• १६ भदौ २०८१, आइतबार

काठमाडौँमा डोल्पा प्रदर्शनी

blog

काठमाडौँ, साउन २८ गते । डोल्पा जिल्लाका तस्बिर र भिडियोको प्रदर्शनी काठमाडौँमा जारी छ । प्रदर्शनीमा डोल्पा जिल्लामा उत्पादित सामग्रीसमेत राखिएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट सङ्घीय राजधानीलाई कर्णालीसँग जोड्ने दसमहिने ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तर्गत डोल्पा जिल्लाको प्रदर्शनी थालिएको हो । मनघरी फाउन्डेसनद्वारा आयोजित प्रदर्शनी शनिबारदेखि सुरु भएको हो । प्रदर्शनी सोमबारसम्म जारी रहने जनाइएको छ । यसअघि दैलेखको तस्बिर, भिडियो र उत्पादन प्रदर्शनी गरिएको थियो । 

कनेक्टिङ कर्णालीका परिकल्पनाकार एवं मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाका अनुसार प्रदर्शनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरता झल्कने ३० वटा तस्बिर राखिएका छन् । डोल्पा जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रदर्शनी र डोल्पामा उत्पादित सामग्री प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा भरतबन्धु थापा, टेक शाही, जगे बुढा, सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लुडब्लुएफका तस्बिर राखिएका छन् ।