• १० मंसिर २०८१, सोमबार

छायाङ्कनमा ‘दुःखी आत्मा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । दयाहाङ राई र आँचल शर्मा अभिनित चलचित्र ‘दुःखी आत्मा’ को छायाङ्कन भइरहेको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको सोमबारबाट राजधानीका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।  निर्देशक लामाका अनुसार चलचित्र सामाजिक व्यङ्ग्य विषयवस्तुमा आधारित रहने छ । चलचित्रलाई मनोरञ्जनात्मक र सन्देशमूलक बन्ने अपेक्षा निर्माण पक्षको छ ।

चलचित्र छायाङ्कनसँगै ‘दुःखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रमा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अङ्कित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इङ्गीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतको अभिनय रहेको छ । क्लक वर्क क्रिएसन्सको ब्यानरमा निर्माण हुँदै गरेको चलचित्रमा आलोक शुक्लाको छायाङ्कन, सुशान्त गौतमको सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको जनाइएको छ ।