• ६ मंसिर २०८२, शनिबार

अछल (कथा)

blog

गाउँघरतिर मानिसले के भन्दा होलान् भनेर सन्तमानको मनमा खुल्दुली भएको धेरै भएको थियो । केही बर्सै बितिसकेको थियो । गाउँलेले विजयको बारेमा गरेका नानाथरी कुरा सुनेकाले आफ्नो घरका बारेमा पनि त्यस्तै खालका भनाइ होलान् भन्ने अनुमान नलगाउने कुरै भएन । सुमनको बाउ विजयका बारेमा आपैmँले कुरा काटेको सम्झेर सन्तमान असाध्यै अशान्त हुन्थ्यो । आपैmँप्रति गुनासो गथ्र्यो सन्तमान । मनेकी आमाको पनि त कुरा काटेकै थिएँ । मनेकी आमाको कुरा काट्न आपूm सहभागी भएको कुरा सम्झेर सन्तमान बेला बेला झस्कन्थ्यो । पछुतोमाथि पछुतो थपिँदै थियो । काटेको कुरा फिर्ता लिन कति गाह्रो । मनमनै त पटक पटक लियो पनि सन्तमानले फिर्ता । प्रायश्चित्त पनि ग¥यो तर पनि अशान्त भइरह्यो मन । समालिएन । 

आपैmँलाई नपरेर मानिसले कहाँ अनुभूति गर्न सक्छ र ? भलो कुभलो कसरी थाहा हुन्छ ? अरूको बारेमा कुरा काट्ने बेहोरा आपैmँलाई पर्दा पो थाहा हुँदो रहेछ । सन्तमानको मन पटक पटक यो प्रश्न गरेर आजित भइसकेको थियो । मनभित्र मनैमनको द्वन्द्व थियो । लडाइँ थियो । पश्चात्ताप थियो । अरूलाई भन्ने अवस्था थिएन । सन्तमानकी आमाको मनमा के थियो कुन्नि ? आफ्नी श्रीमतीले पो के सोच्दै होलिन् ? सन्तमानले शङ्का गथ्र्यो । शङ्का होइन, साँचो हो जस्तो लाग्थ्यो । वरपर, तलमाथि भुवाभैलो (सबैलाई जानकारी) भएको हुन सक्छ । विजय र मनेकी आमाको जस्तै अवस्था त छ नि अब मेरा बाको पनि जस्तो हुँदै थियो सन्तमानलाई । खुल्दुली, चञ्चलता, उकुसमुकुस जे जति भए पनि न कसैसँग भन्नु, न त कसैसँग कुरा साटासाट गर्नु । अहँ, केही पनि गर्न नमिल्ने ।

हातका औँला खिइँदै गए । गोडाका औँलाहरू पनि खिइँदै थिए । नाकको टुप्पोमा पनि सङ्केत देखिइसकेको थियो । विजय र मनेकी आमालाई घरभित्र लुकाएर राखे जस्तै आफ्नै बालाई लुकाउनुपर्ने परिस्थिति आइलागेको थियो । लुकाउनु पनि कति लुकाउनु । लुकाए पनि गाउँलेले थाहा पाइसके होलान् जस्तो हुँदै थियो मनमा । मानिसहरू आफ्नो घरबाट तर्किएर हिँडेको जस्तो लाग्दै थियो । सबैभन्दा बढी डर सन्तान दरसन्तानमा सर्दै जान्छ भन्ने भनाइ र विश्वासले मन आव्रmान्त थियो– सन्तमानको । 

सन्तमानका बाले आपैmँ निर्णय सुनाए । “अब म बाँचेर बस्दिनँ । लोडेघाटमा गएर हामफालेर मर्छु । तिमीले लोडेघाटसम्म मलाई पु¥याएर तिम्रै हातले हुत्याएर आऊ । मलाई अछल भएकै हो । त्यो भोलिका सन्तानमा नसरोस् भन्ने कामना छ । अब दुःख मानेर काम छैन । कुन जुनीको पाप हो थाहा भएन । जे होस्, ममाथि आइलाग्यो । पितापुर्खाबाट स¥यो भनौँ भने पितापुर्खालाई यो रोगले समातेर मरेको वा जिउँदै घाट पसेर मरेको कुनै अर्ती छैन । इतिहासमा नभएको कुरा मेरो परानीमा आइलाग्यो । पक्कै पनि देवीदेउताको अछल हुन सक्छ । कालले नलगेरै मर्न त कति गाह्रो हुन्छ, त्यो म बुझ्दछु तर त्यसो भनेर मैले धर पाउँदिनँ । तिमीहरू सन्तानको उद्धारका लागि भए पनि म मर्नु पर्छ । मसँग मर्नुको विकल्प छैन । सामाजिक मान्यता पालन गर्न पनि मर्न जरुरी छ ।” 

