• ११ असोज २०८१, शुक्रबार

नाफामा रामायणको कथा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा सोमबारदेखि ‘रामायण रेजोनान्सः सेलिब्रेटिङ ‘ए’ सेर्ड हेरिटेज’ शीर्षक कला प्रदर्शनी सुरु भएको छ । 

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नाफाका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । प्रदर्शनीमा चार नेपाली कलाकारका पाँच कलाकृति र ३० भारतीय कलाकारका ४२ कलाकृति राखिएका छन् । प्रदर्शनीमा राखिएका कलाकृतिले भारतीय उपमहाद्वीपमा सांस्कृतिक र कलात्मक अभिव्यक्तिमा रामायणले पारेको गहिरो प्रभावलाई इङ्गित गरेको छ । यसले हिन्दु धर्मग्रन्थ रामायणमा चित्रण गरिएको वीरता र भक्तिलाई चित्रण गरेको छ । प्रदर्शनीमा क्युरेटरका रूपमा गार्गी सेठ हुनुहुन्छ । प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।