• ६ मंसिर २०८२, शनिबार

गीत

blog

थाहै हुन्न रैछ कहाँ लान्छ जिन्दगीले 

पुर्दै गयो खन्दै खाडल जान्छ जिन्दगीले । 


जुन बाटो म जान्नँ भन्यो त्यही बाटो हिँडाउँछ 

रैती राजा सबैलाई एकै दस्तुर तिराउँछ 


ऊ नै हर्ता ऊ नै कर्ता ऊ नै सर्वेसर्वा 

आफू एउटा रोज्यो अर्को छान्छ जिन्दगीले । 


सुम्सुम्याउँछ काख राखी कहिले हान्छ लात्ती 

कहिले पात्ताल पु‍¥याउँछ कैले शिखर माथि ।


चल्दोरैछ यो जिन्दगी इसारामा उसकै

कस्तो रङ चाहिन्छ आफैँ छान्छ जिन्दगीले