• २० असोज २०८१, आइतबार

हृदयतलमा देवघाट साँचेर...

blog

“हेल्लो... !”  

एकोहोरो घण्टी बजिरहेपछि मैले मोबाइल उठाएँ । परिचितकै फोन थियो । औपचारिकता आदानप्रदानपछि नियमित रूपमा जसरी जिस्किँदै फोनमा एकछिन ठट्टा भयो । उनी हुन्– पठन संस्कृति विकासमा लागिरहेका अभियन्ता एवं सम्पूर्ण किताब, नारायणगढका सञ्चालक लेखराम सापकोटा । 

देवघाट जाने सडक । जङ्गलको बाटो । सूर्य लालिमामय स्वरूपमा पश्चिमबाट अस्ताउँदै थिए । हामी तिनै सूर्यले छरेको लालिमामय रङमै पोतिँदै, हरिया रुख–बिरुवासँग मितेरी लगाउँदै बाटो काट्दै थियौँ । बागीश्वरी अनि शव बिसौनी चौतारो र धारो हुँदै हामी साँझ एक डेढ घण्टाको हिँडाइमा देवघाट पुग्यौँ । देवघाटमा भानुजीको ससुराली परिवारले हामीलाई भव्य स्वागत ग-यो । अझै उनीहरूले तात्तातो जेरीले स्वागत गर्दा भोकाएर पुगेका हामी कम्ता खुसी भएनौँ । पछिल्लो समय चिनी खान छाडेको मैले पनि त्यस दिन तीन ओटा जेरी खाएँ । 

सामान्य औपचारिकता पूरा गरेर हामी देवघाटतर्फ नै लम्किरहेका थियौँ । रात परिसकेका कारण पुलमा अलि अलि यात्रु थिए । आहोरदोहोर गर्न त्यति भीड थिएन । तर पनि उज्यालोको अभावमा हामी त्यहाँ मोबाइलको बत्ती बालेर हिँड्यौँ । 

बिस्तारै हामी पुल तरेर केही छिनको पैदलयात्रामा महेश संस्कृत गुरुकुल विद्यापीठ पुग्यौँ । त्यहाँ हाम्रो स्वागत भव्य भयो । महेश संस्कृत गुरुकुल विद्यापीठका पहिला चार पाँच पुस्तासँग मेरो राम्रो चिनजान छ तर अहिलेका नयाँ पुस्ता मलाई चिन्दैनन् । 

मलाई यहाँ आउँदै गर्दा एउटा घटना सधैँ सम्झनामा आउँछ । जब विद्यापीठमा डा. स्वामी रामानन्द गिरिज्यू पीठाधीश हुनुहन्थ्यो, एक समय विद्यापीठ एवं आश्रमलाई आर्थिक सङ्कट परेको थियो । म पेसाले पत्रकार भएका नाताले यहाँको समस्यालाई समेटेर गोरखापत्र दैनिकमा समाचार लेखेको थिएँ । त्यसपछि यो आश्रमको खातामा पैसा आउन कहिल्यै रोकिएन । आर्थिक समस्या झेल्नु परेन भनेर स्वामी डा. स्वामी गिरिज्यूले सधैँ प्रशंसा गर्नुहुन्थ्यो । समाचारकै प्रभावले देवघाटको आश्रममा आर्थिक जोहो भएको गलेश्वर आश्रम पनि एक हो । यहाँको अन्नभण्डार बन्द हुने अवस्थामा पुग्दा गोरखापत्रकै समाचार आर्थिक जोहो गर्ने माध्यम बनेको थियो । 

देवघाटका आश्रमहरूको एउटा राम्रो पक्ष छ । खाना खाने बेला जोकोही लाइनमा गएर बसे उनीहरूले निःशुल्क खाना खान पाउँछन् । यहाँका आश्रमहरूले निःशुल्क अन्नभण्डारसमेत सञ्चालन गरिरहेका छन् । यो सबै दाताहरूकै भरमा चलेको हो । 

कार्यक्रम सुरु भयो । एकपछि अर्काे कविताले मेरो मन तानिरहे ।  

समयको रुगरुगाउँदो बारीमा

उफ् ! वसन्तले किन म्वाइँ खाएन ?