सुनसान साँझ रातमा परिणत हुँदै थियो । अँधेरी रातमा शीतका थोपाहरूले शीतलता प्रदान गर्दै थिए । बादल नभएकाले सारा सौर्यमण्डल छर्लङ्ग देखिएको थियो निलो गगनमा । चराचर जगत् पूर्ण निद्रामा थियो । वनस्पतिको सुसेली पनि ठप्प रोकिएको थियो, सायद वातावरण शक्ति आर्जनार्थ सुतेको थियो । निदाएको थियो । आँखाले देख्न कठिन थियो । देखिए जति स्थिर थियो । अचल थियो । बिल्कुल ठप्प । मन भारी थियो । मन अशान्त थियो । मन दुःखको पनि अन्तिम क्षणमा थियो । दुःखको अर्को समाचार सुन्न त्योभन्दा अर्को कठिन समय आउने पनि थिएन । अभिभावकीय साइनोको अस्वाभाविक अन्त्यमा आँखाहरूले आँसु खोज्दै थिए । शरीरले सहायता माग्दै थियो । काम गरेको जति मानसिकताले सहयोगको याचना गर्दै थियो । सहयोगको सम्भावना शून्य थियो । समय कठिन थियो । समाज निर्मम थियो । समाजको कानुन त्योभन्दा निर्मम । समाजिक कानुनको पालनार्थ काम फत्ते गर्नै पथ्र्यो ।

त्यही पुसको लामो रातमा सन्तमान बाहिर निस्क्यो । साइत सा¥यो । ऊसँगै कहिल्यै नफर्कने गरी जान बाध्य मानिस अर्थात् सन्तमानका बा पनि निस्के । हिँडाइको व्रmम तीव्र गतिमा अगाडि बढ्यो । बाटाभरि बाले अर्ती दिए । अर्तीमा घुमाइफिराइ आउने वाक्य थियो, “हाम्रो कुलमा यो बिरामको कहिल्यै आगमन नहोस् । त्यसैका लागि हामीले यो कार्य गर्दै छौँ । यो रोगबाट भावी सन्ततिलाई जोगाउने उपाय भनेको जिउँदै मर्ने वा मार्ने नै हो । मरिसकेपछि घरका मानिसले जुठो बार्नु हुँदैन । काजकिरिया गर्नु हुँदैन । मृत्युसँग सम्बन्धित कुनै कर्म गर्नु हुँदैन । बरु त्यसको उल्टो खुसियाली मनाएर भोज खानु पर्छ । यो दैवको खेल परजुनीको पाप । पहिलेको जन्ममा गरेको पापको परिणाम हो । यसमा कुनै अप्ठ्यारो मान्नु पर्दैन केवल यो रोग मभन्दा पछि मेरो कुनै सन्तानमा नसरोस् भन्ने कामनाका लागि अर्को उपाय छैन ।” बाले यति कुरा भन्दै थिए । पाइला अघि बढ्दै थिए । बाटो पनि छोटिँदै थियो । “सुन केवल मलाई मात्र भएको त कहाँ हो र ? सुमनको बाउ विजयलाई पनि यही रोग लागेको थियो । सुमनको बाउले जिउलाई प्यारो मानेर बस्यो । मर्न सकेन । बल्झिँदै बल्झिँदै शरीरको आधाभन्दा बढी भाग कुहिएर घरमै म¥यो । सुमन र उसकी आमाले घरनजिकै खाल्डो खनेर सुटुक्क कसैले थाहा नपाउने गरी विजयको लासलाई खड्याए (गाडे) । गाउँका मानिसलाई थाहा दिनु पनि थिएन । कसैलाई सुनाउनु पनि थिएन । सुनाएर कोही आउने पनि थिएन । सामान्य स्वाभाविक मृत्यु सरह मलामी जान मिल्दैनथ्यो । काजकिरिया गर्न पनि यो बिरामको मिल्दैन ।” 

