गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २५ गते । गायिका लक्ष्मी हमालको आवाजमा ‘लडेर उठन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्माण योन्जनको सङ्गीत तथा रचना रहेको गीतले समाजको भावनात्मक कुरालाई उजागर गर्न खोजेको छ । गीतले अरूको राम्रो उन्नति र प्रगति हुँदा सबैले वाहवाही गर्ने तर नराम्रो हुँदा आफ्नैले पनि नराम्रो व्यवहार गर्ने कुरालाई दर्साउने गायिका हमालले बताउनुभयो ।
बबिता श्रेष्ठको कथा तथा निर्देशन रहेको गीतलाई हमालले नै निर्माण गर्नुभएको छ । परिवेश स्टुडियोमा तयार पारिएको गीतका सहायक निर्देशक सुजल शाही हुनुहुन्छ । गीतमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायको अभिनय रहेको छ । नरेश अय्यरको सिनेम्याटोग्राफी रहेको गीतमा विकास दाहाल, सुमन तामाङ र नवीन बोहोराले दृश्य सम्पादन गर्नुभएको छ । गीत मल्लिका अफिसियलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।