• ११ पुस २०८१, बिहिबार

नेपालको स्विट्जरल्यान्ड ‘जिरी’

blog

लोक सेवा, शिक्षक सेवालगायतका अन्य निजामती तथा सरकारी सेवाको तयारीका लागि अध्ययन गरिने पुस्तक सामान्य ज्ञानमा एउटा प्रश्न सोधिन्छ, त्यो हो नेपालको स्विट्जरल्यान्ड भनेर कुन ठाउँलाई चिनिन्छ ? यसको उत्तर हो दोलखा जिल्लाको जिरी । कुनै समय विदेशी पर्यटकले खचाखच हुने जिरी अहिले निकै शान्त छ । यहाँ विदेशी पर्यटक आक्कलझुक्कल र फाट्टफुट्ट मात्र देखिन्छन् । एक दशकअघि त्यहाँ पुगेका जोकोही नेपाली यतिबेला त्यहाँ भेटिए भने सोध्ने गर्छन्, “उहिले पर्यटक लोभ्याउने जिरीको त्यो यौवन अहिले सकिएकै हो त ?” कुनै बेला पर्यटकको चापले थामी नसक्ने जिरीका होटेलमा अहिले लगभग विदेशी अनुहार देख्नै पाइँदैन । विदेशी अनुहारको सिला खोज्नुपर्ने जिरीमा स्वदेशी पर्यटक पनि औँलामै गन्न सकिने मात्रै भेटिन्छन् ।

कुनै बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर जाने मुख्य प्रवेशद्वार नै जिरी थियो । काठमाडौँ–लुक्ला (सगरमाथा) सिधा हवाई उडान सुरु भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको क्षेत्रीय होटेल सङ्घ दोलखाका अध्यक्ष सुन्दर कार्की बताउनुहुन्छ । उतिबेला जिरी आएका पर्यटक छ दिनको पैदल दुरीमा सगरमाथा आधार शिविर पुग्ने गरेको उहाँले सुनाउनुभयो । लामो बाटो हिँडेर हिमाल आरोहण गर्ने भन्दा सिधै लुक्ला पुग्न सकिने हवाईजहाज रामेछापको मन्थली विमानस्थलबाट सञ्चालन हुन थालेकाले पर्यटकले सजिलो बाटो प्रयोग गर्न थाले । यसैका कारण ‘नेपालको स्विट्जरल्यान्ड’ मा पर्यटकको खडेरी पर्न थाल्यो ।

दोलखामा पर्यटन प्रवर्धनका लागि विभिन्न सङ्घ संस्था सव्रिmय छन् । क्षेत्रीय होटेल सङ्घ, दोलखा पर्यटन समाजलगायतले आआफ्नै हिसाबले काम अगाडि बढाइरहेका छन् तर जिल्लाको पर्यटन विकासमा यी कुनै पनि संस्थाले एकआपसमा सहकार्य गर्दैनन् । धेरै सम्भावना बोकेको भए पनि अन्य विषयमै दोलखाका राजनीतिक दल, सामाजिक सङ्घ संस्थाको ध्यान केन्द्रित हुँदा र प्रभावकारी योजना नबन्दा यहाँको पर्यटन क्षेत्र पछाडि परेको स्थानीय बासिन्दाको बुझाइ छ ।

पन्ध्र वर्षदेखि विमानस्थल बन्द

जिरीमा रहेको एक मात्र विमानस्थल झन्डै १५ वर्षदेखि बन्द छ । विमानस्थलमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सामानसहितको विमानमा आगो लगाइदिएपछि विमानस्थलमा उडान भएको छैन । पहिले  दैनिक तीन÷चार वटा हवाईजहाजले यहाँ उडान भर्ने गर्थे । विमानस्थल बन्द भए पनि पर्यटकका लागि आवश्यक पूर्वाधार र प्रचारप्रसार नहुँदा पर्यटक भिœयाउन यहाँ कठिन भएको छ । विमानस्थल सञ्चालनका विषयमा छलफल भए पनि त्यसबारे कुनै टुङ्गो लाग्न सकेको छैन ।

धार्मिक पर्यटनको सम्भावना 

जिरीका विभिन्न स्थानमा अहिले सात वटा गुम्बा बनिरहेका छन् । ती गुम्बा बनिसकेपछि बौद्ध धर्मावलम्बीको आकर्षण बढ्ने र पर्यटन आवागमन बढ्ने अपेक्षा गर्न सकिन्छ । नयाँ पर्यटन रुटको खोजी गरेर त्यसको प्रचारप्रसार गर्ने हो भने फेरि जिरीमा पर्यटक आगमन बढाउन सकिने छ । जिरीका स्थानीय जिरेल जातिको संस्कृति तथा स्थानीय उत्पादनको प्रचारमा जोड दिने हो भने पनि पर्यटक भिœयाउन समस्या नहुने होटल सङ्घका अध्यक्ष कार्की बताउनुहुन्छ ।

जिरी–काठमाडौँबाट सडकमार्गबाटै जाँदा पनि १८८ किलोमिटरको दुरीमा छ । यहाँको हवाई मैदान सञ्चालनमा आउने हो भने आन्तरिक एवं बाह्य पर्यटक भिœयाउन कुनै कठिनाइ हुँदैन । सगरमाथाको प्रवेशद्वार जिरीलाई पुरानै अवस्थामा फर्काउन स्थानीय पूर्वाधारको विकासमा पनि जोड दिन जरुरी छ । स्थानीय खाना, संस्कृति र पर्यावरणको प्रचार गरेर जिरीमा पर्याप्त पर्यटक तान्न सकिन्छ । जिरीमा पाइने चिज, छुर्पी, चिया, चौँरीको घिउ तथा काठका कलात्मक सामान त झन् यहाँ आउनेका लागि निकै लोभलाग्दा र आकर्षक उपहार तथा चिनो नै भइहाले ।