“मनेकी आमालाई पनि यो रोगले गाँज्यो । सुरु सुरुमा लुकाएर राखे । लुकाएर कति दिन राख्नु । हात कपडाले छोपे । गोडामा पनि जुत्ता लगाएर छोपे । मुख के गर्नु ? नाक के गर्नु ? अन्तिममा मनेका दाजुभाइले आमालाई जिउँदै लिएर फर्कन नसक्ने गरी खोलाको किनारको ओडारमा राखेर आए । जिउँदै छोडेर फर्केपछि सामाजिक मान्यता, रीतिरिवाज अनुसार बाख्रो काटेर मासुभातसहितको भोज खाए । धेरै दिनसम्म त्यो ओडारमा जिउँदै थिइन् रे मनेकी आमा । पछि बर्खाको बाढी आएर उनको जिउँदो शरीरलाई बगायो । कहाँ पु¥यायो थाहा छैन । यस्ता कथा कति छन् कति ? धेरैलाई परेको पाप हो । यत्ति हो, रोग सन्तानहरूलाई नसरोस् ।” 

गोडाहरू लमक् लमक् बढ्दै गए अगाडि । ओरालिए चाइराखोलाको गाडैगाडको बाटो । सेता ढुङ्गामा बग्ने पानी कञ्चन थियो । पानीको आवाज शान्त थियो । कहीँ कहीँ मात्र अलिकति रिसाए जस्तो । हुन त बर्खा भए पो रिसाउँथ्यो । अहिले बर्खा थिएन । कुनै हतारबिना पानी निरन्तर आफ्नै गतिमा बग्दै थियो । पानी र उनीहरूमा को छिटो हिँड्छ जस्तो लाग्दै थियो सन्तमानको मनमा । खोलावारि खोलापारि जता बाटो जान्छ उतै उनीहरू लम्किँदै थिए । घरमा के थियो थाहा छैन । आमाको मनस्थिति कस्तो हुँदो हो बुझ्न कठिन नै थियो । बुझे पनि नबुझे पनि एउटा कुरा पक्का थियो । यो बिमार लागेका मानिसका लागि रुन हुँदैन । अप्ठ्यारो मान्नु हुँदैन । भावी सन्तानको उद्धारका लागि सकेसम्म जिउँदै इहलीला समाप्त गर्नु जाती मानिन्थ्यो । सामान्य रूपमा मरेका मानिसलाई जलाउने तिथिमा दाहसंस्कार गर्न मिल्दैनथ्यो । सामाजिक रूपमा बर्जित थियो यो कार्य । अरू मुर्दा पोल्ने मसानघाटतिर यो बिमारका मानिसको अन्त्येष्टि गर्दा यो रोग अरूलाई पनि सर्न सक्ने अड्कलबाजी थिए गाउँघरतिर र त्यो हिम्मत कसैले गर्न पनि सक्दैनथे । त्यो कार्यले घाटै बिटुलो हुने कुरामा आमविश्वास थियो ।

रोगी मार्नुभन्दा पाल्नु कठिन थियो । पालेर राख्दा सामाजिक रूपमा सम्पूर्ण परिवार नै बहिष्कृत हुने अवस्था थियो । सुरु सुरुमा यो रोगलाई सबैले लुकाएरै बस्थे । जब शरीरमा पूरै देखा पथ्र्यो लुकाउन सकिँदैनथ्यो । यसरी बाहिर नआई भित्रभित्रै रोग लागेको गाइँगुइँ हल्ला चल्दै व्यापक रूपमा पैmलिन्थ्यो । मानिसले यो रोगी भएको घरको पानी खान छाड्थे । अन्नअनाज साटफेर जस्ता कुराबाट सतर्क हुन्थे । विजयको बारीको फल पनि मानिसले खान छाडिसकेका थिए । मनेको घरमा काम गर्ने बाउरु (खेताला) जान मान्दैनथे । कुनै कुरा खान दिन्छन् कि भनेर शङ्का मानेर टाढैबाट भाग्न थालेको आफ्नै आँखाले देखेको मात्र कहाँ हो र, आपैmँ पनि मनेको घरको पानी खानु पर्ला भनेर भागेकै हो सन्तमान । विजयको बारीमा फलेका फलहरू कति खाइन्थ्यो । जब विजयको बिमारको वास्तविकता थाहा भयो; त्यसपछि विजयको बारीको फल, सागपात अन्नअन्नादि कहिल्यै खाइएन । पानीपँधेरातिर मने र विजयको परिवारका सदस्य भेटे पनि मनै बिग्रने गरी डर लाग्थ्यो अर्थात् अछलबाट भएको यो रोग सर्छ । एक पटक सरेपछि पुस्तौँपुस्तासम्म छोड्दैन । पुस्तान्तरण हुन्छ भन्ने समाजिक मान्यताले मानिसहरू यो रोगसँग डराउँथे । भागी भागी हिँड्थे ।

