• १६ भदौ २०८१, आइतबार

विद्यालयमा ‘एक चिहान’

blog

लेखनाथ समाचारदाता

लेखनाथ, साउन २९ गते । कास्कीको पोखरा थिएटरले विद्यालयमा नाटक मञ्चन गरिरहेको छ । साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ को नाट्य रूपान्तरण गरी विद्यालयमा प्रदर्शन गरिएको हो । 

पोखरा थिएटरका संस्थापक परिवर्तनले ‘एक चिहान’ को नाट्य रूपान्तरण गर्नुभएको हो । २०७६ यता कास्की, नवलपुर, पर्वतमा गरी दुई सयभन्दा बढी पटक ‘एक चिहान’ को मञ्चन गरिसकेको जनाइएको छ । 

निर्देशक परिवर्तनका अनुसार लमजुङपछि तनहुँको दुलेगौँडामा नाटक मञ्चन गरिने छ । नाटकमा प्रमिला तुलाचन, जनक पराजुली, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना ‘परिवर्तन’, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, एलिसा भोग, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, अजय जिसी, रोहित पौडेल, रुविना मगर, प्रतीक घिमिरेलगायतले अभिनय गर्नुहुने छ ।