• २ माघ २०८१, बुधबार

बालकथामा चार महिला

blog

काठमाडौँ, भदौ १९ गते । राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाको जीवनी सचित्र बालकथा सार्वजनिक भएको छ । पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ औँ दिन सो पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, पासाङ ल्हामु शेर्पा र आनी छोइङ डोल्माका जीवन भोगाइ समेटिएका छन् । लुज माथेमाको लेखन रहेको सो कृतिसङ्ग्रह पब्लिकेसन नेपालले तयार पारेको हो ।

अदम्य नेपाली महिलाका यी छोटा अनि सरल कथामा प्रकाश रञ्जित, शैली मल्ल, न्हुज शाक्यले चित्र तयार पारेका छन् । प्रवीण अधिकारीले ती कथाको नेपाली अनुवाद गरेका हुन् । एकै पुस्तकमा अङ्ग्रेजी र नेपाली दुवै भाषा पढ्न सकिन्छ ।