• १ भदौ २०८१, शनिबार

‘समयको नक्साबाहिर’को विमोचन

blog

साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘समयको नक्साबाहिर’को विमोचन गरिँदै ।

काठमाडौं, भदौ १ गते । साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ । 

कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका बिच सो कृतिको लोकार्पण गरिएको हो ।

लेखक ढुङ्गेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तकको विमोचन गर्नु भएको हो ।  

प्रश्नहरूको उत्तर दिने क्रममा डा. लम्सालले संस्मरणलाई लघु उपन्यासै भने पनि हुने बताउनु भयो । 

लेखक तथा समीक्षक अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने चर्चा गर्नुभयो । 

राजनीतिकर्मी तथा लेकक गणेश कार्कीले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । 

लेखक ढुङ्गेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताउनु भयो । 

कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तक धेरै नै फरक भएकाले पेजटर्नरले प्रकाशन गरेको जानकारी दिनुभयो ।