मनमा अनेक कुरा खेल्दाखेल्दै बाटो काटिँदै थियो । त्यो लामो रातमा सन्तमानका बा र सन्तमान सँगै हिँड्दै थिए । दिउँसो जाँदा मानिसले देख्लान् भन्ने डर, जिउँदै भएकाले राति हिँड्नु परेको हो भन्ने राम्ररी बुझेकै थिए । मानिसबाट छलिएर जानका लागि नै रात रोजेको त हो नि जस्तो सोच्दै थियो सन्तमानको मनले पनि । हिँड्दाहिँड्दै लोडेघाट आइपुग्न लाग्यो । चाइराको गाड सेती नदीमा पुग्न लाग्यो । बिहानको झिसमिसे उज्यालोमा सेती नदीको र चाइरा रवाको सङ्गमस्थल लोडेघाटमा सन्तमान र सन्तमानका बा पुगे । घामको झुल्कोभन्दा अगाडि नै सन्तमानका बालाई नदीमा जिउँदै बग्नु थियो । बगाउनु थियो । सन्तमानका बालाई आपैmँ नदीमा हामफाल्न बडो सकस भएको थियो । बा छोरासँग मलाई हुत्याइदेऊ भन्दै थिए । सन्तमान भने आपूmलाई जन्माउने बाउलाई कसरी धकेलेर फाल्न सक्थ्यो । अहँ सकेन । न बाउ आपैmँ हामफाल्छन् न त छोराले नदीमा धकेल्नै सक्छ । बडो कठिन परिस्थितिमा गुज्रिँदै थियो समय । एकातिर कसैलाई थाहै नदिई नदीमा हामफालेर मर्नका लागि रातभरि हिँडेर आएका थिए, अर्कातिर हामफालेर मर्न पनि त ठुलै साहस चाहिएको थियो । उज्यालो हुँदै गएकाले मानिसले देख्लान् भन्ने डर पनि उत्तिकै थियो ।

सन्तमानका बाउ नदीको पर परसम्म त जान्थे तर हेलिन सक्दैनथे । छोरालाई तिमी घचेडिदेऊ भन्दै थिए । छोरा सकेसम्म बा आपैmँ हामफालेर मरून्, मैले घचेड्नु नपरोस् भनेर सोच्दै थियो । अलिकति बा पर सरे, थोरै छोराले घचेटेपछि नदीले लियो । बाले हात देखाउँदै बचाऊ बचाऊ भनिरहे । नदीले बगाइरह्यो । छोराले हेरिरह्यो । एकैछिनमा बा पानीमा हराए । सेती नदीले निल्यो । सायद एकैछिनमा कर्नालीसँग मिसिँदै थिए सेतीको पानीसँगै सन्तमानका बा पनि । छोराले सामाजिक कानुनको पालन ग¥यो । वास्तवमा कुष्ठरोगले निम्त्याएको समाजिक यथार्थ थियो सन्तमानका बाको अवसान, मृत्यु, स्वैच्छिक रूपमा परलोकको यात्रा । निर्विकल्प बाध्यकारी कर्म । ‘कोडी (कुष्ठरोगी) को जिउ प्यारो अपुतो (निःसन्तान) को धन प्यारो’ भन्ने उखान गाउँघरमा चलेकै थियो । बाको नामोनिसान हराएपछि सन्तमान भने बालाई ल्याएको बाटोमा पाइला गन्दै घर फक्र्यो ।