि प्रयोग गर्न थालेका छन् । कतै मौलिकता र परम्परा, पहिचानलाई देखाउन पनि आजका कलाकारहरूले यसलाई पुनव्र्याख्याका साथ अर्को प्रतीकात्मक विम्बका रूपमा प्रयोग गरेको आजको कलामा देख्न सकिन्छ । जहाँ शैक्षिक, उपदेशात्मक सन्देश, व्यक्तिगत अवधारणा र विचारलाई सम्प्रेषण गर्न यस्ता विम्ब प्रयोग भएको देखिन्छन् । शिक्षा वा स्वास्थ्यका सन्देशलाई प्रभावपूर्ण रूपमा ग्राहक, प्रयोगकर्ता, ग्रहणकर्ता, उपभोक्तामा पु¥याउन अनेक विम्ब सिर्जना हुने गरेको पाइएको छ । कलाकारहरू जति स्वतन्त्र बन्दै गए प्रयोगात्मक कलाको गति तेज भयो । कलामा सिर्जनशीलताले उग्र रूप लियो । त्यति नै मात्रमा यस्ता प्रतीक र विम्बहरू अनेकौँ रूप र स्वरूपमा बन्ने गरेको पाइएको छ । कलाकारले समाजलाई हेर्ने दृष्टिकोण, फरक पर्न थालेपछि कलाकार आफैँले अनेकौँ विम्बलाई जन्म दिएका छन् । कहिले थिमको रूपमा, कहिले सवाल र मुद्दाका रूपमा निश्चित विम्बहरू बन्नु बनाउनु यसैको चरम उत्कर्ष हो ।
थोरै समयका लागि बनेका विम्ब
मानवको दिनचर्याभित्र लुकेर बसेका यस्ता कलागत प्रतीक र विम्बहरू फेरि अलिक अलग्गै प्रकारको हो । जुन चाहिँ सस्कृति, संस्कारमा आबद्ध भएका हुन्छन् । शास्त्रीय विधि–विधान, कर्मकाण्ड, चाडवाड जात्रा आदिमा प्रतीकात्मक विम्बहरू केही चाहिँ स्थायी रूपमा अनि केही चाहिँ अस्थायी रूपमा देखा पर्ने गर्दछ । सबैभन्दा रमाइलो पक्ष चाहिँ यसको अस्थायी रूप हो । जुन चाहिँ थोरै समयका लागि सिर्जना हुन्छन् एक क्षणका लागि प्रभावकारी भूमिका खेल्छन् । यसपछि भौतिक रूपमा यसको अस्तित्व सकिन्छ, मात्र हाम्रो मानसपटलमा यसका प्रभावहरूलाई अभिलेखन हुने, गर्ने काम हुने गर्दछ । अहिले विश्व कला वजारमा उत्तरआधुनिक कलामा देखा परेको यो इन्स्टलेसन कलाको परिकल्पना हाम्रा पुर्खाले उहिले नै लगाइसकेका रहेछन् भन्ने थाहा लाग्छ ।
यस्ता अनगन्ती पूजाआज गर्ने प्रचलन छ । उदाहरणका लागि अष्ठचिरञ्जीवी वा रुद्री–पूजाको सानो सन्दर्भ जोडौँ । जहाँ अनेकानेक देवी देवतालाई कुनै अर्कै वस्तुले थोरै समयका लागि विम्बका रूपमा सिर्जना गर्ने गरिन्छ, यसलाई भगवान आह्वान गर्ने भनिन्छ । यसबेला बोलाइएका देवीदेवताहरू साक्षत् रूपमा प्रकट हुन्छन् भन्ने विश्वास र जनआस्था छ । अनि कार्यव्रmम सकिइसकेपछि यसलाई नियमबद्ध रूपमै विधिवत् बिदा गर्ने गरी भत्काउने प्रचलन छ । भुइँमा षटकोण बनाउनेदेखि लिएर, कुशको प्रयोग अनि अधिकांश अमूर्त वस्तुलाई विम्ब बनाइएका हुन्छन् । विम्बका पनि विम्ब बनेका यस्ता देवीदेवता केही क्षण आउँछन् अनि पछि आआफ्ना वासस्थानमा जान्छन् भन्ने जनविश्वास छ । यी आदि इत्यादि देवीदेवताका प्रतीकात्मक विम्बहरू नै हुन् । एकक्षणका लागि बनेका यस्ता विम्ब जजमानको पूर्ण आस्था, भक्तिसमेत रहेको हुन्छ । यो विम्बको पनि अर्को प्रतीकात्मक विम्ब हो । पूजापाठ गर्दा कलाका कैयौँ प्रतीकात्मक विम्बहरू अर्थ बोकेर संस्कारको प्रव्रिmयामा बस्दा