• ८ मंसिर २०८१, शनिबार

खतरा (कथा)

blog

ऊ ओरालो लाग्दै थियो र अर्कोतर्फबाट साइकिल डो-याउँदै एक अपरिचित उकालो लाग्दै थियो । ओरोलो लाग्दै गरेको मोहन थियो र उकालो लाग्दै गरेको रामप्रसाद । साइकिल डो-याउँदै मोहनलाई क्रस गर्ने बेलामा सुनिने गरी एउटा गाली उकालो लाग्दै गरेको रामप्रसादको कानमा सुनिन आयो । त्यो उच्चारण गरिएको गाली अत्यन्त भद्दा त थिएन तर गाली त गाली नै हो भन्ने खालको थियो । गाली कसप्रति लक्षित थियो ? त्यो साइकिलवालाले थाहा पाएन तर गाली उसैलाई गरेको हो भने ? केही गरिबिराउनु छैन भने गाली किन खानु ? नसुने भैmँ गरेर खुरु खुरु बाटो लाग्न पनि सकिन्थ्यो तर रोकिएर सोध्यो, “ए दाइ तपाईंले मलाई गाली गरेको हो ?” प्रश्न सुनेर मोहन अलमलियो । उसले गाली उच्चारण गरेको थियो तर त्यो उसको आफ्नै दुष्ट साहुका लागि थियो, जसले उसको ज्यालाबाट नोक्सान गरिएको रकम भनेर रु. एक सय त्रिपन्न काटेको थियो । मोहन त्यो हर्जानालाई न्यायपूर्ण मान्दैनथ्यो । मोहनले प्रश्न बुझेर रामप्रसादलाई हेर्दै भन्यो, “होइन साथी, यो त मैले साहुमाथि रिस पोखेको हो ।” साइकिलवालाले जबाफ सुनेपछि सन्तुष्ट भएर सोध्यो, “साहुले के ग-यो र ?” यसरी मोहन र रामप्रसादका बिच परिचय स्थापित भएको हो । परिचय आदानप्रदानपछि मित्रता स्थापित भयो र उनीहरू कतिपय अवसरमा सँगसँगै हिँड्ने भए । अहिले पनि सँगै हिँडे । 

ओरालो लागेको मोहन पुनः उकालै लागेर रामप्रसादसँग हिँड्यो । केही परको परिचित चियापसलमा एक गिलास चिया मगाएर दुवैले आधा आधा बाँडेर खाए । एक गिलास चिया बाँडेर खाँदैमा यसो मात्र भनेनन्— “आज हामीले मित लायौँ ।”  चिया सकेपछि मोहनले भन्यो, “जाऊँ मेरो डेरातिर । म एक्लै छु ।” डेरामा जाऊँ त भन्यो तर डेरामा एउटा मैलोझुत्रो ओछ्यानबाहेक केही थिएन । डेङ्गु सङ्व्रmमणको बिगबिगी थियो तर उसले झुल हालेको थिएन तर रामप्रसादले आफ्नै डेरामा जान कर ग¥यो । भन्यो, “घरमा स्वास्नी छे, दुई जिउकी ।” केही बेर रोकिएर एउटा औपचारिकताका लागि माहेनले सोध्यो, “कति महिना भयो ?” उसले परिपक्व गृहस्थीले भैmँ सोध्यो । उसको बिहे भएको थिएन तापनि प्रश्न प्रासङ्गिक थियो मानौँ ऊ दुई चार वटा छोराछोरीको बाबु भइसकेको छ । दुवै रामप्रसादको साइकिल पालैपालो डो¥याउँदै डेरामा पुगे । रामप्रसादकी साली आजै आएकी रहेछ, यो उनीहरूले थाहा पाए । रामप्रसाद साइकिल चलाएर के धन्दा गथ्र्यो भन्ने मोहनले सोधेको थिएन । ग्याँस वा पानीका जार घरडेरातिर पु¥याउँदो हो भन्ने अनुमान ग¥यो । साइकिलमा त्यस्ता सामान बोक्ने उपकरण पनि जडित थिए । साइकिल बिनामर्मत प्रयोगमा आउने गरेको र धेरै वर्ष भएकाले थोत्रो थियो । डेराभित्र पसेपछि मोहनले रामप्रसादकी स्वास्नी राम्री रहिछ भन्ने देख्यो । पहिलो सम्बोधनमा नै उसले ‘भाउजू’ भन्यो । उसकी राम्री बहिनी भाउजूको छेउमा खुम्चिएर बसेकी रहिछ । उसले गडेर हे¥यो केटीलाई । हुर्किएकी र फस्टाएकी रहिछ । फव्रिmसकेकी पनि । नाम मधु । तरुनी सालीको नाम रामप्रसादले थाहा नपाउने कुरै भएन । ऊमार्पmत मोहनले पनि थाहा पायो । मनमा गडिराख्ने नाम रहेछ– मधु !  