आएन, आएन...  

किन यौवन आएन... ।   

झन्डै आठ दशक उमेर पार गर्दै गरेका भाषाविद् प्राडा दयाराम श्रेष्ठले ६० वर्षअघि लेखेको रचना सुनाउँदै गर्दा दर्शकदीर्घाबाट ताली परर बज्यो । हुटिङ आयो । पुस मसान्तमा मध्यरात हुँदै गर्दा शृङ्गार रसले भरिएको प्राडा श्रेष्ठको यो कविता ओठमा भरखरै रेखी बसेर साहित्यको नवरस लिँदै गरेका ठिटादेखि कवितामै ख्याति प्राप्त प्रौढसम्मले चाख मानेरै सुने । 

ए ! कन्तुरबाट सिर्जित

मुटु डाक्टर एक घुट्को यौवन त पिउन देऊ उसलाई 

एक बित्ता मात्रै भए पनि जिउन देऊ उसलाई 

किनकि उसको बाँझो काखमा दिन मूच्र्छा खाएको छ नसा नसाले... । 

‘मकर काव्य यामिनी’ मा कविहरूले आआफ्ना कविता वाचन गरे । नवआगन्तुक कविदेखि अनुभवीसम्मको अपूर्व मिलनले कार्यक्रमको ओज थप बढाएको पाइयो ।  

मकर काव्य यामिनीको यो २१ औँ शृङ्खला हो । २०६० सालदेखि विद्यापीठले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा माघ १ मा श्रद्धालुले अघिल्लो राति भजनकीर्तन गर्दै जागा बसेर भोलिपल्ट स्नान गर्ने चलन रहेको र तिनैमध्येका काव्यपारखीलाई रातभर काव्यको आनन्द दिलाउन ‘मकर काव्य यामिनी’ आयोजना गर्ने गरिएको महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरिले बताए ।  

यस वर्ष ‘मकर काव्य यामिनी’ मा ५० भन्दा बढी कविले कविता वाचन गरे ।  

काव्य यामिनी सकिँदै गर्दा रातको एघार÷बाह्र बज्दै थियो । त्यस दिन हाम्रो सुत्ने गन्तव्य भने गलेश्वर आश्रम थियो । हामी त्यहाँबाट गलेश्वरतर्फ लाग्यौँ । गलेश्वर आश्रमतर्फ लाग्दै गर्दा सँगै आएका चार जना त थियौँ नै, कवि बालकृष्ण थपलिया पनि जोडिए ।  

पहिला त उनी हामीसँग जाने नजाने अन्योलमै थिए । तर हाम्रो रमाइलो टिम देखेपछि र मैले गलेश्वर आश्रममा सुत्न पाइन्छ भनेर कर नै गरेपछि उनी पनि पछि लागे ।  

अनि गलेश्वर आश्रम जाने बिच बाटोमा थियो– वृद्धाश्रम । 

वृद्धाश्रमभन्दा ठिक माथिपट्टि रहेको मणिमुकुन्दसेन चव्रmवर्ती महादेव मन्दिर र सँगै रहेको पुष्पवाटिकाले जोकोही पर्यटकको मन तान्छन् । अझै यो सुन्दर बगैँचामा रहेका चन्द्रगन्धा, श्रीखण्डलगायत रूखका बास्नाको सुगन्ध त टाढाटाढासम्म फैलिन्छ÷ फैलिरहन्छ । मणिमुकुन्दसेनको मन्दिरको आफ्नै जनविश्वास छ । राजा मणिमुकुन्दसेनले कालीगण्डकीको तीरबाट ल्याएर राखेको त्यो शिला दिनदिनै बढ्दै गएको विश्वास छ ।  

देवघाटमा रहेका विभिन्न मठमन्दिरले आआफ्नै ढङ्गले धर्मशाला सञ्चालन गरे पनि सरकारका तर्फबाट समेत त्यस्ता कुनै धर्मशाला नहुँदा पनि यहाँ एक किसिमको समस्या छ । मकर सङ्व्रmान्ति मेलामै स्नान गर्न आएका भक्तजन कतिपयले राति विश्राम गर्न नपाएर जाग्राम बस्नुपर्ने बाध्यता पनि छ । धन्न हामीले त दिउँसै गलेश्वर आश्रमका प्रबन्धक महेन्द्र प्याकुरेललाई भनेका थियौँ र त्यहाँ सुत्न पाइनेमा ढुक्क थियौँ । 

