• १ चैत २०८२, आइतबार

झोलुङ्गे पुलबाट हाम्फालेर एकको मृत्यु

blog

घटनास्थल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, चैत १ गते ।रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलंगास्थित झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट आज बिहान ३ बजे महेन्द्रले हाम्फालेको भनी सूचना प्राप्त भएको हो । 

पुलबाट करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्रको टाउको फुटेको मृत अवस्थामा रहेको प्रहरीको भनाइ छ । दुई ढुङ्गाको बिचमा शव रहेको छ ।

 कक्षा १२ मा अध्ययनरत महेन्द्र मुसीकोट नगरपालिका १ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आउनुभएको थियो ।  घटनास्थलमा प्रहरी निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा कागजी प्रक्रियाको काम गरिरहेको छ। प्रेम सम्बन्धमा भएको असफलताको कारण पुलबाट हाम्फालेको बताइएको छ ।