कुमार केटो मोहनले थाहा पाएपछि नाम काढेर ‘मधु’ भन्दै बोलाउन सकेन । परिचय अल्प अवधिकै थियो, खामोस बस्यो । मात्र यति औपचारिकताका लागि सोध्यो, “वाँ नै हो तपाईंकी साली ?” रामप्रसाद अलि ठट्यौली मानिस रहेछ, भन्यो, “अरू कोही त कोठाँ देख्दिनँ भनेपछि यै त होली मेरी साली । मन प¥यो ?” मधुले गाला राता पारी र मुन्टो निहु¥याई । त्राण माग्न भैmँ मात्र यति उच्चारण गरी– “दिदी..!” सालीमाथि हक लाग्छ भनेर कतै भिनाजुले झ्याप्प छोप्न आउँछन् कि भन्ने मधुको मनमा डर पनि थियो मोहनले भन्यो, “बाटोमा दुःख त भएन ।” मधुले टाउको हल्लाएर जनाउ दिई– ‘भएन ।’ अहिले नै उसको सुख र दुःखको सोधखोज गर्ने हक मोहनले पाइसकेको थिएन तर मधुमा मोहनप्रति एक प्रकारको संलग्नता पलाइसकेको थियो । मोहन जिउडाल मिलेको युवक थियो । मात्र साहु ठिक थिएन उसको । यो मधुलाई थाहा थिएन । प्रेम टुसाउने भयो, साहुको आवश्यकता थिएन मधुलाई, मोहन भए पुग्थ्यो ।  

तर मोहनलाई साहुको चालचलनले उसै पनि खेदिरहन्थ्यो । मधुलाई एक किसिमले ऊ आफ्नो बनाउन इच्छुक त थियो तर केही गरी घरजम गर्र्ने आर्थिक आधार पाइएन भने के होला भन्ने चिन्ताले सतायो । साहुको नोकरी गरेर पार लाग्ने छाँट थिएन । स्थायी जागिर पाएदेखि ऊ र मधुको घरजम सरल हुने थियो भन्ने सोचेर चिन्तित भयो । साहु कुरैपिच्छे मोहनलाई हप्काउने गथ्र्यो र निहुँ झिकेर तलब कम दिने खालको छुच्चो थियो । “साहु किन यस्ता छुच्चा हुन्छन् ?” रामप्रसादलाई उसले एक दिन चिया खाँदै गर्दा सोधेको थियो, “दयालु र उदार भएर कसरी पैसा कमाइन्छ त ?” प्रतिप्रश्न जस्तो उत्तर सुनेर मोहन चुप लाग्यो । 

मोहन रामप्रसादको डेरामा आउनेजाने गर्न थाल्यो । झ्याम्मिएपछि मधुले पनि ऊसँग मनका कुरा खोल्न थाली । भाउजूको स्वास्थ्य पनि ठिकै थियो तर एक दिन हठात् उनलाई व्यथा लाग्यो । संजोगले मोहन त्यहाँ पुगेको समय थियो । रामप्रसाद निर्वाचनको जरुरी कामले गाउँतिर गएको थियो । ऊ एउटा पार्टीको कार्यकर्ता पनि थियो । बेलाबखत गाउँ जाने गरिरहन्थ्यो, आफ्नै कामले वा पार्टीले अह्राएको कामले । पार्टी भूमिगत थियो । यस पटकको चुनावमा भाग लिने निर्णय गरिसकेको थिएन । पार्टीमा अलमल थियो, फुट्ने फुटाउने काम पनि भयो । बाहिर देखाउन सिद्धान्त र विचारको विभाजन भएको भनियो । भित्र खोव्रmो थियो । रामप्रसादले भन्यो पनि— “खोव्रmाहरू जति फुटे पनि हुनेवर्ने केही होइन ।” फुटेकाहरूले निर्वाचनमा भाग लिने भन्थे । ऊ निर्वाचनमा भाग लिने पक्षमा थियो । पार्टीको साङ्गठनिक कामले पनि र व्यक्तिगत कामले ऊ गाउँ गइरहन्थ्यो । पार्टी भूमिगत छँदा उसलाई कसो सुराकी भनेर प्रशासनले समातेन । ऊ सुराकी त थिएन र पार्टीमा पनि खासै गन्तीमा थिएन । गरिबका लागि सङ्घर्ष गर्छौं भनेकाले पार्टीमा लागिटोपलेको थियो ।  