देवघाट क्षेत्रभित्र रहेका विभिन्न मठमन्दिर र विद्यापीठले सञ्चालन गरेका गुरुकुल, मठमन्दिर, सीता भासिएको गुफा आदि क्षेत्र संस्कृत विद्या आर्जन गर्ने थलो पनि बन्दै छन् । चितवनतर्फ भएको महाबौद्ध गुम्बा र विभिन्न मठमन्दिर पनि पर्यटकको रोजाइमा छन् । अझै नदी किनारमा भेटिने शालिग्राम मुक्तिनाथदेखि कालीगण्डकीले बगाएर ल्याएको महìवपूर्ण शिला हो । यसलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्छन् ।  

महेश संस्कृत गुरुकुल विद्यापीठबाट हिँडेका हामी यस्तै धार्मिक चर्चा र विश्लेषण गर्दै केही मिनेटको पैदल यात्रापछि गलेश्वर आश्रम पुग्यौँ । महेश जस्तै गलेश्वर पनि देवघाटको ठुलो आश्रम हो । दुवैले सयौँको सङ्ख्यामा बटुकहरू राखेर निःशुल्क आवासीय शिक्षा दिइरहेका छन् । 

“काम गर्नाको दुःखले जोगी भएँ, जोगी भएको भोलिपल्ट भोकै रहेँ ।” 

यो उखान हाम्रो समाजमा प्रख्यात छ ।  घर व्यवहार र परिवारबाट विरक्तिएपछि मानिस सन्न्यासग्रहण (जोगी बन्छन्) गर्छन् भन्ने मान्यताबाट यो उखान बढी परिलक्षित छ तर देवघाटमा रहेका योगी–सन्न्यासीका हकमा यो उखान गलत साबित हुन्छ । यहाँका योगी–सन्न्यासीहरू आफूले मात्रै खाँदैनन्, देवघाट आउने जोकोहीलाई निःशुल्क भोजनको व्यवस्था पनि गर्छन् । यसमा सन्न्यासीहरूले सञ्चालन गरेका आश्रमहरूको भूमिका महìवपूर्ण छ । गलेश्वर आश्रमले त सदाव्रत अन्नभण्डार सञ्चालन गरेको छ । हरिहर आश्रम र महेश सन्न्यास आश्रममा पनि आउने जोकोही भक्तजन भोको पेट लिएर फर्कनु पर्दैन । त्यसमाथि यहाँ रहेका विद्यार्थी, बटुकहरूले पनि निःशुल्क आवाससहितको भोजन र शिक्षा लिइरहेका छन् । 

देवघाटमा दानदातव्यबाटै संस्कृत गुरुकुल सञ्चालनमा छन् । तिनमा आचार्यसम्मको अध्ययन गर्न सकिने व्यवस्था छ । यसलाई नेपाल संस्कृत विश्वविद्यालयले मान्यता दिएको छ । यहाँका गलेश्वर, महेश र हरिहर सन्न्यास आश्रम विद्यापीठ तहका कक्षा सञ्चालन गर्ने ठुला आश्रम हुन् । देवघाटमा अन्य धेरै साना मठमन्दिरले पनि बटुकहरूलाई पढाइरहेका छन् ।  

विद्यापीठ चलाउन आवश्यक रकम नेपालभित्र र बाहिर विभिन्न देश पुगेर प्रवचन गरेर नै जोहो हुने गरेको छ । आर्थिक सङ्कलन गर्न नै यहाँका स्वामीजीहरू कहिले अमेरिका, कहिले अस्टे«लिया त कहिले युरोपका देश पनि पुगेका छन् ।  

