नगरस्तरीय प्रथम मेयर कप क्रिक्रेट प्रतियोगिता हुने
तानसेनमा तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । तानसेन नगरपालिका र खेलकुद विकास समिति पाल्पाको आयोजना तथा क्रिक्रेट संघ पाल्पाको व्यवस्थापनमा प्रतियोगिता हुनेभएको हो ।
धेरै खेल खेल्न पाउनु नै खुसी : महिला क्रिकेटर
नेपालमा पछिल्लो समय क्रिकेटको माहौल ह्वात्तै चुलिएको छ । विशेषगरी पुरुष क्रिकेटले टी–२० विश्वकप यात्रा तय गरेपछि नेपाली क्रिकेटको माहौल तातिएको हो ।
खेलकुदमा अब्बल कर्णाली बनाउने लक्ष्य छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
यू–१९ एसिया कप : बङ्गलादेश च्याम्पियन
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । आइतबार भएको फाइनलमा बङ्गलादेशले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ९५ रनले हरायो ।
प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि दाङलाई
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
भारतलाई महिला नेत्रहीन टी–२० सिरिज
घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी–२० क्रिकेट सिरिज जितेको छ । मुम्बईमा जारी सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा भारतले नेपाललाई सात विकेटले हरायो ।
एलपीएल : धनगढी स्पोर्ट्स क्लब सेमिफाइनलमा
बायाँ हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै आठ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल प्रवेश गरेको छ ।
एलपीएल : क्रिकेट एक्सिलेन्स र कैलाली मल्टिपल विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मा बुधबार क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्।
नेपालसँग भारत पराजित
भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।
एलपीएल : शुक्लाफाँटा र धनगढी एकेडेमी विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मङ्गलबार भएको खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।
यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
एसिया कप क्रिकेट : नेपालद्वारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
यू–१९ एसिया कप : झिनो सम्भावनाबिच भारतलाई हराउने चुनौती
एसिसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मङ्गलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।
एलपीएल : सत्यवती एकेडेमी सेमिफाइनलमा
सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।
यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित
एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा
घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यु–१९ एसिया कप : नेपाललाई अफगानिस्तानले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य
एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले जितको लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
दुई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट क्यानलाई दुई करोड ६० लाख बचत
नेपाली क्रिकेटमा प्रचुर सम्भावना रहेको बताउँदै खड्काले घरेलु प्रतियोगिता, सङ्घको सङ्गठनात्मक स्वरुप र कार्यशैलीमा भने पुनर्विचार गर्न जरुरी रहेको बताउनुभयो ।
यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टर जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
यू–१९ एसिया कप : नेपालको खराव सुरुवात
नेपालले एसिसी यू–१९ एसिया कप क्रिकेटमा खराव सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा शुक्रबार भएको समूहको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भयो ।
एलपीएल : युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको चुनौती
एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको चुनौती दिएको छ।
यू–१९ एसिया कप : नेपाल पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
यु–१९ एसिया कप : पाकिस्तानसँग युवा टोलीको असली परीक्षा
एसिसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपालले शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिर्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा पुस १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल यसपटक तुलनात्मक रूपमा बलियो समूहमा परेको छ ।