• ९ भदौ २०८१, आइतबार

‘गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रकाशित

blog

उर्लाबारी, भदौ ९ गते । पृथ्वीनारायण शाह र उहाँका बुवा नरभूपाल शाहका राजनीतिक सल्लाहकार बिसे नगर्चीको विषयमा खोज, अनुसन्धान गरी लेखक दीपेन्द्रराज तिम्सिनाले ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशित गर्नुभएको छ । विभिन्न समयमा इतिहासकारले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि बिसेले नुवाकोट दुई पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई उचित समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ । 

एउटा सल्लाहकार उचित भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यही उदाहरण नेपालको इतिहासमा पाइन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । पुस्तकको प्रकाशक लीला निरौला तिम्सिना रहनुभएको छ । १५६ पेज रहेको पुस्तकमा ४९ वटा उपशीर्षकमा इतिहास कोट्याउने प्रयास गरिएको छ ।