यसको मानक उच्च स्तरमा हुने गर्दछ अनि यसमाथिको आम समुदायको आस्था अझ बलियो भएर देखा पर्छ । यसर्थ पनि कलाको इतिहासमा यसको भौतिक स्वरूप अनि प्रव्रिmया स्पष्ट रूपमा देखा पर्ने गरेको छ । धार्मिक वा राजनीतिक, सामाजिक, इतिहासमा यस्ता पचासौंँ उदाहरण लिपिबद्ध गरिएका छन् । साहित्यको गद्य, पद्यमा चाहिँ भाषासँग खेल्ने हुनाले शब्दलाई नै प्रतीकात्मक विम्ब बनाएर प्रयोग गर्ने प्रचलन छ ।
अझ रमाइलो कुरा त सामाजिक रूपमा विकास भएका उखानको टुक्कामा, लोक गाथामा वा विशेष गरेर सामाजिक रूपमा मान्यतागत कथनहरूमा (जस्तै बिरालोले बाटो काट्दा नराम्रो हुन्छ) रहेका यस्ता पशुपन्छीलाई प्रतीकात्मक विम्बका रूपमा लिइ अनेकौँ कलाको निर्माण भएको इतिहास छ । समाजका कुनै रीतिरिवाजका लागि नभएर मूलतः आफ्नै भाव–अभिव्यञ्जनाका लागि पनि कलाकारहरूले यस्ता विम्बहरूलाई किसिम किसिमका संयोजन गरी चित्रहरू बनाइएको देखिन्छ । एक कलाविद् कागलाई (जुन समाजमा मृत्युको प्रतिमा रहेको भन्ने गरिन्छ) चित्रपटको मुख्य विषय बनाएर अनेकौँ कालखण्डमा बनाइएको अनेकौँ चित्रको बयान गरेका छन् । यस्तै आखाँको, ऐनाको, क्यान्डलको, म्युजिकल इन्स्ट्रुमेन्टको, सूर्य, चन्द्रमा वा जनवारको अनेकौँ प्रतीक अनेक अर्थको साथ कलाकारले प्रयोग गरेका छन् । यसको आफ्नै एक अलग इतिहास छ । यस्ता प्रयोग प्रचलन यस्तो रूपमा बढेर गयो कि अहिले बन्ने गरेको कुनै पनि चित्रमा यस्ता प्रतीकात्मक विम्बहरूलाई समेटिएकै हुन्छ ।
प्रतीक र विम्बको गहिराइ
भावकलाई जत्ति मात्रामा चित्रमा प्रयोग भएको कमलको फूलको चित्रणको अर्थ स्पष्ट हुन्छ । थाहा हुन्छ अर्थात् ज्ञान हुन्छ । यो परिकल्पना कसको मथिङ्गलमा कहाँबाट आयो थाहा लाग्छ, कुन कलाकारले कसरी यो परिकल्पनालाई सादृश्य बनायो । यसबारे जब उनको शिल्प दक्षताको मूल्याङ्कन हुन्छ । यी सबको बारेमा जति जान्न सकियो त्यत्ति नै यो चित्रको, महìव यसको गहनता, यसको सामाजिक, आर्थिक मूल्य–मान्यता उत्कर्षमा रहेको थाहा लाग्छ । धर्मका यी देवीमाथि अझ भक्ति भाव बढ्ने, भगवान् समेतलाई स्पष्ट बुझ्ने प्रव्रिmया रहन्छ । अनि यो कलामा रहेका वास्तविक एस्थेटिक्सको (सौन्दर्यताको) नजिक पुगेको हामीलाई आभास हुन्छ । यही एस्थेटिक्स जजमेन्टको संस्कार बस्न सक्यो भने मानव, समाज अनि राष्ट्र स्वयं पनि अब्बल दर्जामा रहेको यसले प्रत्याभूति दिन्छ ।
शब्दकोशको व्याख्या
नेपाली बृहत् शब्दकोशका अनुसार प्रतीक– भनेको समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै वस्तुको कल्पना गरी प्रतिविम्बका रूपमा राखिएको वस्तु वा चिनु हो । अन्य कुनै वस्तुको भावनात्मकता वा प्रतिनिधित्वका रूपमा व्यवहार चलाइने कुनै अर्को पदार्थ, चिह्नः लक्षण निसाना, चित्र, मूर्ति, प्रतिमूर्ति प्रतिमा आदि पनि हो । कुनै एउटा मन्त्र, श्लोक वाक्य आदिको पूरा अर्थबोध गराउन राखिएको कुनै अर्को पद अक्षर आदि पनि हो । विम्ब भनेको चाहिँ ऐना हो । पानी आदिमा देखिने छायाँका रूप, छायामण्डल, प्रतिविम्ब, प्रतिमूर्ति प्रतिमा, कुनै कुराको आभास वा झलक हो ।