रामप्रसादले साली मधुलाई दिदीको हेरचाह गर्न र केही परे मोहनलाई खबर गर्न, सहयोग लिन अराएर गएको थियो । गाउँमा के काम थियो, त्यो उसले भनेन । गाउँमा साहुको रिन पनि तिर्नु थियो । केही नभए ब्याजै भए पनि बुझाउन साहु ताकेता गरिरहन्थ्यो । ऊ गाउँमा साँझपख पस्थ्यो र भालेको डाँकमा सहरतिर हिँड्थ्यो । एक किसिमले उसको जीवन पनि भूमिगत किसिमकै थियो । रामप्रसाद गएपछि त्यसै दिन भाउजूलाई व्यथा लाग्यो । मधु र मोहन मिलेर भाउजूलाई प्रसूति केन्द्रमा भर्ना गरेपछि साँझतिर कोठामा फर्की आए । मधुले खाना पकाई । त्यो उनीहरू दुवै जनाले मिलेर खाए र पछि राति एक्लै सुत्न डर लाग्छ भनेकाले बाध्य भएर मोहन मधुसँगै बस्यो । कानोले आँखो भेटे जस्तो भयो । भाउजूका लागि खाना पु¥याउने होसै रहेन तर मोहनको मनमा मधुप्रति पाप थिएन । उसले मधुलाई यसअघि नै अवसर परेको बेला भनिसकेको थियो, “म तिमीलाई सच्चा मनले प्रेम गर्छु ।” मन सच्चा भए पनि पुरुषको शरीर कच्चा हुने गर्छ । मोहनको प्रेम सच्चा थियो वा थिएन त्यो मधुले जाँचिन तर उसले शरीर कच्चा भएको पाई, उसकै शरीरले पनि कच्चापन देखायो । उस बेला मधुले भनेकी थिई, “कसको मनमा को पसेको हुन्छ र मोहन प्यारा तर तिम्रो कुरा म विश्वास गर्छु । तिमी मलाई बिहे गर्र्छौ ?” उसले बिनाआलटाल भन्यो, “गर्छु । सय चोटि गर्छु ।” मधुलाई यो पत्यारिलो भयो तर एउटा कुरा उसले बुझिन कि बिहे एक पटक गरेमा पुग्थ्यो तर मोहनले किन सय चोटि गर्छु भन्यो । उसले सोची, “केटाहरू एकै पटकको भेटमा भावावेशमा किन आउँछन् ? यसले मबाहेक अर्कीसँग लभ गरेको पनि छैन होला । यसरी अत्तालिएर जबाफ दिनुपर्ने केही थिएन । अर्की केटीसँग लभ गरेको भए बित्याँस पर्छ तर केटोसँग अर्र्की केटीलाई प्रेम गरेको पुरानो अनुभव रहेछ । मसँग टाढिने काम नगर्ला किनभने प्रेममा बिछोडको व्यथा कति कष्टदायी हुन्छ त्यो बुझेको हुनु पर्छ ।” तर उसको मनमा एउटा गाँठो यो पर्न आयो— “के उसले अगि कसैसित प्रेम गरिसकेको भए मलाई पनि उसरी नै थाङ्नोमा सुताइदेला ?”  