देवघाटधामको पहिचान गलेश्वर बाबा (ईश्वरानन्द ब्रह्मचारी) ले गराएका हुन् । १९९२ सालमा गलेश्वर आश्रम स्थापना गरेर देवघाटको संरक्षण र प्रवर्धनमा लागेका गलेश्वर बाबापछि पनि योगी–सन्न्यासीहरूले यसको विकास गरिरहे । देवघाटमा विद्यालय, खानेपानी, सडक जस्ता विकासका पूर्वाधार पनि यिनै योगी–सन्न्यासीहरूको पहलमा भएको देखिन्छ । तनहुँको देवघाटतर्फ विशेष तीन आश्रमको बढी योगदान भए जस्तै चितवनतर्फ शिक्षा र पूर्वाधार विकासमा स्वामी डिल्लीराम बाबा (दण्डी स्वामी) को पहलकदमी बढी छ । गलेश्वर आश्रमले भने विकासको फड्को मार्न लागेको वर्तमान पीठाधीश आत्मानन्द गिरिको पालादेखि रहेको बताइन्छ । उनी २०५३ चैत २९ बाट गलेश्वर आश्रमको पीठाधीश छन् । महेश सन्न्यास आश्रमले सञ्चालन गरेको गुरुकुल विद्यापीठ ब्रह्मलीन डा. स्वामी रामानन्द गिरि र हरिहर सन्न्यास आश्रमको विद्यापीठ ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीले स्थापना गरेका हुन् । अहिले हरिहर आश्रमका पीठाधीशमा स्वामी ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पिठाधीशमा स्वामी रमणानन्द गिरि छन् । 

देवघाट यति बेला सबैभन्दा बढी पहिरोकै कारण सङ्कटमा छ । २०७२ वैशाख १२ मा गएको भूकम्पमा चर्किएको देवघाटको त्रिशूली नदीमाथि देवघाटतर्फको भाग पहिलो पटक सोही वर्षको जेठमा झरेको हो । गलेश्वर आश्रमले चर्चिएको उक्त जग्गामा रहेका १३ ओटा घर र झन्डै नौ रोपनी जग्गा त्यो बेला पहिरोले लगेको थियो । अहिले हरेक वर्ष पहिरो झरिरहेको छ । अहिले त पहिरोले गलेश्वर आश्रम बगाउने हो कि भन्ने चिन्ता पनि छ । तर पनि यसको ठोस नियन्त्रणको प्रयास हुन सकेको छैन । 

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । उनले आफ्ना पिताको अस्तु देवघाटमा विर्सजन गर्न आउँदा पहिरो देखेर नियन्त्रणका लागि तत्कालीन पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयलाई डिपिआर बनाउन लगाएका थिए । झन्डै ३२ करोड रुपियाँ लागत लाग्ने गरी डिपिआर पनि बन्यो तर लगत्तै सरकार फेरबदल भएपछि त्यो रोकियो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. कृष्ण ओलीले चरणबद्ध रूपमा पहिरो नियन्त्रण गराउन भनी आयोगको कार्ययोजनामा पाँच करोड रुपियाँसहितको बजेट तर्जुमा गराएर अर्थ मन्त्रालयमा सिफारिस गरेका थिए तर तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले त्यो बजेट काटिदिँदा देवघाटले अहिले पनि समस्या भोगिरहेकै छ ।  

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो राखेर गत असोज २० मा पहिरोग्रस्त देवघाटको अवलोकन गरेका थिए । पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने विश्वास दिलाएका थिए तर अहिलेसम्म ठोस बजेट आएको छैन । झारा टार्ने साना खुद्रे बजेटले पहिरो नियन्त्रण हुन सक्ने अवस्था पनि छैन । 

बेनी पुगेपछि लेखरामजीलाई के भूत चढ्यो, थाहा भएन । फेरि त्यहाँबाट फर्केर केही किमि दुरीको कालीगण्डकी पुल जाने इच्छा देखाए । देवघाटलाई पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा पर्ने ढोडेनीसँग जोड्न केही वर्षअघि मात्रै यो पुल बनेको हो । 

