• ११ पुस २०८१, बिहिबार

घलानको ‘तामाङ व्हाइ काइ’

blog

काठमाडौँ, भदौ २४ गते । गायक तथा सङ्गीतकार शुभलाल घलानको ‘तामाङ व्हाइ काइ’ पुस्तक सार्वजनिक गरिएको छ । शुभ सङ्गीत पाठशालाद्वारा राजधानीमा आयोजित कार्यक्रममा हरिवन नगरपालिका सर्लाहीका उपप्रमुख हरिमाया घलान, गायक/सङ्गीतकार चन्द्रकुमार घलानलगायतले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

गायक तथा सङ्गीतकार शुभलाल घलानले तामाङ बस्तीका मौलिक भाकालाई अन्वेषण गर्दै भाका/लयको सिर्जनासहित लिपिबद्ध गर्नुभएको छ । डम्फु बजाउने तरिका र डम्फुको ताल सिक्न/सिकाउन सो पुस्तकले सहयोग पुग्ने अपेक्षा गरिएको छ । उहाँले सेलो राग पुस्तक यसअघि प्रकाशन गर्नुभएको थियो ।