राति उनीहरू सँगै सुते । बिहान मोहन आफ्नो डेरातिर लाग्यो र कारणवश फेरि त्यतातिर फर्केन । यता रामप्रसाद तीन चार महिनासम्म गाउँ जानेआउने गरिरह्यो । अन्तिम पटक रामप्रसाद साइकिल डो¥याउँदै लखतरान परेर गाउँबाट फर्कियो । भन्यो, “गाउँमा धेरै दिन लाग्यो । साइकिल नलगेको भए सङ्गठनका लागि छिमेकी गाउँमा दौडधुप गर्न बसभाडा धेरै खर्च हुने थियो । पार्टीले एक पैसो दिने होइन । धन्न बुद्धि पु¥याइएछ ।” रामप्रसादकी स्वास्नीले छोरो जन्माएकी थिई । ऊ खुसी भयो । अलि ढिलै सन्तान भएकाले भन्यो, “ढिलो हुनु छोरो हुनु ।” मधु पनि त्यहीँ थिई तर उसको मुख उज्यालो थिएन । भिनाजु रामप्रसादले भन्यो, “मधु, तिमी ओइलाएको देख्छु नि ।” अलि अलि थामिएर सोध्यो, “खै त मोहन, ऊ यता आउन छाड्यो अचेल । झन् म गाउँ गएका बेला मेरो जहान र सालीको राम्ररी हेरविचार गर्नू भनेको त बेपत्ता नै पो भएछ ।” मधुले केही भन्न सकिन तर मनमनै भनी, “मोहनले मलाई गर्भवती गराएको छ । म उसको चिल्ला कुरामा फसेँ । लोग्नेमान्छे सबै यस्ता हुन्छन् कि ?” उसको यो कुरा थाहा पाइसकेकी उसकी दिदीले उति बेलै उग्र हुँदै भनिसकेकी थिई, “सबै लोग्नेमानिस चिप्ला चपुल्ला हुन्छन् भनेर जानेकी तँ उससँग जानी जानी लहसिस् त ?” यसमा मधु मौन बसी । विवाद गर्नु उचित देखिन । दिदीले जगल्ट्याउने डर पनि थियो । 

पहिलेदेखि मधुकी दिदी उसका गतिविधिको चियो गर्दै थिई, त्यसैले शङ्का पैदा भएको थियो उसमाथि । रामप्रसाद गाउँबाट फर्केर आउनुअघि दिदीले बहिनीलाई बेसरी केरकार गर्दा उसले घटनाको सत्यतथ्य बयान गरेकी थिई । दिदी एकछिन् जङ्गिई, बहिनीको जगल्टा लुछूँ कि गाला फुटुन्जेल पड्काऊँ भन्ने भई । तर अन्ततः असहाय थिई । लोग्ने आएको राति नै उसले त्यो कुरो ढिला नगरी भनी । रामप्रसाद रातभरि निदाउनै सकेन । मोहन यस्तो घटिया मानिस होला भन्ने उसले चिताएको थिएन । साथी भनेर भरोसा गरेको त दुष्ट पो निस्क्यो । उसले निद्रामै बर्बराउँदै भन्यो–“मोहन तैँले मेरो पिठ्युँमा छुरा घोपिस् ।” झसङ्ग भएर जागेपछि सालीको अब के गर्ने भन्ने उसलाई चिन्ताले सताउन थाल्यो । सासूससुरालाई के भनेर जबाफ दिने भन्ने त्रास पनि मनमा आइराख्यो । बिहानीपख मात्र उसलाई निद्रा लाग्यो यद्यपि ऊ गाउँको काम र फर्कंदाको बसको लामो यात्राले अत्यन्त थकित थियो । 