लेखरामजीको ‘घमण्ड’ का अगाडि कसैको केही चलेन । मलगायत सबै साथी अब सुत्नु पर्छ भन्नेमै थियौँ तर उनकै जोडबलले थकित शरीर लिएर बिस्तारै बिस्तारै उनकै पछि लाग्न बाध्य भयौँ । महेश सन्न्यास आश्रमसम्म त हामी ठिकै थियौँ, त्यहाँबाट अघि लागेपछि भने मेरो शरीर लखतरान भयो । खुट्टा लœयाक लुत्रुक भए । आरपिजीलाई पनि त्यस्तै भएछ । लेखरामसहित अन्य तीन जना भने अघि अघि थिए । हामीले त्यहाँ लेखरामजीलाई घमण्डी, जे भन्यो त्यही गर्नै पर्ने भनेर गाली पनि ग-यौँ तर उनलाई यस्ता कुराले के छुने ! 

हामी बल्ल बल्ल कालीगण्डकी पुग्यौँ । पुल पुगिसकेपछि कालीगण्डकीको सुसाहट र त्यहाँको प्रकृतिक छटाहरूले भने मन तान्यो । त्यहाँ फोटोसेसन गरी पुल तरेर गैँडाकोटलाई चरणस्पर्श गर्दै हामी फर्कंदै थियोे । बिच बाटोमा एउटा होटल खुल्लै देखियो । साथीहरूलाई चिया खान मन भयो । राति दुई बजेको थियो सायद । अनि होटलमा कसैले चिया त कसैले चाउचाउ खाने निधो ग-यौँ र अर्डर ग-यौँ ।  

बाहिर धुनी लागिरहेको थियो । त्यहाँ दुई किशोरी पनि रहेछन् । उनीहरूलाई देख्नेबित्तिकै मैले सोधेँ, “नानी हो, तिमीहरूको घर यतै हो ?”

“हैन, अङ्कल उः पारि ढोडेनी हो,” एउटीले उत्तर फर्काइन् । 

“अनि कोसँग घुम्न आएका त ?” 

“ममीसँग आएका,” उत्तर अर्की किशोरीले दिइन् ।  

“खै त ममी ?”

“ऊ भित्र कोठामा, अङ्कलसँग हुनुहुन्छ ।”  

“अनि तिमीहरू के गरिरहेछौ त यहाँ ?” 

“के गर्ने, ममी बिहान फर्कने भन्नुहुन्छ । हामीलाई त साथी पाए अहिल्यै जान मन छ । रातिमा एक्लै जान पनि सकिँदैन,” एक किशोरीले आफ्नो बाध्यता सुनाइन् । 

उनीहरूका कुराले मलाई भने अलि गम्भीर बनायो । म पनि छोरीको बाबु । मेरै छोरीको उमेरका ती किशोरीहरूलाई देख्दा दया लाग्यो । अनि भनेँ, “हामीले पुल कटाइदियौँ भने जान सक्छौ त ?”

“भो जान्नौँ, अङ्कल । फेरि ममी रिसाउनुहुन्छ । छाडेर गइस् भन्नुहुन्छ,” उनीहरूले एकसाथ उत्तर दिए ।  

ममीसँगै कोठामा बस्ने अङ्कल को थिए, मलाई कौतूहल भयो । अनि मध्यरातमा छोरीहरूलाई बाहिर राखेर ती ममी अङ्कलसँग भित्र के गर्दै होलिन् ? अनि यी चिचिला नानीहरूको मस्तिष्कमा यो घटनाले कस्तो प्रभाव परेको होला ? 

धेरै शङ्का उपशङ्का उठेर पनि थप प्रश्न गर्न मलाई मन लागेन । त्यसैले यति मात्र सोधेँ, “तिम्रो बाबा घरमा हुनुहुन्न र, नानी ?” 

