• १ भदौ २०८१, शनिबार

साहित्यकार बंशीधर बज्राचार्यको दुई कृति सार्वजनिक

blog

ललितपुर, भदौ १ गते । वरिष्ठ गीतकार तथा साहित्यकार बंशीधर बज्राचार्यको ‘नेवाः भाय् दुनेया खँ’ (ब्याकरण) र ‘लिबर्टिया देशय्’ (नियात्रा) दुई कृति सार्वजनिक भएको छ ।

शनिबार वरिष्ठ साहित्यकार फणिन्द्र रत्न बज्राचार्य, हितकर बीर सिंह कंशाकार, प्रा.डा. सुन्दर कृष्ण जोशी, नागार्जुन पब्लिकेशनका डा. सर्वोत्तम श्रेष्ठले प्रतिभा समाज, कुपण्डोलमा सामूहिक रुपमा दुई कृति विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रा.डा. जोशी र कंशाकारले जिवित भाषाको व्याकरण परिवर्तन भइरहने हुनाले त्यसलाई स्वीकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भाषा, साहित्य लिपिको बारेमा बोल्नुहुँदै प्रमुख अतिथि फणिन्द्र रत्न बज्राचार्यले संयुक्त राष्ट्र संघमा रञ्जना लिपिलाई नेपालको लिपि भनेर दर्ता हुनुभन्दा अगाडी रञ्जना लिपिलाई धार्मिक लिपिको रुपमा मात्र चिन्ने गरेको बताउनुभयो । "त्यतिबेला रञ्जना लिपि मन्त्र, पूजा पाठको महायान बौद्ध ग्रन्थमा मात्र प्रयोग हुन्थ्याे", उहाँले भन्नुभयाे ।