बिहान उसले रिसको आवेगमा स्वास्नीलाई भन्यो, “मोहनलाई म छप्काएरै छाड्छु । कहाँ छ खुकुरी, ले !” घरमा एउटा आँसीबाहेक काट्ने कुरो अर्को थिएन र लोग्नेले खुकुरी माग्नु उचित देखिएन । एउटा खुकुरी र अचानो किनिराखौँ भन्दा नमानेको सम्झी । भन्थ्यो, “हिंसा भड्काउने सामान घरमा राख्नु ठिक हुन्न ।” यद्यपि ऊ हिंसाप्रिय भूमिगत पार्टीको कार्यकर्ता थियो । अहिले मान्छे छप्काउन खुकुरी खोजिरहेछ । स्वास्नीलाई रामप्रसादले स्वरमा रिस देखाउँदै भन्यो, “उसले मधुको जिन्दगी बिगारेको छ तर साला उम्केर कता जाला ।” उसलाई यो शङ्का थियो, मोहन साहुको काम छाडेर अन्य कतै काममा लागेको हुनु पर्छ र डेरा बदलिसकेको हुनु पर्र्छ । स्वास्नी डराई र भनी, “त्यसो गर्नु ठिक हुन्न । मान्छे मारेका कारण प्रहरीले समातेर तिमीलाई जेलमा हाल्यो भने हाम्रो के हुने ? हाम्रो त बिचल्ली हुन्छ हुन्छ तिम्रो जीवन पनि बर्बाद हुन्छ । मारकाटका कुरा छोड बरु सजिलो उपाय सोच ।”

रामप्रसादले हठात् सोध्यो, “अरू के उपाय छ ?” स्वास्नीले गम्भीरतापूर्वक सोचेको भङ्गिमा देखाई । सोच्नलाई ऊसँग पनि केही थिएन, दिमाग खाली नै थियो । आफ्नै माल खराब निस्केपछि कति नै पो बलियो भइन्छ र बहस गर्न । मात्र एउटा डर व्याप्त थियो– कतै लोग्नेले मोहनको हत्या नगरोस् । हत्या गर्न सक्ने खालको उसको पोइ थिएन, उसलाई यो पनि महसुस भइरह्यो । अलि ढुक्क भई । उसलाई ढाडस लागिरहेथ्यो, उसको लोग्नेले रिसको आवेगमा मार्छुकाट्छु भनिहाले पनि यस्तो भयावह काम गर्न सक्दैन । मान्छे नरम स्वभावको छ । उसरी मधु उसकी बहिनी पनि त होइन । साली हो तर भित्रभित्रै लज्जाबोध पनि भइरहेको होला, दुई जिउकी दिदीलाई सघाउने कोही छैन भनेर गाउँबाट सासूससुरालाई भरोसा दिएर बोलाइहालेँ भनेर । यस्तो गम्भीर घटना होला भन्ने के थाहा ? मधु हेर्दा सुशील नै देखिन्छे तर आगोको छेउमा राखेको मैन पग्लिन कति बेर । बेरै लाग्दैन । चढ्दो जवानी, होइन जवानी चढिसकेको रहेछ नत्र यस्तो घटना किन बेहोर्नु पथ्र्यो । 

घरमा मौनता चलिरहन्थ्यो । आज पनि त्यस्तै थियो । कसैले उज्यालो अनुहार लगाएका थिएनन् । झमक्क साँझ परिसकेको थियो । अँध्यारोले डम्म ढाकेको थिएन । सहरमा बत्ती बाल्ने समय भइसकेको थियो तापनि मोहनको कोठामा बत्ती बाल्नतिर कसैको ध्यान गएको छैन । कोठाको बिचोबिच एउटा ध्वाँसोले निलेको पुरानो चिम लामो तारमा झुन्डिएको थियो । कसैले पनि स्विच थिच्ने जाँगर देखाएन । उज्यालोदेखि डराउने र भूमिगत बस्न रुचाउनेहरू अथवा अँध्यारोमा बस्न अभ्यस्तहरू भैmँ अथवा कुनै अनिष्टको छाया परे भैmँ सबै मौन थिए । त्यसै बेला कसैले ढोका ढकढकायो । रामप्रसाद तन्द्राबाट झसङ्ग जागे भैmँ भयो तर सुस्तरी उठेर बत्तीको स्विच खिटिक्क पा¥यो । कोठामा मरणासन्न वृद्ध भैmँ उज्यालो भयो । उसले तत्काल ढोका खोल्ने इच्छा गरेन । यति बेला को आयो होला ढोका ढकढकाउन ? अबेरसम्म सहरमा किनमेलमा व्यस्त रहेपछि बास बस्न उसको कोठा खोज्दै आएको अनपेक्षित अवसरवादी कुनै गाउँले पो हो कि ? जे भए पनि साँझको पाहुनालाई ढोकाबाहिर कुराउनु ठिक नमान्दै उसले ढोका खोल्यो ।