धेरै ठाउँमा यसको अर्थ र परिभाषा अलग अलग ढङ्गले भएको पनि देखिन्छ । जस्तै अर्के शब्दकोशमा चाहिँ मार्क क्यारेक्टरका रूपमा यसलाई परिभाषित गरिएको छ । अनि यसले वस्तु, कार्य र प्रव्रिmयालाई समान रूपले प्रतिनिधित्व गर्छ भनिएको छ । यो एउटा यस्तो वस्तुका रूपमा आफूलाई उभ्याउँछ जसले मटेरियलाइज्ड वस्तुको लागि अमूर्त जस्तो देखिने वस्तुको रूपमा देखा पर्दछ ।
यसैलाई अझ सजिलो गरी बुझ्न अर्को कथन आएको छ जसले भन्छ, यो प्रतीक सजिलै पहिचान गर्न सकिने ठोस (सोलिड) वस्तुका रूपमा देखा पर्दछ जनावर, रुखपात आदि यसका रूपहरू हुन् । जुन चाहिँ केका लागि पनि भनिन्छ भने जुन कुरा भन्न अन्य कुनै वस्तु यसो हुन वा गर्न सक्षम भइरहेको थिएन । अर्को अझ गहन पक्ष भनेको कला आफैँमा अभिव्यक्त गर्ने यस्तो माध्यम हो जुन साधारण शब्दले बयान गर्न सक्दैन । प्रतीकका रूपमा कला एउटा सोलिड, सजिलै पहिचान हुन सक्ने वस्तुका रूपमा जस्तो कि जनावर, प्लान्ट वा अन्य वस्तुहरू मूर्ति वा चित्रमै पनि सहजै देखाउन सकिन्न । यसका लागि यस्तै विशेष प्रकारको प्रतीक र विम्बको सिर्जना गरिन्छ ।
ऐतिहासिक आरोह अवरोह
पाषण युगदेखि आफ्नो एक अलग्ग अस्तित्व बोक्दै आएका यी कलागत विम्बहरू आजको दिनसम्म पनि अनेकौँ ढङ्गबाट सिर्जना भइरहेका छन् । गुफा युगमा गुफाका भित्तामा कारकुरमा बनेका साधारण रेखाचित्रहरू यस बखत सिकारको सहयोगका लागि प्रतीकात्मक–विम्ब थियो । सन्देश पठाउने खास अभिप्रायले जनवारका चित्रहरू कोरिन्थ्यो । जसलाई अर्को व्यक्तिले बुझी सँगै मिलेर सिकार खेल्न जान्थे । यसबेला यो कलामा प्रतीकात्मक विम्ब समूहको वलका रूपमा देखा परेको थियो । यसबेला यो विम्बलाई बोल नफुटेका मान्छेका लागि (यसबेला भाषा थिएन ।
मान्छे पनि मान्छे जस्तो भइसकेका थिएनन् । एक प्रकारको जनवार जस्तो) भाषा र सञ्चारका अन्य कुनै माध्यम नहँुदा यही कलागत विम्बहरू शक्तिशाली सञ्चारका माध्यम थिए । आफूबिच मिलेर बलियो हुने योजनाको बलियो आधार बनेको यो प्रतीकात्मक विम्ब आज पनि कलाविद्हरू अनेकौँ कोणबाट यसलाई व्याख्या विश्लेषण गर्ने गर्छन् । यसै बेला दह्रो किसिमबाट प्रतीकात्मक विम्ब बोकेका भित्तेचित्रहरू पछि आफैँ अक्षरमा परिणत भएपछि पनि साहित्यमा अर्कै प्रकारले विम्ब नै बोकेर आएको देखिन्छ ।
एक जना अमूक विद्वान्ले उठाएको प्रसङ्ग हेरौँ न, उनी भन्छन् कलामा कुन आइटमले कसरी प्रतीकको प्रतिनिधित्व गर्दछ ? प्रतीक वस्तुको (सब्जेक्ट) रूपमा वा व्रिmयाको (एक्सन) वा वस्तु वा व्रिmयामाथि रहेको प्याट्रनमा वा रङमा रेखामा कहाँ हुन्छ ? यसलाई कसरी हेर्ने हो ? सम्भवतः यसको उत्तर कहीँ, कोहीसँग छैन । यो दुविधा हुँदा हँुदै पनि कलाविद्हरूले कला आफैँको वा आफूभित्र निहित रहेको प्रतीक र विम्बहरूलाई आआफ्नै ढङ्गले उत्खनन गर्ने काम भने छोडेका छैनन् ।
