• १६ भदौ २०८१, आइतबार

आशाको सम्झना (कविता)

blog

‘सीताको पाइला’ नाम परिवेश शरणपुर

एसपि आशा घिमिरेको रहेछ यहीँ नै घर

साहित्य मात्र होइन नाता अर्को पनि थियो

वर्ष बीस उतैदेखि उहाँ संधि हुनुभयो ।


चर्चित, स्रष्टामध्ये नाम यो पनि एक हो

तीसभन्दा पनि लामो कृतिको सूची देखियो

सिर्जनाको शुभारम्भ कविताबाट गर्नु भो

ऐतिहासिक उपन्यास मै कलम केन्द्रित हँुदैगयो


स्वदेश मात्र होइन पराइदेशमा पनि

आशाका सिर्जनातर्फ चासो बढ्दै गएछ नि

विधा आख्यानका कृति भाषा अङ्गे्रजीमा पनि

हुँदैजाँदा अनुवाद भो चर्चा विश्वमा पनि


सतायो रोग अर्वृद्ले केही वर्ष उतैदेखि

रोकिएन कलम् चाहिँ लेख्नु भो ‘छयामिस्’ कृति

गतवर्ष असीसाल यमपञ्चक मै परी

अस्ताउनु भयो आशा उहाँमा यो श्रद्धाञ्जली ।