ढोकामा एउटा उदास अनुहार देखा प-यो यद्यपि भित्र कोठाको चिमको प्रकाश प्रफुल्ल वा उदास कस्तो अनुकार हो भन्ने खुट्याउन पर्याप्त थिएन । उदास अनुहार चिनेको वा कतै छरछिमेकमा देखेको मानिसको पो हो कि भनेर उसले गडेर नियाल्यो । एउटै घरका ओल्लोपल्लो कोठा भाडामा लिएर बस्ने राजधानीका डेरावालले एकअर्कालाई चिन्नु सम्भव नभएको उसले गम्यो र सोध्यो, “भन्नुस् कसलाई खोज्नुभो ?” उदास अनुहारवाला खैनीको अभ्यस्त रहेछ । उसले परिचय दिन मुख खोल्दा खैनीका तिखो हस्को मोहनको नाकमा पस्यो । उसले धेरै भूमिका नबाँधी भन्यो, “यो रामप्रसादजीको डेरा हो ? म पहाडबाट आएको, मोहनको साथी हुँ ।” मोहनको नाम सुन्नेबित्तिकै रामप्रसादको अनुहारमा उदास मानिसप्रति एकाएक आत्मीयता पलाएर आयो । उसले ढोका छेकेकोबाट हटेर उदास आगन्तुकलाई भित्र आउन निम्त्याए भैmँ बाटो दियो । उदास आगन्तुक भित्र छि¥यो र कोठाको निरीक्षण ग-यो । 

“भन्नुस्, तपाईं को हो । मोहनलाई कसरी चिन्नुहुन्छ ?” 

उदास आगन्तुकले एकै पटक लामो सास छाड्यो र सास भित्र नतानी खरर भन्यो, “म मोहनको अत्यन्त मिल्ने साथी हुँ । मेरो नाम जानेर फाइदा त छैन तर मेरो नाम पवन हो । ऊ र म खाडीतिर जाने सल्लाहमा थियौँ । उसले भएको पुख्र्यौली सानो जग्गा बेचेर रकम जोहो गर्ने प्रयासमा थियो । त्यसैका लागि हामी जिल्ला सदरमुकामतिर बसमा झर्दै थियौँ । तर अफसोस नहुनुपर्नेे दुर्घटना भइदियो । अहिले सम्झँदा मेरो छाती दुख्छ तर टारेर टर्न नसकिने कुरो भइछाड्छ भनेर चित्त थामथुम पार्छु ।” उदास आगन्तुक पवनले भन्यो । पवन झन् उदास भयो । रामप्रसादले टारेर नटर्ने दुर्घटना के रहेछ भनेर सोध्न सकेन । 

 पवनले आपैmँ भन्दै गयो, “हाम्रो पहाडसम्म मोटरबाटो त गएको छ तर बाटो खतरनाक छ । मानिसहरू ज्यान जोखिम हालेर ओहोरदोहोर गर्ने । बस पनि थोत्रा न थोत्रा छन्, साना साधन जिप पनि त्यस्तै । ती सबको अर्थ यै हो हुनेहुनामी भयो रामजी । भावीलाई कसैले टार्न सक्दो रहेनछ । ऊ र म हाँस्दै कोचाकोचको बसमा भविष्यको योजना बनाउँदै तल सदरमुकामतिर झरिरहेका थियौँ । बस बेतोडले कुदिरहेको थियो एक्कासि त्यो त हल्लँदै तल भीरतिर गुल्टिन थाल्यो र कति बल्ड्याङ खाँदै तीन सय मिटर जति तल खोलामा पछारिन पुग्यो । म त घाइते, बेहोस भइसकेको थिएँ । बसभित्रका यात्रुहरूलाई के भयो कसो भयो अर्को अर्को दिन थाहा भयो । पच्चिस जना त ठाउँका ठावैँ मरिसकेका रहेछन् । चालक पनि । चालकले मापसेको शङ्का थियो । साथी मोहन अर्धमृत अवस्थामा थियो तर भाग्यले उसलाई मैले भेट्न भ्याएँ । उसले मलाई एउटा कुरो भनेर गएको छ । हेर्नोस्, दुई महिना पहिले यो दुर्घटना भयो । उपचारकै व्रmममा उसको निधन भयो । आज महनिा दिन भयो मैले उसको अन्तिम संस्कार गरेको ।”