समयसँगै परिवर्तन भइरहने कलाको शैली, प्रवृत्तिहरू कहिलेकाहीँ बिनाअर्थ पनि परिवर्तन भइरहन्छन् । विषयवस्तुदेखि रङ वा रेखाहरू पनि परिवर्तन भइरहन्छन् । यस बेला चाहिँ यी विषयवस्तु वा यसका प्रव्रिmया रङ र रेखा कुनै पनि प्रतीकात्मक विम्बका रूपमा देखा परेका होइनन् । थाहा पाएर नपाएर वा गुरुका आज्ञा पालन गर्न यस्ता रङहरू प्रयोग पनि गरिएका हुन्छन् । रूपहरू अनि मोटिफहरू पनि राखिएका हुन्छन् । जसलाई अलि गहिरेर बुझ्न खोजियो भने कहिलेकाँही कलाकार आफैँसँग यसको उत्तर हुँदैन । ऊ मात्र अनुसरण गरिरहेको हुन्छ । यस्तो बेलामा प्रयोग भएका यी रूप, रङहरू निश्चय पनि प्रतीकात्मक विम्ब होइनन् । यसर्थ पनि कलामा प्रतीकात्मक विम्बको सीमा, परिभाषालाई खोट्याउन स्वाभावतः गाह्रो कुरा हो । हरेक जस्तो कलाकारका आआफ्नै विशेषता अनि दर्शनका पछाडि पनि यसलाई कलात्मक बनाउने तौरतरिका अलग अलग हुने गर्दछ । आजको दिनमा त हामीमा यसलाई केलाउने चेत आएको छैन भने त्यसबेला त यसतर्फ कसैको ध्यान कसरी जान्छ र ? यस्ता पुराना चित्र वा मूर्ति थोरै आइकोनोग्राफीका कुराबाहेक अरू केही कुरा हुन नसकेको पनि सत्य नै हो । यी आदि कुराले गर्दा पनि प्रतीक र विम्बलाई अलग्याउन थोरै अन्योल सिर्जना गर्ने गरेको छ ।
कलामा अन्तर्निहित सदृश्य–भाषा
कलामा सदृश्य–भाषा हुन्छ । भिजुयल भनेको आँखाले प्रत्यक्ष पढ्ने भाषा हो तर शब्दले भने झैँ यसलाई व्याख्या गर्न सकिँदैन । यसको प्रकृति भनेको आमभावकले सीधै महसुस गर्ने हुन्छ । मनमस्तिष्कले कलाको अर्थ, आशय अनि प्रभावलाई भावकले तत्क्षण आत्मसात् गर्दछन् । बाह्य चक्षु, मन, मस्तिष्कको समन्वयतात्मक भूमिकाले कलाको गुण अवगुणलाई ग्रहण गर्छ । अनि भावक आनन्द विभोर हुन्छन् वा पीडालाई महसुस गर्छन् वा रोमाञ्चित हुन्छन् । सीधा अर्थमा भन्ने हो भनेदेखि प्रतीक र विम्बले मानवको भित्री भागलाई कोट्याउँदा यसो भएको हो । तैपनि खोजीको विषय चाहिँ छँदै छ । यसो हुनु यहाँ कुनै न कुनै प्रतीकको भूमिका हुन्छ त ? सायद चित्त बुझ्ने गरी भन्न यसको उत्तर कहीँकतै छैन । कुनै विम्ब अनि प्रतीकलाई (सम्भवतः कुनै सब्जेक्ट माथि अब्जेक्टको उपस्थिति अनि एक्सन मिलेर कथा बन्ने प्रव्रिmयामा रहन्छ) ...? कथामा बुनेर सम्झँदा भावक आनन्दित हुनु, दर्दको महसुस हुनु शाश्वत सत्य हो । यो प्रव्रिmयामा कहीँ न कहीँ विम्बको भूमिका त हुन्छ नै । कलामा प्रतीक वा बिम्ब बन्न सकेन भने कथा पनि बन्न सक्दैन । कथा नभएपछि भावकले कसरी यसको प्रभावलाई ग्रहण गर्छ त ? जसले गर्दा कुनै पनि कलालाई पढ्न, बुझ्न भावकले आफ्नै कलामाथिको समझलाई (आर्टिस्टिक अन्डरस्टाडिङ) बाहिर ल्याउँछ, अनि बाहिर चक्षुले भनिदिए अनुसार उनले कलालाई अर्थ लगाउने हुन्छ । यसैलाई अलि सजिलो पार्न सम्भवतः देखिने गरी कलाका प्रतीक र विम्बहरूको प्रचलन तीव्र रूपमा विकास भयो ।
मल्ल वरिष्ठ कला समीक्षक तथा आधुनिक कलाकार हुन् । मधुपर्क