“बाबा साउदी जानुभएको चार वर्ष भयो,” एउटीले उत्तर दिइन् । 

ती दुवै किशोरी हाम्रो खाजा आउने बेला हुन लागेर हो वा के भएर हो, आफैँ त्यहाँबाट अन्यत्र सरे । हाम्रो चियाखाजा आयो । साथीहरूले खाजा खाए मैले भने चिया मात्रै । मलाई यो वर्ष जसरी पनि स्नान गर्नु थियो । लामो समय पत्रकारिता गर्दा देवघाटको समाचार धेरै लेखियो । तर माघेसङ्व्रmान्तिको रात्रिकालीन समाचार लेख्न सकेको थिइनँ । किनकि म देवघाटमा राति बसेकै थिइनँ । खाजा खाएपछि त्यस्तै रातिको तीन बज्दै थियो । हामी त्यहँबाट सरासर उठेर बेनीतर्फ हानियौँ । बेनीमा स्नान गर्नेहरूको भीड लागिसकेछ ।   

मकर  सङ्क्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक सम्बन्ध छ । दामोदर कुण्ड स्रोत भएर बहँदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालीगण्डकी नदीको सङ्गम देवघाटको बेनी धार्मिक रूपमा पनि महìवपूर्ण छ । सूर्य मकर राशिमा भई उत्तरायण हुने मकर  सङ्क्रान्तिका दिन देवघाट आएर बेनीमा स्नान गरे मनोकाङ्क्षा पूरा हुने विश्वास सर्वसाधरणमा छ । यही विश्वासले पनि हरेक वर्ष मकर सङ्व्रmान्तिका दिन लाखौँ स्वदेशी तथा विदेशी भक्तजन यहाँ स्नान गर्न आउँछन् ।  

धार्मिक मान्यता अनुसार मकर  सङ्क्रान्तिका रात देवताहरू देवघाटमा स्नान गर्न आउँछन् । हामी पनि यही देवघाटमा रातभर जाग्राम बसेर अहिले स्नान गर्न आएका हौँ । हामी चार जनाले स्नान ग-यौँ । बिहान मात्रै भाउजू र नानीहरूले कपडा लिएर आउने भएकाले बालु दाइले भने स्नान गर्न सक्नुभएन । स्नान गरेर हामीले आआफ्ना पितृलाई तर्पणसमेत दियौँ । 

स्नान गरेपछि गलेश्वर आश्रम आएर पुनः शिव मन्दिर परिव्रmमा गर्दै दर्शन गरेर गुरुहरूको आशीर्वाद लिएर हामी चार बजे चितवन फर्कन तयार भयौँ । झलुङ्गे पुलबाट हामी फर्कियौँ । वारि आएर हामी पैदलै फर्कने योजनामा थियौँ तर कवि भानुजी थकित र रातभरको जाग्रामले होला, पैदल फर्कन सक्ने अवस्था नभएको भन्दै एउटा म्याजिकमा बसे । उनी म्याजिकमा त बसे  तर त्यहाँ रहेका अन्य यात्रुहरूको हुलिया र हाउभाउ देखेर उनी झरिहाले ।  

“किन भानुजी, नजाने यसमा,” मैले सोधँे । 

“हैन सर, यसमा त जान सकिँदो रहेनछ ।”

“किन ?”

“किनकि त्यहाँ त सबै तेस्रो लिङ्गीहरू रहेछन् । उनीहरूको हाउभाउ र रूप–ढङ्ग देखेर नै डर लागेर म त गाडीबाट झरेँ ।”

मकर  सङ्क्रान्तिका दिन रात्रिकालीन देवघाट होटलमा भेटिएका ती किशोरी अनि तिनका ममीहरू र कवि भानु गाडीबाट ओर्लिनुपर्ने अवस्थाले के सन्देश दिन्छ ? के यस्ता गतिविधि धार्मिक क्षेत्रका लागि सुहाउने गतिविधि हुन् ? प्रश्नहरूले मलाई तर्साइरहे । यी विविध विषयमा समीक्षा गर्दै हामी पैदलै आँपटारीतिर लाग्यौँ । 

मकर  सङ्क्रान्तिसँगै देवघाटमा साउने सोमबार पनि भक्तजनको भीड लाग्छ । यसले पछिल्ला वर्षहरूमा देवघाटको धार्मिक–पर्यटकीय आकर्षण बिस्तारै बढाउँदै गएको छ । देवघाटप्रति भक्तजनको आस्था पनि छ । यसरी बढ्दै गएको जनविश्वास र आस्थाले धार्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना देखाउँछ तर संरक्षणसम्बन्धी नीति तथा योजना नबन्दा र प्रचार प्रसारको अभावमा देवघाट अझै ओझेलमा परेको छ ।  मधुपर्क