• ६ मंसिर २०८२, शनिबार

नेता आलमको निधनप्रति कांग्रेस मधेश प्रदेशद्वारा दुःख व्यक्त

blog

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति समवेदना प्रकट गर्नुहुँदै नेपाली मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव लगायतका नेता, कार्यकर्ता । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, मङ्सिर ६ गते ।
नेपाली कांग्रेस मधेश प्रदेशले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शुक्रबार दिवंगत कांग्रेश नेता आलमको राजपुर नगरपालिका–४, रौतहटस्थित  घरमा पुगेर गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

नेपाली कांग्रेस मधेश प्रदेश सभापति यादवसँगै मधेश प्रदेश सभा सदस्य नागेन्द्र साह, नेपाली  कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव, सचिव मिथिलेश कुमार मिश्र, गढिमाइ नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव लगायतका नेता कार्यकर्ता पूर्व मन्त्री आलमको घरमा पुग्नु भएको थियो ।

मधेश प्रदेश सभापति यादवले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य, पूर्व मन्त्री एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा आलमको असमायिक दुःखद निधनले नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति मर्माहत भएको बताउनुभयो । पूर्व मन्त्री आलमको गएको कात्तिक २२ गते शनिबार बिहान २ः५८ बजे ६३ वर्षको उमेरमा केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा निधन भएको थियो ।

पूर्व मन्त्री आलम नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।