• १० मंसिर २०८१, सोमबार

महाधिवेशनमा म कांग्रेसको सभापतिको उम्मेदवार : नेता कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला

चितवन, भदौ १९ गते । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ । 

बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताउनुभयो ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उहाँ यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । नेता कोइरालाले भन्नुभयो, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।” 

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उहाँले थप्नुभयो, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताउनुभयो । रासस