• ११ पुस २०८१, बिहिबार

प्रवचन शृङ्खलामा नेपालको सम्बन्ध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । सोसल साइन्स बाहाले हरेक वर्ष महेशचन्द्र रेग्मी लेक्चर सिरिज आयोजना गर्ने गरेको छ । यसै सिलसिलामा यो वर्ष इतिहासकार जोन व्हेल्प्टनले नेपाल, भारत र चीनबिचको सम्बन्धलाई दुई ढुङ्गाबिचको तरुल (रिभिजिटिङ द याम एन्ड द रक्स) शीर्षकमा राजधानीमा बुधबार चर्चा गर्नुभएको छ । 

इतिहासकार व्हेल्प्टनल १८ औँ शप्ताब्दीदेखि अहिलेसम्मको खास गरेर पृथ्वीनारायण शाह, भीमसेन थापा, जङ्गबहादुर राणा, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि अहिलेसम्म कसरी इतिसस परिवर्तन हुँदै आए र त्यसका के कस्ता स्वार्थ रहे भन्ने विषयमा बोल्नुभएको थियो । उहाँले १८ औँ शप्ताब्दीदेखि आजसम्म नेपाल, भारत र चीनसँगको सम्बन्ध के कस्तो छ भन्ने कुरा पनि चर्चा गर्नुभएको थियो । सोसल साइन्स बाहाले २००३ देखि यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । 

व्हेल्प्टन नेपालमा इतिहासका बारेमा पुस्तक लेख्ने राम्रा लेखकका रूपमा चिनिनुहुन्छ । उहाँले हिस्ट्री अफ नेपाल, किङ्ग्स सोल्जर एन्ड प्रिस्ट :  नेप्लिज पोल्टिक्स एन्ड द राइज अफ जङ्गबहादुर राणालगायत पुस्तक लेख्नुभएको छ । सोसल साइन्स बाहाले नेपालका आर्थिक इतिहासका विद्वान् रेग्मीका नाममा उक्त लेक्चर सिरिजको नामकरण गरेको छ ।