जिरी उपत्यकाको भौगोलिक अवस्था 

सदरमुकाम चरीकोटबाट ५६ किलोमिटर पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो । समुद्री सतहबाट एक हजार ९५१ मिटरको उचाइमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई ‘नेपालको स्विट्जरल्यान्ड’ पनि भन्ने गरिन्छ । ‘नेपालको स्विट्जरल्यान्ड’ को पहिचान बनाएको जिरी पुग्न सदरमुकाम चरीकोटबाट दुई घण्टाको यात्रा तय गर्नु पर्छ । काठमाडौँबाट १८४ किलोमिटरको यात्रापछि पुगिने जिरीमा सीमान्तकृत जिरेलहरूको बसोबास रहेको छ । एक हजार ९०५ मिटरको उचाइमा रहेको जिरी उपत्यका सन् १९३८ सालमा स्विस सरकारले पक्की सडक पु¥याएको थियो । जिरीमा जिरेल जातिको मात्र बसोबास रहेको सिव्रmीलाई होमस्टे (घरबास) बनाउन होमस्टेको पूर्वाधार तयारी र पटक पटक छलफल तथा अन्तव्रिर्mया गरिए पनि पर्यटकको अभावमा यो कार्यले भने जस्तो सफलता हात पर्न सकेको छैन । उतिबेला जिरीमा पर्यटकको आगमन बढ्दै गएपछि जिरी बजारमा रहेका होटेलले पर्यटकको चाप थेग्न नसक्ने र गाउँवासीलाई पनि व्यवसायी बनाउनका लागि यो अवधारणा ल्याएका थिए । सिव्रmीमा होमस्टेका लागि विभिन्न टोलीले स्थलगत अध्ययन पनि गरेका थिए । पाहुनालाई घरायसी वातावरणमा बस्नका लागि एक घरमा चार जनासम्म बस्न मिल्ने गरी सिव्रmीका २५ घरमा होमस्टे बनाउने योजना थियो । स्विट्जरल्यान्डको जुरिच सहरका रूपमा जिरीलाई चिनिन्छ । उतिबेला सगरमाथा आरोहणमा वा त्यसतर्फ जाने पैदलयात्री जिरी हुँदै जाने गर्दथे भने विदेशी पर्यटक रोल्वालिङ क्षेत्र घुम्न सिँगटी हुँदै जाने गर्दथे । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमाल तथा दोलखा र रामेछापका अधिकांश गाउँ देखिने र चेर्दुङ महादेवको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । 

दोलखा भीमसेन

सदरमुकाम चरीकोटबाट चार किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किराँतकालमा नै भएको अनुमान छ । देशमा सङ्कट आउनुपूर्व भीमेश्वरको मूर्तिमा सङ्केतका रूपमा पसिना आउने गर्दछ । पौराणिककालमा दोलखा सहरमा पाण्डवहरू गुप्तबास बसेको र सो गुप्तबास बस्दाको समयमा प्रयोग गरिएको साङ्केतिक भाषा नै हाल दोलखाली नेवारले बोल्ने नेवार भाषा हो भन्ने किंवदन्ती रहेको छ । सो मन्दिरमा नित्यपूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैते दसँै, बडादशैँ इत्यादिमा मेला लाग्ने गर्दछ ।

कालिञ्चोक भगवती

सदरमुकाम चरीकोटबाट करिब १५ किमी उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिञ्चोक गाउँपालिकामा अवस्थित यो मन्दिर तीन हजार ८४२ मिटरको उचाइमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदीबहिनी हुन् भन्ने किंवदन्ती रहेको छ । कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमशृङ्खला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ ।

सैलुङ्गेश्वर महादेव

सदरमुकाम चरीकोटबाट करिब २० किमी दक्षिणमा सैलुङ्गेश्वर डाँडामा अवस्थित यो स्थान तीन हजार पाँच सय मिटरको उचाइमा रहेको छ । सानाठुला गरेर सय वटा थुम्का रहेकाले सैलुङ भनिएको यस स्थानबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । 

रोल्वालिङ उपत्यका र च्छोरोल्पा हिमताल

पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलका रूपमा रहेको रोल्वालिङ उपत्यकामा साहसिक पैदलयात्राका लागि विदेशी पर्यटक आकर्षित हुने गर्दछन् । गौरीशङ्कर गाउँपालिकास्थित रोलवालिङ उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सबैभन्दा ठुलो हिमताल हो । समुद्र सतहबाट चार हजार ५८० मिटरको उचाइमा रहेको यस तालको उत्पत्ति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किमी क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भूउपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किमीसम्म फैलिएको छ । १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । 

गौरीशङ्कर हिमाल

सात हजार १३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । हिन्दु धर्मावलम्बीको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ ।

बहुला पोखरी

बिगु गाउँपालिकामा रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाइ तीन सय मिटर र चौडाइ दुई सय मिटर रहेको छ भने गहिराइ यकिन हुन सकेको छैन । नेपाल अधिराज्यकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु यसै पोखरीको माध्यमले पनि चिनिएको छ । मनकामनामाईले इच्छाएको कुरा पूरा गर्ने किंवदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पूरा गर्न सक्ने विश्वास गरिन्छ । ऋषितर्पणी पूर्णिमाको अघिल्लो राति ठुलो मेला लाग्ने उक्त पोखरीको व्यापक प्रचारप्रसार हुन सकेको खण्डमा पर्यटकीय आकर्षण बढ्न सक्ने छ ।