• ६ मंसिर २०८२, शनिबार

लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान

blog

सन्तोष दहित
दाङ, मङ्सिर ६  गते ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ ।  प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सरकारले सिफारिस गरेको आधारमा प्रदेश प्रमुख घर्तिले आगामी मङ्सिर  ८ गते सोमबार दिउँसो १ बजे अधिवेशन बस्ने गरी आह्वान गर्नुभएको हो ।

उहाँले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम (३) बमोजिम प्रदेस सभा सदस्यहरूलाई जानकारी गराइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले उक्त जानकारी दिनुभयो ।