उदास आगन्तुक पवनले साथीको सम्झनामा बरर्र आँसु खसाल्यो । रामप्रसाद पनि घटना सुनेर स्तब्ध भयो । अगिसम्म मरन्च्याँसे गुलुपले दिइरहेको उज्यालोमुनि अर्धअँध्यारो कोठा निस्तब्ध अन्धकारमा डुबे जस्तो भयो । यता मोहनको अकस्मात् भएको मृत्युको खबरले मधु मुर्छा परिसकेककी थिई । मधुलाई जेनतेन उनीहरूले सरकारी अस्पताल पु¥याएका थिए । 

दिन बिते । मधुको गर्भ रहेन, खबरको मानसिक आघातले पतन भयो । यसरी गर्भको बच्चो संसारै नदेखी बिदा भयो । खबरको अप्रत्याशित आघातको नैराश्यले उसको रक्तस्राव शिशु तुहिएपछि पनि बढेर गयो । स्वस्थ हुने व्रmममा ऊ सरकारी अस्पतालको एक कुनाको बेडमा थिई । पवन उसलाई नियमित भेटिरहने गथ्र्यो । ढाडस पनि दिन्थ्यो र डाक्टरले लेखिदिएका औषधिहरू पनि किनिदिन्थ्योे । उसलार्ई मर्ने बेलामा मोहनले मधुसितको प्रेम र बिहेको योजना बताइसकेको थियो । एक दिन एक नर्सले देखी, मधु र पवन ठट्यौलो पारामा हाँसी हाँसी बोलिरहेका छन् । उनीहरूलाई नचिनेकाहरू ती दुई जना गाढा प्रेममा बाँधिएका प्रेमीप्रेमिका हुन् भन्न हिचकिचाउन्नथे अथवा खुबै मिल्ने लोग्नेस्वास्नी । नर्सले मधुलाई इन्जेक्सन दिँदै भनी, “त्यो पवनसित तिमी निकै मस्केर कुरा गरेको देख्छु । तिमीलाई निकै मन पराए जस्तो छ ? अनि तिमी नि ?” नर्सको प्रश्नले मधु एकछिन उदास भई । विगत बिर्सने भइसकेकी थिई तर पूर्णतः होइन । मानिसलाई उसको विगतले पूर्णतः छाड्दैन । समालिएर हँसिली भई र भनी, “जीवनमा एउटा साथी पनि चाहिँदो रहेछ । सधैँ दुःखमा डुबेर दुःखी भइरहेर दुःख टर्ने होइन । खास गरेर नारीहरूलाई पुरुष साथीको खाँचो परिहाल्छ ।” 

नर्स उसको जबाफले सन्तुष्ट भई वा भइन त्यो उही जानोस् । पवनले मधुलाई मोहनले भनिछाडेको खबर भनेन । उसले भनेको थियो, “मधुलाई यो भनिदिनू, अर्को जन्ममा भेटौँला ।” अर्को जन्ममा भेटिने कुरो आफ्नो ठाउँमा थियो तर भोलिको त थाहा हुँदैन, अर्को जन्मको त झनै । क्रो यो पनि थियो गएकाहरू फर्केर आउँदैनन् । संसारनिर्ममता र नियमपूर्वक आफ्नै गतिमा हिँडिरहन्छ । मधु जस्ती सुन्दरी युवतीको जीवन त्यसै खेर जान दिन्नँ भन्ने अठोट पवनको मनमा थियो । उसको पनि अगिल्लो गृहस्थी बिग्रेको थियो । स्वास्नी दलालको प्रलोभनले उसैसँग पोइल हिँडेकी थिई । मुम्बई दिल्ली कताको कोठीमा पुगेकी थिई । उसलाई पनि एक्लो शुष्क जीवनदेखि मुक्ति चाहिएको थियो । के थाहा, मोहनले भनेको अर्को जन्ममा भेटौँला भन्ने मृत्युशश्याको सन्देशले मधुको विचार परिवर्तन भएर वैराग्य उत्पन्न गरोस् र दिनरात विरहमा प्रेमी मोहनको नाम जपेर बस्ने सन्न्यासिनी बनोस् । खतरा मोल्नु छैन ।  मधुपर्क